March 23, 2016

नेपाली भूभाग,सुगौली सन्धि बेलायतले भारतमा छोडेर गएको स्मरणमा ह्यारीलाइ ग्रेटरनेपाल नक्सा उपहार

१० चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा ‘उपहार’ दिइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लैनचौरस्थित बेलायती दूतावासमा पुगेर नक्सा बुझाएको हो ।

बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाको प्रतिनिधिमण्डलले १० बुँदे ज्ञापनपत्रसहित ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको थियो । नक्साप्रति एलिसनले जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकाले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताए ।

डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने जवाफ दिएकी थिइन् । उनले एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरिन् ।अनलाइ खबरबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More