March 12, 2016

मृत्युदण्ड पहिले आफु बिग्रिनुको दोष आमालाई दिदै एक युवाले लेखेको संसारका आमाबाबुलेहेर्नैपर्ने पत्र

मृत्यु दण्ड पाएका एक युवकले आफनो अन्तिम इच्छाको रुपमा आफनो जन्म दिने आमालाई सम्बोधन गरेर चिठी लेखेका छन् । मुत्युदण्ड पाउनै लाग्दा त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाइ दिनु भनेर दिए । जुन चिठी संसार मन दुखाउन बाध्य बनाएको छ । यस्तो चिठी थियो आदरणिय आमा ! यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड दिइनु पर्छ ।
मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ्र मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए ।
शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु । आमा, म त त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो तिमीलाई माफ दिन्छु संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु । 
साभार नेपाल संदेश

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More