February 16, 2016

भ्रस्टाचारी दण्डनिय सभासद गणेश थापाले छोडेपछि नेपाली फुटबल उदायो


अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा भ्रष्टचारी सावित भएर त्यहाँबाट बाहिरिए लगत्तै नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरको उपाधि जित्न सफल भएको छ ।

बंगलादेशमा सम्पन्न बंगबन्धु कप जितेर नेपाली फुटबलले २३ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको उपाधिलाई आफ्नो कब्जामा पार्न सफलभएको छ ।
गणेश थापाले नेपाली फुटबलको काम सम्हालेको १९ वर्ष भएको थियो ।उनी एन्फा अध्यक्ष रहुन्जेलसम्म नेपाली फु्टबलले एउटा पनि अन्तर्राष्ट्रिय स्तरको उपाधि हात पार्न सकन ।
तर केही महिना पहिलेमात्रै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले गणेश थापालाई भ्रष्टचारी ठहर गर्दै १० वर्षको प्रतिबन्ध लगाएपछि उनी एन्फाबाट बाहिरिए ।
त्यसलगत्तै नेपाली फुटबलमा लागेको ग्रहण हटेको तर्क खेल विज्ञहरुले गर्दै आएका थिए । त्यो तर्क यतिबेला आएर सही सावित भएको छ ।
दुई दशकसम्म कुनै पनि उपाधि जित्न नसकेको नेपाली फुटबल टिम शनिबार उपाधिसहित घर फर्कियो । यतिमात्रै होइन, केही महिनाअघि मात्रै नेपाली फुटबलको अर्को कालो पाटो पनि उजागर भएको थियो ।
विगतमा नेपाली राष्ट्रिय टिमका कप्तानसहितका प्रतिभाशाली फुटबल खेलाडीहरुले धेरैजसो अन्तर्राष्ट्रिय म्याचहरुमा आर्थिक लेनदेनको आधारमा म्याच फिक्सिङ गरेको रहस्य पर्दाफास भएको थियो ।
खेलाडीहरुको यस्तो कालो कर्तुतको पर्दाफास भएर ती खेलाडीहरु जेल गएलगत्तै नेपाली टिमले अन्तर्राष्ट्रिय पदक उचाल्नुलाई संयोगमात्र भन्न मिल्दैन ।
यसले विगतमा जित्ने म्याचहरु प्नि जानाजान हारिएको रहेछ भन्ने आशंकालाई पुष्टि गरेको छ । त्यसैले २३ वर्षपछि नेपाली फुटबललाई प्राप्त उपाधिको श्रेय नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाललाई पनि जाने नेपाली फुटबलप्रेमीहरु बताउँछन् । किनभने खनालले नै म्याच फिक्सिङको कालो कर्तुतलाई सतहमा ल्याएर कारबाही अगाडि बढाएका थिए ।
जे भएपनि अन्ततः दुई दशकयता कुनै पनि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाललाई यू २३ टिमले ऐतिहासिक सफलता दिलाएका छन् ।
  नया खबरबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More