February 25, 2016

हिन्दु राज्य फर्काउन पहल गर्ने सर्तमा ओलीलाई कमल थापाले दिल्ली दर्शन गराएको खुलासा



पद ,शक्ति सत्ता हत्याउन जुनसुकै हर्कत गर्न तयार केपी ओली खुस्किन आटेको कुर्शी जोगाउन जे सुकै होस् जसरि भएनी भारत जाने बाताबरण मिलाउन कमल थापाको हिन्दुवादी तुरुप प्रयोग गरेको खुलेको छ । 
अन्नपुर्ण पोस्टको खुलासा जस्ताको तस्तै :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पुनः हिन्दु राज्यको संवैधानिक हैसियत स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । नयाँदिल्लीमा शनिबार मध्याह्न दुई प्रधानमन्त्रीबीच ४० मिनेट भएको एकल (वान टु वान) वार्तामा मोदीले यस्तो आग्रह गरेको दाबी स्रोतले गर्यो ।
नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने मोदीको आफ्नै मान्यता र उनको दल भारतीय जनता पार्टीको दबाबका आधारमा उनले ओलीलाई त्यस्तो आग्रह गरेको पनि स्रोतले बतायो । यद्यपि ओलीले मोदीको उक्त प्रस्तावलाई स्वीकार र अस्वीकार कुनै कुरा स्पष्टसँग भन्न नसके पनि आफूले स्वीकारेको राजनीतिमा उक्त प्रस्तावले अप्ठ्यारो पार्नसक्ने धारणा राखेका थिए ।
कांग्रेस आईको नेतृत्वमा रहेको भारतको पूर्ववर्ती सरकारले नेपाललाई गणतान्त्रिक धर्मनिरपेक्ष बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको थियो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो । त्यसअघि २०६३ जेठमा पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकले विवादास्पद तरिकाबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको थियो ।
दोस्रो संविधानसभा निर्वाचनपूर्व एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा स्पष्ट रूपमा हिन्दु राज्य नभने पनि संविधानबाट धर्मनिरपेक्षता शब्द हटाउने आश्वासन दिएका थिए । तर, गत असोजमा जारी भएको संविधानमा उनीहरूको यद्यपि उक्त आश्वासन पूरा हुन सकेन ।
भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको एकल वार्तामा तराई, पहाड, हिमालभन्दा पनि ‘हिन्दु' मा बढी चासो राखेका थिए । मोदीले ओलीसँग ‘नेपाल–भारतबीच यस अवधिमा भएका उच्चस्तरीय भ्रमणमा भारतको चाहना हिन्दु धर्म होस् भन्ने हो । अहिले तपाईंसँग मेरो चाहना त्यही रहेको छ’ भनेको स्रोतले बतायो ।
ओलीको भारत भ्रमणका क्रममा दुई देशबीच संयुक्त विज्ञप्ति जारी हुन नसक्नुको एउटा कारण ओलीले मोदीको उक्त प्रस्तावलाई स्वीकार्न नसक्नु पनि रहेको स्रोतले बतायो । यसअघि प्रधानमन्त्री निर्वाचनको अघिल्लो दिन असोज २३ गते राति ‘रअ' का पूर्वअधिकारी एबी माथुरले ओलीलाई भेटी हिन्दु धर्म स्वीकार्नुपर्ने बताएका थिए ।
राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा संयुक्त विज्ञप्ति जारी नहुनुमा दुई देशका प्रधानमन्त्रीबीच भएको एकल वार्तामा हिन्दु धर्मको एजेन्डा पनि रहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘आधिकारिक रूपमा त्यसबारे केही भन्न सक्दिनँ तर मलाई ओलीको भ्रमण सम्बन्धमा आएका सूचना र चर्चाका विषय भने हिन्दु धर्ममा कुरा नमिलेकाले संयुक्त विज्ञप्ति जारी हुन सकेन भन्ने छ ।'
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेपालमा हिन्दु धर्म कायम गराउन वकालत गर्दै आएका आर्ट अफ लिभिङका संस्थापक तथा भारतीय प्रधानमन्त्री मोदीका सहयोगी धर्मगुरु रविशंकरको निमन्त्रणामा मार्च १२ मा दिल्ली जाने कार्यक्रम तय भइसकेको स्रोतले बतायो । स्रोतका अनुसार ग्लोबल लिडरसिप कार्यक्रममा वक्ताका रूपमा थापालाई रविशंकरले निमन्त्रणा गरेका हुन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More