February 16, 2016

कोच राजु शाक्य भन्छन :२३ वर्ष अघि खाएको कसम भारतलाई उसकै मैदानमा हराउनेसपनापुरा भयो

भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले उपाधि उचाल्दा नेपालीहरुको शीर गौरवले उचो भयो ।


यो जितका पछाडि मुख्य शुत्राधार हुन् नेपाली फुटवल टिमका प्रशिक्षक राजु शाक्य । २३ वर्ष अघि नेपाललाई उपाधि दिलाएका त्यो बेलाका कप्तान राजु साक्यले देशलाई स्वर्ण पदक मात्र दिएनन् आफ्नो सपना पनि पुरा गरे ।

प्रशिक्षक राजु शाक्यले नेपालको फुटबलालाई अझै माथि उठाउन बाँकी रहेको बताएका छन् । उनले आफ्नो जिन्दगीकै सबैभन्दा ठूलो इच्छा पुरा भएको पनि बताए । जितपछि प्रशिक्षक राजु शाक्यले प्रतिक्रिया दिँदै भने, ‘मेरो ठूलो इच्छा पूरा भयो । भारतलाई उसकै मैदानमा हराउन चाहन्थ्यौं ।’
१९८४ मा पहिलोपल्ट स्वर्ण जित्दाका खेलाडी र १९९३ मा च्याम्पियन हुँदाका कप्तानसमेत रहेका शाक्यले भने, ‘यो अन्त्य होइन, सुरुआत हो । नेपाली फुटबल अझै धेरै माथि जानुछ ।’

आफूले जेरी मविहमिङगा र कुमाम उदन्त सिंहलाई नियन्त्रणमा राख्न निर्देशन दिएको उनले बताए ।
‘उनीहरू राम्रा खेलाडी हुन् र उनीहरूलाई खुलेर खेल्न नदिने योजना बनाएको थिएँ,’ उनले भने, ‘यसमा सफल भयौं ।’ खुसीको सीमा छैन, म मात्र होइन, पूरा टिमका लागि एकदम खुसीको कुरा हो,’ कप्तान विराज महर्जनले भने, ‘हामीले ज्यान दिएर खेलेका थियौं । मिहिनेतको फल पायौं । यही दिन देख्ने सपना थियो, साकार भयो ।’
यस्ता हस्ति जो करोडौ प्रलोभन , भ्रस्टाचारको खेलबाट आफुलाई टाढा राखेर अथक लागिरहे यस्तै यो जितमा वर्तमान टिमका साहसी खेलाडी र फुटबलको बिकृति सखाप पार्न लागेका एस्स एसएसपी सर्बेन्द्र खनालको योगदानलाई पनि नकार्न सकिन्न ।

यसैगरी सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठले पनि सफलतामा उत्तिकै खुसी व्यक्त गरे । ‘खुसी लागिरहेको छ, साफमा गोल्ड जित्यौं । यसले बंगबन्धु चिट्ठा थिएन भन्ने पनि सावित भयो ।’ पहिलो हाफमा भारतले गोल गरे पनि आफूलाई हारिएला भन्ने नलागेको उनले बताए । ‘जित्नैपर्छ भनेर दोस्रो हाफमा अझ बढी मिहिनेत गरें,’ उनले भने ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More