January 24, 2016

सामाजिक लोकतान्त्रिक पार्टी नयाँशक्तिमा विलय नया बिचार र भिजनहरु एक हुदै

तीन वर्ष पहिले नयाँ दलका रुपमा स्थापित भएको चैतन्य सुब्बा नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी डा. बाबुराम भट्टराईको नयाँशक्तिमा विलय भएको छ ।

नयाँ बानेश्वरको अल्फाबेटमा आयोजित नयाँ शक्तिको पत्रकार सम्मेलनमा सामाजिक लोकतान्त्रिक पार्टीका नेता चैतन्य सुब्बाले आजैका मितिबाट आफ्नो पार्टी बाबुराम भट्टराईको नयाँशक्तिमा समाहित भएको घोषणा गरे ।
सो पार्टीका अर्का नेता पासाङ शेर्पाले देशभरिका आफ्ना ३७ वटै जिल्ला कमिटीहरु नयाँ शक्तिमा आवद्ध भएको बताए । आदिवासी जनजाति, मधेसी र खस आर्यवीच पुराना दलहरुले दुरी बढाउने कार्य गरिरहेको भन्दै शेर्पाले बाबुरामको नेतृत्वमा सबै जातजाति एक भएर अघि बढ्ने बताए ।
नयाँशक्ति निर्माण अभियानद्वारा आइतबार घोषणा गरिएको अन्तरिक केन्द्रीय परिषदमा सामाजिक जनवादी पार्टीका तर्फबाट चैतन्य सुब्बा, पासाङ शेर्पा, दलमर्दन कामी र विसन राई लगायतले सहभागिता जनाएका छन् ।
त्यसैगरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा नेपा पार्टीका नेता केशवमान शाक्य पनि समाहित भएका छन् ।अनलाइन खबरबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More