January 31, 2016

फ्रि भिसा, फ्रि टिकट’ -खै?सर्बेन्द्र खनाल ज्यु, फ्री भिसा फ्री टिकट भन्दै गरिएको ठगि पनि छानबिन होस् !

सरकारी स्तरबाट नेपाली जनता खुलेआम ठगेको अर्को प्रमाण हेर्नुस । पसत्ताका मालिकहरु जनताका अभाव पिडामा यसरि आसाको ब्यापार गरेर भोट र भावनामा खेल्ने गर्छन ।
सरकारले घोषणा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ योजनाबाट अधिकांश कामदार वञ्चित भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा कामदारहरूले उक्त सुविधा लिन नपाएको देखिएको हो ।
उनीहरू स्थानीय एजेन्ट र म्यानपावरबाट ठगिएको देखिन्छ,’ अख्तियारको अनुगमन प्रतिवेदनमा भनिएको छ । तर म्यानपावर र एजेन्टले रसिदबिनै अतिरिक्त रकम असुल्ने भएकाले ठग्नेमाथि कानुनी कारबाही गर्न कठिनाइ देखा परेको छ । वैदेशिक रोजगारमा जान अभिमुखीकरणमा सहभागी नभई प्रमाणपत्र मात्रै दिने, उपस्थित मात्र गराएर प्रमाणपत्र दिने प्रवृत्ति म्यानपावर कम्पनीहरूमा छ । सरकारले अभिमुखीकरणलाई बाध्यकारी बनाए पनि म्यानपावर कम्पनीहरूले त्यसको पालना गर्दैनन् । ‘यस्तो तालिमहरूको अनुगमन वैदेशिक रोजगार विभागबाट भएको पाइएन’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार भ्रमण भिसामा विदेश जानेले अन्तिम मुलुकको भिसा कागजात नदेखाउने र जसका कारण गैरकानुनी रूपमा जोखिमपूर्ण मुलुकमा छिर्ने कामदारले अनेक झमेला बेहोर्नुपरेको छ । दुबई, मलेसिया, थाइल्यान्ड, सिंगापुरलगायत मुलुकको कागजात देखाई जाने र त्यहाँबाट जोखिमपूर्ण यात्रामा अन्यत्रै जाने गरेको भेटिएको छ । महिलाहरू भारत, दुबई तथा थाइल्यान्डको ट्रान्जिट प्रयोग गरी खाडी मुलुक र अफ्रिकासम्म पुग्ने गरेका छन् । म्यानपावर र दलालहरूका लागि विभिन्न देशमा अध्ययन र भ्रमण भिसामा जानेले नक्कली कागजात पेस गरेपछि आधिकारिकता पुष्टिमा कठिनाइ भएको अख्तियारले जनाएको छ ।
कामदारहरूका लागि विमानस्थलको अध्यागमनमा डेस्कहरू पर्याप्त नभएकाले यात्रुहरू समयमै प्रक्रिया पार गरेपछि लगेज लिने ठाउँमा भीडभाड हुने र झोला हराउने समस्या छ । विमानस्थल बाहिर रहेको श्रम कक्ष पनि प्रभावहीन देखिएको छ । त्यहाँबाट स्टिकर रिडिङ गर्ने काम मात्र हुने गरेको र अन्य परीक्षण नभएको देखिएको छ । विमानस्थलमा यात्रुको चाप पनि बढ्दै गएको छ । १ हजार ३ सय ४० यात्रु प्रतिघण्टाको क्षमतामा निर्माण भएको विमानस्थलमा हाल २३ सय यात्रुको चाप छ । तर भौतिक क्षमता र विमानस्थल विस्तार नहुँदा सेवा व्यवस्थित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ| एक महिना अघिको कान्तिपुरको समाचारबाट साभार 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More