भारतीय माथिल्लो संसद राज्सयभामा नेपालको वर्तमान अवस्था र बिग्रँदो नेपाल-भारतसम्बन्धबारे विवाद भएपछि बैठक स्थगित भएको छ।
नेपालबारे तयार गरिरहेको विज्ञप्ति पढिरहेको विदेशमन्त्री शुष्मा स्वराजलाई उपसमामूख पीजे कुरीयनले बीचैमा रोकेका थिए। लिखित दस्तावेज आइसकेकोले सबै पढ्नु नपर्ने भन्दै उपसभामुख कुरियनले उनलाई रोक्न खोजेपछि स्वराजले प्रतिवाद गरेकी थिइन्।
विदेशमन्त्री स्वराज बसेपछि जनता दल यूनाइटेडका सांसद पवनकुमार बर्माले नेपालमा तेल र खाना पकाउने ग्यासको अभाव रहेको र नेपालको अवस्था संकटपूर्ण रहेको भन्दै संविधान जारी हुँदा विदेशमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रश्न उठाए।
बर्माले बोल्दै गर्दा उपसभापतिले बेल बजाएपछि फेरि विवाद सुरु भएको थियो। बैठकको अध्यक्षता गरिरहेका उपसभामुखले प्रत्येक सांसदलाई नेपालबारे ३ मिनेट बोल्न दिएका थिए।
सांसद बर्मा रोकिएपछि विदेशमन्त्री स्वराजले तीन/तीन मिनेटमा बहस गरेर सकिने विषय नभएको भन्दै आफूले भोलि अथवा हप्ता जवाफ दिने बताइन्।
बैठकमा अधिकांश सांसदहरुले नेपालको विषय गम्भिर भएको भन्दै लामो छलफल आवश्यक भएको बताएका थिए।
सभाध्यक्षले अर्को बैठकको समय पछि तय गर्ने भन्दै बैठक स्थगित भएको जानकारी गराएका थिए।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.