December 31, 2015

चिसोले दोलखामा २४ भुकम्प पिडितको मृत्यु -सरकार लास ब्यबस्थॉपन मन्त्रालय थप्ने कि ?

अत्यधि चिसोका कारण कठ्याग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् । केही युवा पनि रहेको नयाँ पत्रिकामा खबर छ ।
उनीहरु मध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए । दीर्घरोगी, मलगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो ।
दलहरुको अमानवीय राजनीतिक खिचलो र सत्तामुखी ब्यबहारले जनता चिसो, अभाव , अनिकालले मर्न बाध्य छन् । जनतालाइ मारेर, देश जलाएर सत्ताको न्यानो तापी बस्ने कस्तो राजनीति नेपालको ? जागौं अब यो ठगतन्त्र समाप्त पार्न ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More