December 3, 2015

खुला सीमाना र भारतीय आप्रबासीहरुबाट तराइ र तराइका भूमिपुत्रहरुलाई बचाउनमोर्चाको माग

सुगौली सन्धिबाट नेपालले गुमाएका भूभाग फिर्ता गर्नुपर्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले देशका विभिन्न स्थानमा सचेतना तथा दवाव कार्यक्रम गरेको छ । बेलायतले सुगौली सन्धि प्रस्ताव गरेको २०० वर्ष पुगेको दिनलाई ‘कालो दिवस’ का रुपमा मनाउँदै मोर्चाले सरकारसमक्ष १८ सुत्रीय मागसमेत अघि सारेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौडा, पोखरा, महेन्द्रनगर, धनगडी,झापा, धरान, बुटवल, नेपालगंज, भैरहवा लगायत देशका विभिन्न सहरहरुमा बुधबार पर्चा छरिएका थिए ।
सन् १८१५ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेपछि बेलायती साम्राज्यमा गाभिएका मेचीदेखि पूर्व टिस्टासम्मका भूभाग र महाकालीदेखि पश्चिम सतलज नदिसम्मका भूभाग फिर्ता गर्न मोर्चाले माग गरेको हो । सन् १९४७ अगस्त १५ मा स्वतन्त्रता पाएपछि भारतले नेपालका यी भुभागमा उपनिवेश कायम गर्दै आएको छ ।
सुगौली सन्धि बेलायतसँग गरिएकाले भारतबाट भारतसँग लागु हुन नसक्ने मोर्चाको ठहर छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपाले डिसेम्बर २ देखि आगामी मार्च ४ सम्म विभिन्न बिरोध कार्यक्रमहरु गरी जनचेतना जगाइने बताए ।
मोर्चाले उत्तरी नाकाहरु जोड्ने सडक निर्माण गर्ने नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने, चीनसँग व्यापार तथा पारवहन सन्धि र विद्युत व्यापार सम्झौता गर्नुपर्ने, उच्चस्तरीय नागरिकता उजुरी छानबिन आयोग गठन गर्नुपर्ने लगायतका माग पनि अघि सारेको छ ।
तराईमा बसोबास गर्ने आदिवासीहरुलाई भारतीय आप्रवासीहरुबाट बचाउन राज्यस्तरमै वैज्ञानिक संयन्त्रको विकास गर्नुपर्ने र भारतमा गोर्खा भर्ती सदाका निम्ति बन्द गर्नुपर्ने माग पनि मोर्चाको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More