December 28, 2015

रास्ट्रपतिलाई खुल्ला पत्र -कुन कानुनले पुजा गर भन्यो? गणतन्त्र ल्याउन प्राणआहुति दिनेसहिदको अपमान नगर

रास्ट्रपति ज्यू  नमस्कार 
धेरै चिल्लो कुरा र अनावायक देखावटी सम्मान प्रकट  नगरी सिधै बिसयमा प्रबेश गरौँ 
नेपालले एक महिला बिधुवा  रास्ट्रपति पाउँदा गर्वले नाक फुलाएको हो बिश्वमा सबैले महिला समता र हक हितमा नेपालको प्रसंसापनि गरेको हो ।
 एक महिला देशको उच्चपदमा आउँदा सदियौं देखि पुरुस प्रधान समाज, रास्ट्र, राजनीतिक चरित्रले गर्दा भ्रस्टाचार र कुशासनले थिलथिलो भएको मुलुकमा तपाँइबाट ठुलो अपेक्च्या रहनु स्वभाभिक थियो तर तपाइका सुरुवाती हाउभाउ र क्रियाकलाप हेर्दा रास्ट्रपति सस्थाको गरिमा नै धरापमापर्ने हो की भन्ने आभास दिन थालेको छ ।  नयाँ संविधानले मुलुक धर्म निरपेक्च्य घोषणा गरेको परिबेस , राज्यको चरित्र राज्यको चरित्र धर्मनिरपेक्च्य हुनुपर्ने तपाईं  धर्मलाई पोस्ने काममा लागेको आरोप र कम्युनिस्ट विचारधारामा हुर्किएकि तपाइंले ठुलो अभिमान देखाउदै सैनिक र प्रशासनको  बुटको आडमा ताण्डव देखाउदै बिरोध र मधेश बिद्रोहको आगो बलेको बेला बिबाह पंचमी मेला जनकपुरमा भर्नुभएको दृश्यले तपाइलाइ  चिट्ठामा प्राप्त रास्ट्रपतिपद, हैसियत नपुगेको व्यक्तिलाई राखियो भनेर  आलोचना गर्नेहरुलाई बल पुग्यो ।  मन्दिर बिटुलो पारेको आरोप लाग्यो इज्जत घट्यो अभिमानमा दाग लाग्यो ।
सुन्दा तॉइले आफ्नो अर्को योग्यता देखाएको संदेश गएको छ । 
सायद धर्मले कम्न्युस्ट , कांग्रेस नभन्ला तर मानवताको हिसाबले , रास्ट्रपति राष्ट्रिय संस्था भएको  हिसाबले तपाइले एकातिर धर्म निरपछ्य लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म बिपरित काम गर्नु भयो अर्को तिर भुकम्पले पिडित , रोग , भोक र सोकले पिडित जनतालाइ एक छाक खान दिने वा दुख अलिकति कम गर्ने सानो कदमको सट्टा पुजा गरेर तलब चढाउने निर्णयले पाखण्डलाइ मलजल गर्यो । हो तपाईं एक हिन्दु नारि हो व्यक्ति हो तपाइलाइ स्वोतान्त्रता छ पुजा गर्न गर्नुस गोप्य पुजा कोठामा तर बिगतका राजाको शैलिमा रास्ट्रपतिको रुपमा पुजा गर्ने अधिकार कनुनले दिएको छैन र यो आधुनिक बैज्ञानिक समाजमा पूजाले  देशको समस्या समाधान दिन्छ भन्ने संदेश दिन र समाजलाइ सिकाउन खोजेको होभने यो पद तपाइलाई सुहाएन कृपया रास्ट्रपति पदबाट राजिनामा दिनुस अनि भजन किर्तन तिर लाग्नुस् ।
कम्तिमा बिगतका राजा महाराजले यहि पुजामात्र गर्ने  गल्ति गरे भनेर गणतन्त्र ल्याउन प्राणआहुति दिने सहिदको अपमान नगर ।
मन्दिरमा भेटि हालेको तपाइको तलबले भुकम्प पिडित, भोका जनता , देखेन कम्तिमा त्यहाँ वरिपरिका माग्ने , ब्रिद्धाश्रम पनि देखेन तपाइको यो कदमले मानमर्दन कसरि गरौ सम्मान जो आत्मदेखि आउनुपर्ने जागेको छैन । सच्चिनुहोस् । बदनाम गराउने धुन्दुकारी सल्लाकारहरु फेर्नुस ।
 एक सिक्चित आम नेपालीकोमा आज यहि प्रस्न तपाईंलाइ रहेको छ । 
सायद तपाइका आसेपासे र आफ्ना भानौदा तपाइको भलो चाहदैनन तपाइको बद्ननाम गर्ने काममा किन उक्साइरहेका छन् सोच्नुस यो पत्र एक महिला रास्ट्रपती सफल रहोस र पितृसतात्मक समाजमा सकारात्मक छाप दिओस  भन्ने चाहने स्वोतन्त्र नेपालीको तर्फ बाट हो आइन्दा हावादारी काम कुरा नगरेको बेस । 
 सायद यो तपाइले आफ्ना अयोग्य आसेपासेलाइ सल्लाहकार बनाउनुको परिणाम हो वा तपाइंको अयोग्यता हो समयले मुल्न्यांकन गर्ला । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More