November 7, 2015

भाइटीकाको साइत ११:५५ मा-तिहारको समय तालिका -Happy Tihaar

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ। तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ।
यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११:५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ', समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने।

उज्यालो, पशुपक्षी पूजा, भ्रातृभगिनी प्रेम, मिठाइ र सेलरोटी सेवन, फूल तथा मुलुकको मौलिक नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ।

कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार पर्ने समितिले जनाएको छ। काग तिहारका दिन यमदूत काग र कुकुर तिहारका दिन यमदूत कुकुरलाई मीठा खानेकुरा खान दिइने शास्त्रीय परम्परा छ।

नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी पस्दैन भन्ने छ। धार्मिक रुपमा नरक जानु नपर्ने र सुख शान्ति मिल्ने विश्वास रहेको प्रा डा गौतमले जानकारी दिए।

कात्तिक २५ गते लक्ष्मीपूजा, दीपावली र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने पनि उनले जानकारी दिए। त्यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ।

कात्तिक २६ गते गाईपूजा, गोबद्र्धन पूजा, गोरु र नेवारी समुदायको म्ह(आत्म)पूजा गरिन्छ। यसै दिन कात्तिक शुक्ल प्रतिप्रदादेखि नेपाल संवत् पनि सुरु हुन्छ। यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ। कात्तिक २७ गते भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ। रासस 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More