November 25, 2015

नयाँ शक्ति अभियानको संरचना नाम र जिम्मेवारी सहित- मुलुकको संकटमा सरकार र दलहरुजिम्मेवार


डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति अभियानको सांगठनिक संरचना निर्माण गरिएको छ । राजधानीमा दुई दिनसम्म चलेको सम्मेलनले डा. भट्टराईको संयोजकत्वमा नयाँ शक्तिको सांगठनिक संरचना निर्माण गरेको हो । अभियानका तर्फबाट मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभियन्ता देवेन्द्र पौडेलले सोमबार सम्पन्न भेलाले भट्टराईलाई संयोजक बनाएको जानकारी दिए
। एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माणमा लागेका देशैभरका कार्यकर्ताहरूको भेला आइतबार र सोमबार राजधानीमा भएको थियो । भेलाले देवेन्द्र पौडेललाई संगठन, हिसिला यमीलाई अन्तर्राष्ट्रिय, कुमार पौडेललाई जनवर्गीय संगठन, रामकुमार शर्मालाई जातीय मोर्चाको संयोजक बनाएको छ । किराँत, लिम्बुवान र कोचिलाको संयोजक राजेन्द्र किराती, मिथिला र भोजपुरा संयोजकमा रामचन्द्र झा, नेवा र ताम्सालिङ संयोजकमा गंगा श्रेष्ठ, तमुवान, बागलुङ र म्याग्दीको संयोजकमा देवेन्द्र पराजुली छन् । त्यसैगरी, मगरात, अवध र थारुवानमा वामदेव क्षेत्री, भेरी–कर्णालीमा भक्तबहादुर शाह र सेती–महाकाली संयोजकमा नवराज सुवेदी चयन भएका छन् । सरकारको वार्ता चियामै सीमित नयाँ शक्ति निर्माण अभियानले तराई–मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएको छ । परिणामहीन वार्ताले जनता वाक्क बनेको उसको आरोप छ । ‘दिनहुँ वार्ताका प्रसंग सार्वजनिक भएका छन् । तर, कुनै पनि दिनको वार्ताले केही निर्णय दिन सकेको छैन,’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘शून्य निर्णयको परिणमविहीन चिया वार्ता सुन्दासुन्दा जनतासमेत वाक्क हुँदै गएका छन् ।’ पत्रकार सम्मेलनमा अभियानका संयोजक भट्टराईले देशभित्रको आन्दोलन र नाकाबन्दीको समस्यालाई फरक–फरक ढंगले डिल गरेर समाधान गर्नुपर्ने बताए ।

 सरकारले दुवैलाई एकै ठाउँमा राखेर जनतालाई भ्रमित पारिरहेको उनको भनाइ थियो । ‘देशमा एकथरी जनता आन्दोलनमा छ । यही क्रममा हाम्रो छिमेकीले अघोषित नाकाबन्दी गरेको छ,’ उनले भने, ‘सरकारले अलग–अलग ढंगले डिल गरेर समाधान गर्नुको सट्टा जनतालाई भ्रमित पार्ने काम गरिरहेको छ । यो सही होइन ।’ मधेसी थारू, जनजातिलगायतले गरिरहेको आन्दोलन आन्तरिक रूपले वार्ताबाट तथा नाकाबन्दीको समस्या भारतसँग कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने भट्टराईले बताए । ‘सरकारले आन्दोलनकारीका माग कुन हदसम्म सम्बोधन गर्न सकिन्छ, आन्तरिक रूपमा वार्ता गरेर टुंग्याउनुपर्छ,’ उनले भने, ‘भारतीय पक्षले गरेको नाकाबन्दीलाई सरकारले कूटनीतिक ढंगले वार्ता गरेर समाधान गर्नुपर्छ ।’

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More