November 18, 2015

तथ्य भन्छ सरकार र आन्दोलनकारी दुवै नाकाबन्दी लम्ब्याएर कालोबजारी बाट जनता लुट्नेध्याउन्नमा


आन्दोलनको २ महिना बित्दा ओली सरकारका मन्त्रि नाकाबन्दी र भारतलाई सराप्दै समाधान तिर भन्दा समस्या  बढाउन लागेको हेर्दा यिनलाई जनताको सास्तीमा कालोबजारी गरेर मालामाल भईरहने ध्याउन्न हो कि भन्ने भान हुन्छ भने अर्कोतर्फ मोर्चाका कार्यकर्ता मोटरसाइकलमा तेल र ग्यास तस्कर गर्दै मालामाल भैरहेका छन् उनीहरु अब १२ महिना नाकाबन्दी गरेर नेपाल लुट्ने दाउमा छन् ।
समाधान दुवै पक्च्यलाइ चाहिएको छैन ।
भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ । पाँच दिनयता राजधानी भित्रिएका पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारीयाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी डिपोप्रमुखदेखि राजनीतिक नेतृत्व तहसम्म भागबन्डा गरिएको स्रोतले बतायो । ‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ’ एक उद्योगीले भने । निगमले इन्धनको चरम संकट देखाउँदै बिहीबार (कात्तिक २६ देखि ३०गते) देखि पछिल्ला पाँच दिनमा भारतबाट पेट्रोल र डिजेल बोकेका करिब ३ सय ट्यांकर काठमाण्डु भित्र्याएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल समान्य अवस्थामा नियमसंगत बाँडेको भए कुल मागको ६० प्रतिशत पुग्थ्यो । –नागरिक दैनिकबाट 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More