November 11, 2015

चीनले सित्तैमा दिएको तेल आयो तर जनतालाइ सित्तैमा दिने कि नेता,दलाली र कालाबजारीमार्फत लुट्ने?

सरकारलाई अनुदानको पेट्रोल चीन सरकारले दिएकोछ यो अनुदान हिनामिना हुने र व्यापक दुरुपयोग हुने देखिएको छ । पक्कैपनि कार्यकर्ता , आसेपासे र सरकारी गाडी कुदाउन हैन नेपाली जनताको नाममा आएको अनुदान पेट्रोल जनताले सित्तैमा नभनम तर ढुवानी लागत् र आवस्यक राजस्व असुली गरि वितरण होस् । 

सरकारी हाकिमहरु र सरकार समर्थित दलका कार्यकर्ताहरु यो  अनुदानको तेलमा गिद्दे दृस्टी राख्दै व्यापक दुरुपयोग हुने सम्भावना  भएकोले सबैले खबरदारी  गरौ ।
चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ बुधबार मात्रै २६ ट्यांकर भित्रिएको छ । ती ट्यांकरबाट नेपाल आयल निगमले २ लाख ७० हजार ६६ लिटर नेपाल भित्र्याएको यससँगै अब ३ लाख ७४ हजार ३ लिटर पेट्रोल चीनको केरुङबाट ल्याउन बाँकी छ । चीनले अनुदानमा दिएको एक हजार मेट्रिकटन पेट्रोलियम पदार्थ दिने घोषणा गरेको थियो । आइतबार एक दिनमै २७ वटा ट्यांकरले २ लाख ४८ हजार लिटर रसुवागढी नाकाबाट भित्र्याएका थिए । हालसम्म जम्मा ९७ वटा ट्यांकर पेट्रोलियम पदार्थ ओसारिसकेका छन् । नेपाली ट्यांकरले चिनीयाँ दूतावासबाट चालक, सहचालक र ट्यांकर नम्बर चीनको केरुङ छिर्ने अनुमति दिएपछि ती ट्यांकरले नेपाल आयल निगम मार्फत पेट्रोलियम पदार्थ ल्याएका हुन् । ल्याइएका पेट्रोलियम पदार्थ युरो स्ट्यान्र्ड चार रहेको आयल निगमले जनाएको छ । तिहारपछि निगमले एकै लटमा सबै इन्धन नेपाल भित्र्याउने छ ।

दुई दिन लगाएर ल्हासा हुँदै चीनले केरुङ पेट्रोल ल्याएको हो । मधेस आन्दोलनले पेट्रोलियम पदार्थ नेपाल भित्र्न सहज नभएपछि निगमले इन्धन खरिद सम्झौता गरेर चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरेको छ । चीनबाट यसरी पेट्रोलियम पदार्थ ल्याएको पहिलो हो । केही स्थानमा सडक साँघुरो भएकाले १२ हजार लिटर क्षमता भएको नेपाली ट्याङकरले ७ देखि ९ हजार लिटरका दरले पेट्रोल ढुवानी गरिहेका छन् । उक्त अनुदानको पेट्रोलियम पदार्थ ल्याउादा रसुवा भन्सारलाई नेपाल आयल निगमले तिर्नुपर्ने ३ करोड ६४ लाख रुपैयाँ राजश्व जनता बैंक मार्फत ड्राफ्ट गरेर पठाई भन्सार जाँच पास गरि पेट्रोल काठमाडौं पठाइएको हो । 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More