October 25, 2015

एमालेमा राज्यलक्ष्मी गोल्छालाइ सभासद बनाउदा कसले कति खाए फेहरिस्त सार्बजानिक

व्यापारिक घराना गोल्छा परिवारकी बुहारी राज्यलक्ष्मी गोल्छाले बिचौलिया मार्फत बिभिन्न एमाले नेताहरुलाई रकम दिएको विभिन्न पत्रपत्रिका र अनलाईन हरुमा सार्बजनिक भएको छ । यसमा उलेख गरिएका मध्ये गोकर्ण बिस्ट र ऋषि पोखरेलले रकम नलिएको र लिएको भए पुस्टि गर्न चुनौती दिइसकेका छन् । एमालेबाट समानुपातिक कोटामा सभासद् नियुक्त भएकी थिइन् । प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित भएको भन्दै एमालेले उनलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । तर, गोल्छा आफू राजीनामा नदिने बताउँछिन् । भन्छिन्,‘म बिरामी भएर अनुपस्थित भएकी हुँ ।’ आफ्ना पति स्वर्गीय महेन्द्रकुमार गोल्छाले एमालेमा गरेका आर्थिक–सामाजिक लगानीका कारण आफू सांसद चुनिएको उनको दाबी छ । कुराकानीका क्रममा उनले एमालेका विभिन्न तहका नेतालाई आर्थिक सहयोग गरेको दाबीसमेत गरिन् । प्रस्तुत छ  दीपेन्द्र विष्टसंग गरिएको भनिएको कुराकानी यस्तो छ :



तपाई व्यापारीक परिवारको व्यक्ति कसरी अचानक राजनीतिमा आउनुभयो ?
मेरो बुवाको घर (चेन्नई, भारत) मा करुणा निधि, एमजीआर, हबिंश दाइे, अमिताभ बच्चन आउने जाने गर्थे । सानोदेखि नै मेरो ‘गु्रमिङ’ यस्तै राजनीति र फिल्म क्षेत्रका व्यक्तिसँग भयो । एकदम ‘हाइकल्चरको शिक्षा’ पाएँ। बुवाआमाको नाम उच्च राखौं भनेर राजनीति एउटा क्लिनक्षेत्र भनेर प्रवेश गरें । बुवा पनि दक्षिण भारत तामिलनाडुको गर्भनर जस्तो पदमा दुई पटक बसेको मान्छे । साथै कला शिक्षा राजनीतिमा उहाँ उच्च योगदान थियो । उहाँ फिल्म उद्योगी पनि हो । बुवाको यो इमेज मेरो मनमा गहिरो गरी बसेको थियो । त्यो नै मेरा लागि राजनीतिमा आउने मुख्य प्रेरणा थियो ।
तपाईंलाई एमालेले आफ्नो कोटामा किन सभासद बनायो ?
तपाईको पार्टीमा योगदान के थियो ?महेन्द्रकुमार गोल्छाको सुमन प्याकुरेल, सुवोध प्याकुरेलसँग एकदमै राम्रो सम्बन्ध थियो, जब मदन भण्डारीले ‘श्रम कानुन’ लागू गर्ने भन्ने कुरा उठ्यो, त्यो बेला महेन्द्रकुमार उद्योग संगठन मोरङको अध्यक्ष हुनहुन्थ्यो । श्रम कानुन लागू गर्ने विषयमा महेन्द्रकुमारको ठूलो योगदान छ । त्यसले गर्दा म एमालेमा प्रवेश गरेकी हुँ । किनकी महेन्द्रको नामलाईम निरन्तरता दिन चाहन्थे । भरतमोहनजी अर्थमन्त्री हुँदा महेन्द्रजीलेश्रम कानुन लागू गर्न र अर्थनीति बनाउनमा योगदान गरे । त्यसैले मेरो झुकाव बढी एमालेप्रति थियो ।
पार्टीले तपाईंलाई सांसदबाट किन हटाउन खोजेको रहेछ ?
म सुरुदेखि भन्छु ।  महेन्द्र गोल्छाकै योगदानका कारण उहाँहरुले मलाई पार्टीमा ल्याउनुभयो । सभासद बनाउनुभयो ।
केपी सर र माधव नेपाल सरले कहिल्यै केही माग राख्नु भएन । तर पार्टीमा झलनाथजी र पार्टीका अन्य व्यक्तिले सिधै पैसाको कुरा गरे । त्यो कुरामा मलाई चित बुझेन ।  पार्टीको आन्तरिक राजनीतिको कारण पनि मलाई हटाउन खोजेको हुनुपर्छ ।
प्रधानमन्त्रीको चुनाव सहभागी हुन भएन, उल्टै पार्टीको नीति विपरीत मधेसको मुद्दालाई सहयोग गर्नुभयो भन्ने आरोप तपाईंलाई छ नि ?
पार्टीको आन्तरिक विवादका कारण यस्तो आरोप लगाइएको हो । मैले पार्टी हितविपरीत कुनै काम गरेकी छैन । मेरो स्वास्थ्य स्थितिको कारणले उपस्थित नभएको हुँ । विगत १० महिनादेखि मेरो स्वास्थ्य ठीक छैन, म विरामी छु ।मुटु र खुट्टाको समस्या छ । यो सबैलाई थाहा छ । पटकपटक प्रमुख सचेतकलाई जानकारी गराएकी छु ।संविधान घोषणाको बेला वेड रेष्टमा थिएँ, यो कुरा विद्या भण्डारीजीलाई थाहा छ । उहाँले विराटनगर मेरै घरमा आएर मलाई भेट्नु भएको हो । यस्तो स्थितिमा पनि म अन्तिम दिन हस्ताक्षर गरेर विराटनगर फर्के । प्रधानमन्त्री चुनावको दिन नेपाल एयरलाइन्सको टिकट बुक गरेको थिएँ, एयरपोर्टमा अचानक मेरोमा स्वास्थ्य खराब भयो, मलाई त्यहींबाट हस्पिटल लगियो । डाक्टरले रेष्ट गर्नु भने तर मैले केपीओली प्रधानमन्त्रीको उम्मेदवार भएकाले म जसरी पनि जानुपर्छ भनें ।तर,जान सकिनँ । दोस्रो दिन उपचारको लागि बागडोगरा (भारत) गएँ । सभामुख निर्वाचनको दिन उपस्थित भएँ ।
विद्या भण्डारीले तपाईसँग के भन्नुभयो ?
तपाईको स्वास्थ्य बिग्रेको छ । स्वास्थ्यभन्दा अरु केही हुन सक्दैन । आफ्नो र बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोस भन्नुभयो । त्यसपछि म उहाँकै सम्पर्कमा थिएँ । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थिएँ । उहाँको निर्देशन मानेकी थिएँ । तर पार्टीभित्र केही व्यक्तिले मलाई मानसिकरुपमा थ्रेट दिएर काठमाडौं आउन दिएनन् र धम्क्याए पनि । त्यो पार्टीका अधिकांश नेतालाई थाहा छ ।
 धम्क्याउने को थिए ?
केही युवा संघ सम्बद्ध व्यक्तिहरु हुन् । मलाई काठमाडौं प्रवेश गरेपछि ज्यान जोखिममा हुने भन्दै धम्की दिए । यो कुरा मैले केपी सर, माधव नेपालसँग गरेकी छैन। पार्टीमा मेरो आर्थिक लगानी पनि ठूलो छ भन्दै हुनुहुन्छ । कति जति छ ?मैले पार्टीलाई१ करोड ६५ लाख रुपैयाँ स्वेच्छाले सहयोग गरेकी छु ।जम्मा गरी मैले सात करोड रुपैयाँ बुझाएकी छु । त्यसैगरी, संविधान सभामा निर्वाचनमा मैले पार्टीलाई शारीरिकश्रम तथा ठूलो आर्थिक सहयोग गरेकी छु । म एक मधेसी महिला, एकल महिला, उद्यमी महिला हटाएर पार्टीले कुनै ठूलो काम गरेजस्तो लाग्दैन । यसले पार्टीको बद्नाम गरिसकेको छ । मलाई पार्टीले आन्तरिकरुपमै हल खोजेको भए हन्थ्यो भन्ने जस्तो लाग्थ्यो । संचारमाध्यमसँग बोल्न बाध्य बनायो ।
तपाईले आफूलाई अंगिकृत नागरिकता भएकाले हटाउन खोजेको भन्ने आरोप लगाउन भयो नि?
मेलै सम्पूर्ण कुरा त्यागेर महेन्द्र गोल्छासँग बिवाह गरेकी हुँ । महेन्द्रले पार्टीमा गरेको योगदानबारे मेरै किताबमा सुबोध प्याकुरेलले खुलेरै लेखेका छन् । मलाई पार्टीले किन हटाउन खोज्दैछ म जवाफ माग्न चाहन्छु । यो लडाईं लडेर मात्रै म पार्टीबाट बाहिरिन्छु ।सभासद बनाउन पैसाको कुरा गर्ने को थिए ?झलनाथ खनालले सिंधै पाँच करोड सहयोग नगरे सभासद बनाउन नसक्ने कुरा गरे । त्यो बेला गंगालाल तुलाधर सँगै थिए । अनि, गोविन्द थापालेपनि १ करोड रुपैयाँ भन्दा बढी लगेका छन् । अरु कुरा सार्वजनिक गरेपार्टीमा ठूलो घाटा हुने भएकाले आवश्यक परे सार्वजनिक गरौंला । मसँग सबै प्रमाण छ । अहिले म सार्वजनिक गर्न चाहन्नँ । युवा संगठनका भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतले ६२ लाख रुपैयाँ लगेका छन् । बकाइदा लिखित रुपमा दिएका छौं ।विनोद ढकाललाई २५ लाख रुपैयाँ, राजविराजका सुमन प्याकुरेल र उनकी छोरी सुज प्याकुरेल, उनकै छोरा सुयसको घरमा केपी सर गएकै बेला विनोद ढकालहरुले बार्गेनिङ गरेर ५० लाख रुपैयाँ, ऋषि पोखरेलले १० लाख रुपैयाँ लगे । त्यो क्षेत्रका केपी ओली सर्मथकलाई ५ लाख रुपैयाँ भन्दा मैले कम सहयोग गरेकी छैन । केपी ओली प्यानलका गोविन्द थापा, सुमन प्याकुरेल, गोविन्द ढकालहरुले महिलाको व्यवसायिकीकरण गर्ने काम गरे । गोल्छा परिवारको बुहारीको यस्तो स्थिति छ भने अरुको के होला ?
अरुले तपाईसँग कति पैसा मागे ?
झलनाथ खनाललाई एकजना राईथरका भाईमार्फत आर्थिक बाहेक उनको निर्वाचन क्षेत्रमा इलाम जानआउन कति सहयोग गरे भन्ने लेखाजोखा नै छैन । उनले महेश रेग्मीकै अगाडि फोनमार्फत व्यक्तिगत २ करोड रुपैयाँ सहायोग गर्नुपर्ने धम्की दिए । ईश्वर पोखरेललाई सहयोग गरें । गोकर्ण विष्टलाई १० लाख रुपैयाँ भन्दा बढी ।त्यसैगरी, विद्या दिदीलाई २५ लाख रुपैया दिएँ । उहाँलाई मैले आफ्नै नाममा चेक काटेर दिएकी छु । उहाँकै नाममा काट्न खोजेकी थिएँ, मान्नु भएन । गंगालाल  तुलाधर मार्फत माधव नेपाललाई १० लाख रुपैयाँ सहयोग गरें । पार्टीको माथिल्लोस्तरका सबै नेतालाई सबैलाई सहयोग गरेकीछु ।
तपाईंले गरेको आर्थिक सहयोगको बारेमा माधव नेपाल के भन्नुहुन्छ ?
म सँग पैसा पुगेको छैन भन्नुहुन्छ । मलाई थाहा छैन  भन्नु हुन्छ ।
स्मरण रहोस गोल्छालाइ मोटोरकम लिएर  सभासद पद बेचिएको आरोप सुरुदेखिनै लागेको थियो । 
यो विवरण साचो हो भने नेपालको राजनीति नाम जनताको इसारा पैसाको भएको छ । एमालेले यो खबरको सत्य तथ्य खण्डन गर्दै दोषीलाइ कारबाही गरोस ।स्रोत कान्तिपुर दैनिक 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More