October 31, 2015

खुलेआम घुसदिएको घोषणा हुदा राज्य, जनता मौन ? लहरो तान्दा पहरो जाने डरले दलाल,दल सबै चुप

नेपालमा अब घुस दिएको खुल्लम खुल्ला सार्बजनिक हुँदा पनि अब नसुनिने र केहि कारबाही नहुने भएको छ । दलहरु नेताहरु  सबै    ब्यापारीले  पोल खोलिदिए आफु पनि परिने डरले मौन छन् प्रतिपक्च्य बेकामे भएको छ नागरिक समाज मौन छन् । यो मौनताले देश  ब्यापारी र माफियाले चलेको भान हुन्छ ।
चुनाव लड्दा देखि ब्यापारी, माफियासंग गैरकानुनी हिसाबमा रकम लिने जितेर सरकारमा  पुगेर राज्स्व छली , राज्यको सम्पति दोहन गर्न दिएर ऋण चुक्ता गर्ने प्रवृतिले देश र जनताको निमित्त भनेर  गरिने राजनीतिको नेपालमा बैधानिक अपराधीकरण भएको छ यो गम्भीर संकेत हो ।
विभिन्न नेता तथा व्यक्तिलाई करोडौं रुपैयाँ दिएको अभिब्यक्ति दिने एमाले सांसद राज्इलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने  करोडौं रुपैयाँ दिने गोल्छाको सम्पत्तिको स्रोतमाथि  छानबिन गर्ने गोल्छा अर्गनाइजेसनकी सदस्यसमेत रहेकी एमाले सांसद गोल्छाले केही दिनअघि पत्रकार सम्मेलन गरी एमालेका विभिन्न नेता तथा कार्यकर्तालाई करोडौं रुपैयाँ दिएको तथ्थ सार्वजनिक गरेकी थिइन ।
अख्तियारले गोल्छासँग रकम लिएका भनिएका नेता तथा कार्यकर्तामाथि पनि छानबिन गर्देछ भन्ने समाचार आज नयापत्रिकामा आएकोछ हेरौ यो देखाउनका लागि प्रायोजित हो कि साचो हो |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More