October 23, 2015

भारतले पहिला मधेस खाने अनि बहुमत सांसद आफ्नापारेर सिक्किमे सैलिमा नेपाल कब्जागर्नेरणनीतिमा

मोहन बिक्रम सिंह ,नेकपा,मसाल

हालै बसेको ने.क.पा. (मसाल) को केन्द्रीय समितिको वैठकले सरकारमा सामेल हुने निर्णय गरेको छ । निश्चय नै ने.क.पा. (मसाल) सरकारमा सामेल हुने छैन र वैधानिक मोर्चा नै सामेल हुने छ ।
संविधानलाई पारित र जारी गर्न प्रमुख राजनैतिक दलहरू र सरकारले खेलेको भूमिका तथा उनीहरूले लिएको अडानलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिएको छ र स्वागत गरेको छ ।

खास गरेर त्यो संविधानको निर्माण गर्दा र जारी गर्दा समेत भारतीय विस्तारवादबाट जुन ठूलो दवाव परेको थियो, त्यसको दृढतापूर्वक सामना गरेर संविधानको निर्माण गर्न र जारी गर्न उनीहरूले लिएको अडानले विशेष महŒव राख्दछ र त्यस प्रकारको अडान बिना त्यो संविधानको निर्माण हुन वा जारी हुन सक्दैनथ्यो । त्यस प्रकारको अडानको अभावमा या त संविधान भारतीय इच्छा अनुसार राष्ट्रघाती रूपमा बन्दथ्यो वा संविधानको निर्माण नभैकन संविधान सभाको विघटन हुन्थ्यो । त्यसबाट गम्भीर प्रकारको दूरगामी दुष्परिणामहरू हुन सक्दथ्यो । त्यसको क्षतिपूर्ति गर्न नेपाली जनताले लामो सङ्घर्ष त्यो संविधान जारी भएपछि पनि संविधानका सकारात्मक पक्षहरूलाई उल्ट्याउन वा संशोधन गर्न भारतीय विस्तारवादको दबाब झन् बढेर गएको छ । त्यसका लागि भारतले नाकाबन्दी समेत लगाएको छ । त्यो अघोषित, तर व्यवहारमा अत्यन्त गम्भीर प्रकारको छ । भारतको त्यस प्रकारको नीतिबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर खतरा उत्पन्न भएको छ । खास गरेर त्यसले संविधानमा संशोधन गर्न जुन प्रकारका संशोधनहरू अगाडि सारेको छ, त्यसबाट देश राष्ट्रिय विखण्डनको अवस्थामा पुग्ने कुरा निश्चित छ । त्यो स्थितिको गम्भीरतामाथि ध्यान दि“दै हाम्रो पार्टी सरकारमा सामेल हुने निर्णय गरेको छ ।

भारतले संविधानमा जुन प्रकारको संशोधनहरू गर्न चाहेको छ, त्यसका पछाडि मुख्य रूपले तात्कालिक रूपमा तराईलाई नेपालबाट अलग गराउने र दीर्घकालीन रूपमा पूरै नेपालमा प्रभुत्व कायम गर्ने उद्देश्यले नै काम गरेको कुरा प्रष्ट छ । भारतले असन्तुष्ट पक्षधर समेतको मतलाई सामेल गरेर संविधानको संशोधन गरेपछि वा तराईको स्थिति शान्त भएपछि अहिले उसले लगाएको नाकाबन्दी खुल्ने कुरा गरिरहेको छ । त्यसको अर्थ हो– भारतले तराईका जुन पक्षहरूको मतलाई संविधानमा सामेल गर्न जोड दिइरहेको छ, त्यो मत भनेको स्वयं भारतको विस्तारवादी नीति अनुसार नै संविधानमा संशोधनका लागि प्रस्तावित मत हो । त्यो अवस्थामा दीर्घकालिन रुपमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा तथा तात्कालिक रुपमा तराईमा देखा परिरहेको विखण्डनको खतरालाई रोक्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसमा जोड दिनका लागि वा जुन राजनैतिक शक्तिहरूले राष्ट्रियताको पक्षमा अडान लिएका छन्, उनीहरूसित मिलेर राष्ट्रियताका अगाडि देखा परेको गम्भीर प्रकारको खतराका विरुद्ध उनीहरूस“ग मिलेर काम गर्न वा उनीहरूका सकारात्मक नीतिहरूलाई बल पु¥याउन नै हाम्रो पार्टीले सरकारमा सामेल हुने निर्णय गरेको छ ।
अहिले सरकारमा गएका प्रमुख राजनीतिक शक्तिहरूले भारतीय इच्छा र दबाबका विरुद्ध लिएको अडानबाट भारत धेरै नै असन्तुष्ट वा क्षुब्ध थियो । त्यसैले उनीहरूलाई सत्तामा आउन नदिन वा उनीहरूका बीचमा फुट पार्न त्यसले पूरा शक्ति लगायो । त्यसका लागि एकातिर, संविधानको निर्माणमा बलियो एकताको प्रदर्शन गरेको वा महŒवपूर्ण भूमिका खेलेका पूर्व प्रधानमन्त्रीलाई दवाव दिएर प्रधानमन्त्रीको उम्मेदवार बन्न लगायो भने, अर्कातिर, केपी शर्मा ओलीलाई पराजित गर्न संविधान सभालाई परित्याग गरेर गएका मधेशवादीहरूलाई पुनः सुशील कोइरालाको पक्षमा मतदान गर्न लगाइयो ।
संविधान सभालाई त्यागेर गएका मधेसवादीहरू भारतीय निर्देशनमा तुरन्त सुशील कोइरालाको पक्षमा मतदान गर्न गएको कुराबाट उनीहरूको कुनै स्वतन्त्र अस्तित्व नभएको र भारतीय शासक वर्गको इशारामा काम गर्ने तत्वहरू भएको कुरा पनि प्रष्ट भएको छ । तर त्यसरी पूरा शक्ति लगाए पनि सुशील कोइरालालाई जिताउनु भारतीय विस्तारवादका लागि सम्भव भएन । त्यसले नेपालका राजनैतिक शक्ति र संसदको बहुमत सदस्यहरूको देशका राष्ट्रियताप्रति उच्च सतर्कता तथा प्रवल देशभक्तिको भावना भएको कुरालाई बताउ“छ । हाम्रो पार्टीले त्यस प्रकारको देशभक्तिको भावना र ऐक्यवद्धतालाई अझ उच्च र ठोस रूपमा अगाडि बढाउन चाहन्छ र त्यही उद्देश्यका साथ नै हाम्रो पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।

यो कुराप्रति हाम्रो पार्टीको ध्यान छ कि कतिपय हाम्रा शुभेच्छुकहरूले सरकारमा गएपछि हाम्रो पार्टीको अहिलेसम्मको उच्च प्रकारको राजनैतिक छवि समाप्त हुने छ र सरकारमा सामेल भएका अन्य राजनैतिक शक्तिहरू जस्तै भ्रष्ट र पतित हुने छ भन्ने आशङ्का प्रकट गरेका छन् । तर भ्रष्ट र पतित हुनका लागि सरकारमा नै जानु पर्दैन । जुन राजनैतिक शक्तिहरूको चरित्र कमजोर छ वा स्वयं अवसरवादी छन्, उनीहरूले राजनैतिक सङ्गठनको निर्माण गरेपछि, संसदमा गएपछि वा स्थानीय निकायहरूमा गएपछि पनि विभिन्न प्रकारले भ्रष्ट वा पतित हुने गरेका थुप्रै उदाहरणहरू प्रशस्त छन् । अन्य कैयौ“ प्रसङ्गहरूमा पनि उनीहरू भ्रष्ट हु“दै जान सक्दछन् ।

कयौं राजनीतिक शक्तिहरूले राजनैतिक सङ्गठनको निर्माण गरेर देशी वा विदेशी प्रतिगामी शक्तिहरूसित सौदावाजी गर्ने वा आफूलाई विक्री गर्ने गरेका छन् । संसदमा गएर कैयौ“ भ्रष्ट कार्यहरूमा लिप्त हुने गरेका छन् वा विभिन्न प्रकारको फाइदाहरूका लागि आफ्ना सिद्धान्त, नीति, उद्देश्यहरूलाई परित्याग गर्ने वा दलबदलु पनि गर्ने गरेका थुप्रै उदाहरणहरू छन् । स्थानीय निकाय वा विकास कार्यमा भ्रष्टाचार गर्ने गरेका उदाहरणहरू पनि कम छैनन् । तर हाम्रो वैधानिक मोर्चाका सांसदहरू लामो समयदेखिको संसदमा सहभागिता वा स्थानीय विकासका कैयौ“ विकास कार्यहरू गर्दा पनि कहिल्यै नबिग्रेको र उनीहरू आफ्नो स्वच्छ चरित्र कायम राख्न सफल भएको गौरवपूर्ण इतिहास छ । त्यस प्रकारको पृष्ठभूमिमा हाम्रा साथीहरू सरकारमा गएपछि आफ्नो भूमिका वा चरित्रलाई स्वच्छ राख्न सफल हुनेछन् भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

सरकारमा वेग्ला वेग्लै राजनैतिक चरित्र वा पृष्ठभूमि भएका राजनैतिक शक्तिहरू सामेल भएको वास्तविकतालाई हामीले राम्ररी बुझेका छौ“ । ती सबैका नीति, कार्यक्रम वा भूमिकासित हाम्रा गम्भीर मतभेदहरू छन् । तर विश्वमा खास अवस्था र आवश्यकता अनुसार कम्युनिस्टहरू त्यस प्रकारका वेग्ला वेग्लै राजनैतिक शक्तिहरूसित मिलेर सरकारमा जाने गरेका कैयौ“ उदाहरणहरू छन् । जापानी आक्रमणका कारणले चीनको राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको बेलामा माओका नेतृत्वमा चीनको सरकारले च्याङ काई सेकको नेतृत्वमा सरकारमा सामेल भएको उदाहरण हाम्रा अगाडि छ, जबकि त्यसले हजारौ“ कम्युनिस्टहरूको हत्या गरेको थियो । स्पेन वा पूर्वी युरोपका देशहरूमा पनि कम्युनिस्टहरू अन्य पु“जीवादी शक्तिहरूसित मिलेर सरकारमा गएका कैयौ“ उदाहरण छन् ।
कम्युनिस्टहरूले राजनैतिक उद्देश्य वा क्रान्ति सफल भएपछि आफ्नो क्रान्तिकारी सत्ता कायम गर्दछन् । तर त्यसरी क्रान्ति सफल नभएको बेलामा पनि परिस्थितिको माग वा आवश्यकता अनुसार कम्युनिस्टहरू कार्यनैतिक रूपमा विभिन्न प्रकारका राजनैतिक शक्तिहरूसित मिलेर सरकारमा जाने गर्ने गरेका छन् । त्यसरी जाने सरकारहरू संयुक्त मोर्चाका रूपहरू हुन्छन् र त्यसरी बन्ने सरकारको स्वरूप क्रान्ति सफल भएपछि बन्ने क्रान्तिकारी सरकारको जस्तो नहुने कुरा पनि प्रष्ट छ । अहिले हाम्रो सरकारमा जाने निर्णयलाई त्यही सीमित अर्थमा नै बुझ्नु वा उपयोग गर्नु पर्दछ । तर त्यो अस्थायी कुरा हो र त्यो कारणले हामीले आफ्ना आधारभूत वा क्रान्तिकारी उद्देश्यहरूलाई छाडेका हु“दैनौ र छाड्नु हुन्न ।

अहिले हाम्रो वैधानिक मोर्चा सरकारमा गएपछि पनि ने.क.पा. (मसाल) सरकारमा सामेल हु“दैन । त्यसले गर्दा हाम्रो पार्टीले सरकारबाट अलग रहेर सरकारमा गएका हाम्रा प्रतिनिधिहरुलाई स्वतन्त्र रूपले नेतृत्व दिने क्षमता राख्दछ । त्यही कारणले संसदमा सहभागिताको लामो कालमा हाम्रा सांसदहरू कहिल्यै भ्रष्ट र पतित हुन पाएनन् । त्यही प्रकारले अहिले हाम्रा साथीहरू सरकारमा गए पनि पार्टीको नेतृत्व वा सही निर्देशनका कारणले उनीहरू भ्रष्ट र पतित हुने छैनन् र देश तथा जनताको हित अनुसार उनीहरू आफ्ना कर्तव्य र भूमिका निर्माण गर्न सफल हुनेछन् भन्ने कुरामा हामीलाई विश्वास छ ।

हाम्रो पार्टीको इतिहासमा हामीले प्रथम पल्ट सरकारमा सामेल हुने निर्णय गरेका छौ“ ।

यद्यपि त्यो निर्णयले औपचारिक रूप लिने कार्य अझै बा“की छ, त्यो कार्यलाई व्यावहारिक रूप दिन अझै केही समय लाग्ने छ । तैपनि सरकारमा त्यस प्रकारको सहभागिताबाट प्राप्त अनुभवले भविष्यमा क्रान्तिकारी भूमिका पूरा गर्न प्रशासकीय अनुभव र दक्षता प्राप्त गर्न तथा जनताका विभिन्न स्तरसित सम्पर्क बनाउन मद्दत पुग्ने छ भन्ने कुरामा पनि हामीलाई विश्वास छ । त्यसरी समग्र रूपमा सरकारमा सहभागिताले अन्तमा क्रान्तिकारी आन्दोलनलाई बल नै पु¥याउने छ । त्यो सहभागिताका कालमा कुनै कमजोरी भएमा तिनीहरूलाई सच्याउन पनि पार्टीले पूरा ध्यान दिने छ र त्यस प्रकारको शिक्षाबाट पनि क्रान्तिकारी आन्दोलनलाई थप मद्दत पुग्ने छ भन्ने कुरामा पनि हाम्रो विश्वास छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More