October 23, 2015

गाइको मासु खाने मुस्लिम परिवारलेनै गाइको जन्मदिन मनाएको खबर प्रायोजित किनियोजित ?


भारतमा एकातर्फ गार्इको मासुलार्इ लिएर साम्प्रदायिक उन्माद फैलिरहेको छ । अर्कातिर उत्तर प्रदेशकै दादरीमा युवक अखलाकलार्इ घरमा गार्इको मासु राखेको अफबाहकै भरमा भींडले केही दिनअघि कुटीकुटी ज्यान लिएको थियो । 
 यस्तो अवस्थामा मुस्लिम परिवारले गार्इलार्इ लिएर बढिरहेको साम्प्रदायिक हिंसा गर्नेहरुलार्इ गतिलो जबाफ दिएको छ । 
केमिकल वेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गरिरहेका इरशादका परिवारमा ४० वर्षदेखि गाई पालिँदै आएको छ । इरशादका पिता हाजी अब्दुल गनी आफ्नो गाईलाई धेरै माया गर्छन् । 
उनले सन् २००८ मा आफ्नो घरमा जन्मेको गाईको नामकरण र उनको जन्मदिन मनाउने परम्परा गरेका थिए । यसै वर्ष २९ जुलाईमा हाजी अब्दुल गनीको निधन भयो । 
'जूली र उसकी आमा भोली हाम्रा परिवारका सदस्य हुन् । हामी उनीहरुलार्इ आफ्ना छोराछोरीलार्इ जस्तै स्याहार गर्छौं', आफ्नो गाईको बारेमा इरशाद भन्छन्, 'जुलीको यो पहिलो जन्म दिन भएकाले हामीले भब्यताका साथ मनाएका हौं । करिब एक सय पाहुना बोलाएर जुलीको जन्मदिन मनायौं ।'
 इरशाद अगाडि भन्छन्, 'हामीले १० किलोको इगलेस बनिला केक अर्डर गर्यौं र त्यसमाथि गार्इको जस्तै आकार भएको क्यान्डल लगायौं । सबै पाहुनाले जुलीलार्इ मनपर्ने खानेकुरा उपहार लिएर आएका थिए । 
आफ्नो गाईको जन्मदिन मनाउने क्रममा यो परिवारले नेपाली ६४ हजार रुपैयाँ खर्च गरेको खबर फ़िजाइएको छ |
More Sources :  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More