October 21, 2015

कि देश बेच्न हात उठाउ, कि वारपारकाे अाँट जुटाउ-भरत दाहाल




माेदीले बीरगञ्ज नाका नखाेल्ने बताएर नाकाबन्दी जारी राख्ने फैसला सुनाएका छन्। समुद्रसम्मकाे पहुँचका लागि बाटाे नदिने पनि भारतले स्पष्ट गरिसकेकाे छ। संविधान संसाेधनका नाममा नेपाललार्इ धरासायि बनाउने याेजनाकाे मतियार नबन्दासम्म नमान्ने दिल्लीकाे बारम्बारकाे चेतावनी सुन्दासुन्दै-

१. बीरगंजकाे भारतीय महावाणिज्य दूताबास बन्दगर्ने कामलार्इ केले राेकेकाे हाे?

२.चीनले अापूर्ति संझाैताका गर्न बारम्बार ताकेता गर्दा साे नगर्नुकाे कारण के हाे?

३.थप ५ वटा नाका खाेल्न चीनसंग भएका सहमतिहरू कार्यान्वयन नगर्ने काे हुन?

४.तेलकाे एकाधिकार भारतलार्इ दिएर देश धरापमा पार्ने कमिशनखाेरहरू काे हुन्?

५.बंगलादेश नाकाबन्दी विरूद्ध बाेल्दा 'अाँ' नगर्ने यहाँका कुतत्व कसका रैती हुन्?

केपी-दाहाल-थापा मण्डलिले राष्ट्रवादकाे डंका पिटेर देश देशबासीहरूकाे पिडालार्इ कुर्सिमा भजाउने प्रयास नगराेस्।
समय धेरै जटिल भैसकेकाे छ। जसले नेपालसंग संबन्ध सुधार गर्न नचाहेकाे प्रष्ट पारिसकेकाे छ, त्यसलार्इ मनाउने बहानामा जारी राखिने अपराधकाे मूल्य महंगाे पर्न सक्छ। दिल्लीसंग वारपार गर्ने चाहना, अाँट र नैतिकता छैन भने देश बेच्न हात उठाउ तर अालटाल गरेर बाँच्ने भ्रम नपाल।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More