October 24, 2015

चीनको तेल भारतको भन्दा सस्तो पर्ने आयल निगमका माफियाले महँगो भनि प्रचार गरेकोखुलासा

उपभोक्ता अधिकारकर्मीहरुका अनुसार ढुवानी खर्च र बिक्रेतालाई दिने नाफा कटाएर पनि चिनियाँ तेल उपभोक्ताले भारतबाट ल्याउने भन्दा सस्तोमा पाउन सक्नेछन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठले भारतको तुलनामा चीनबाट आयात गरिने पेट्रोलियम निकै सस्तो पर्ने  बताए ।


अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार चीनमा पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ (नेपाली) पर्र्छ । ढुवानी र बिक्रेतालाई दिने नाफा परल मूल्यको दोब्बर भएको अवस्थामा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने दाबी उनको छ ।
‘विश्वमा इन्धनको बजार अमेरिका र ओपेक हो । चीनले ओपेकबाट इन्धन ल्यउने गरेको छ । 

ओपेकको मूल्यअनुसार पेट्रोलको मूल्य ४२ रुपैयाँ प्रतिलिटर हुन आउँछ’, ‘महर्जनले भने, ‘परल मूल्यको शतप्रतिशत नै बढाएर उपभोक्तालाई दिँदासमेत ८४ रुपैयाँप्रतिलिटर भन्दा बढी पर्दैैन ।’
हाल भारतबाट आयत गरिने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ । नेपाल आयल निगमको पहलमा नभई राजनीतिक र कुटनीतिक पहलबाट सिधै तेल आयात गर्न लागिएकाले चीनले अन्तर्राष्ट्रिय मूल्यमा समेत घटाएर अनुदानमा तेल दिन सक्ने सम्भावना रहेको उनले औंल्याए ।
महर्जनले विगत १७ वर्षको दौरानमा भारतको इन्डियन आयल कर्पोरशेनले जहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा नेपालसँग बढी रकम लिँदै आएको बताए । त्यसमा पनि भारतका विभिन्न राज्य हुँदै आयात गर्दा ती ठाउँमा तिर्नुपर्ने राजश्वका कारण पेट्रोलियमको मूल्य बढी पर्न गएको तर्क महर्जनको छ ।
महर्जनले भारतबाहेक अन्य मुलुकबाट आयात गर्दा पेट्रोलियम पदार्थको मूल्य दोब्बर पर्ने आयल निगमका अधिकारीहरुको दाबी ससासर झुठो भएको आरोप लगाए ।
निगम अधिकारीहरुले इन्धनमा भारतीय एकाधिकार कायमै राख्ने नियतका साथ जनतामा गलत प्रचार गरेको उनको भनाइ छ ।
‘आयल निगमका मानिसहरुको अकर्मण्यता, अल्छीपना, अदुरदर्शिता र लोभी प्रवृत्तिको शिकार बारम्बार उपभोक्ता हुँदै आएका छन्’, महर्जनले भने, ‘बाहिरबाट तेल ल्याउँदा महंगो पर्ने हल्ला फैलाएर उनीहरु भारतीय एकाधिकार कायमै गर्ने नियतमा देखिन्छन् ।’
कमिसनको चक्करमा लागेर कर्मचारीले गलत सूचना प्रवाह गरेको आरोप महर्जनले लगाए काठमाण्डु टुडे लेख्छ |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More