August 26, 2015

कैलाली घटना नाम थारुको ,दाम भारुको, काम दारुको

थारुहट प्रदेशकोलागि सबैदलहरु सकारात्मक भएको अवस्थामा किन घटाइयो यो  बर्बर घटना ? गम्भीर प्रश्न छ 
सात प्रदेशबाट आठौ प्रदेश थरुहट दिएर सहमति हुने  लगभग निश्चित जस्तो देखिएको अवस्थामा थरुहटको माग नै  तुहियाउने हिसाबले गरिएको आक्रमण सुनियोजित रहेको प्रस्ट छ । घटना घटाइयो, भाडाका टट्टूहरुले काम सके गए,  अब प्रहरी, सेनाको धरपकड , दमन, खप्की खाने त्यहि सोझो थारु हुनेछ ।
कैलालीका थारुलाई अब कतिबर्ष सम्म चैनले  बसिखान दिन्नन अरिंगाललाइ ढुंगा हानेर दुस्मुंन भागेझैँ यहाँ अब सुरक्च्या फौजको निसानामा मकै संगै धेरै घुन हुने निश्चित छ ।
थारुनेताहरु यसप्रति पटककै संबेदनशिल भएको देखिन्न  नत राजनीतिक दलहरु|

दोश्रो संबिधानसभाको जनमतले के भनेको छ ? जसले जंगली माग राखे नि हुने ? माग चै के छ त मधेशी मोर्चाको ? संबिधान बन्न नदिने माग ?

थारुप्रदेशमा त सबै दलहरुको मौन सहमति थियो शन्तिपूर्ण प्रदर्शनबाट लगभग माग पुरा हुने अवस्था थियो , टिकापुरघटना थारु प्रदेशको माग तुहियायेर एक मधेश प्रदेश चाहिनेहरुले नियोजित गराएको देखिन्छ | थारुहरुले प्रदेस पाए मधेशीलाई चुनौती हुने कुरो बुझेर दक्छिनको सुष्म ब्यबस्थॉनटिम अब नेपालको आन्दोलन सम्म ब्यनास्थापन गर्न थालेको प्रमाण हो यो गौर पछिको अर्को प्रायोजन ।  हाम्रा दल, सरकार, प्रशासन  नै पत्रु भएपछि दोष अरुलाइ  लगाउनु बेकार छ |

मधेशी, जनजातिलेपनि आफ्ना माग राख्ने क्रममा  अराजक बन्दै आफ्नो भएको पहिचान सडकमा फ्याकेर कागजमा खोज्ने काम बन्द गरेर बार्तामा आउने र सबैले लिने भन्दा के छोड्ने र मुलुकलाइ निकाश दिने भन्ने सोच नआए अब समस्या समस्या वर्तमान राजनीतिक दलको काबुभन्दा बाहिर गैसकेको भान हुन्छ । 

ठुला कुरा कसैले गर्नु पर्दैन दोषी यहाँ को को छन् भन्ने घाम जस्तै छ :
१. सुरक्च्या फौजका नाइके जनतालाइ लाठि, खुंडा, बन्दुक बोकेर शान्तिपूर्ण प्रदर्शन गर्न दिने र आफ्ना जवानहरुलाई खालि हात एउटा लाठि बोकेर शान्ति कायम गर्न पठाउने हरुलाई कारबाही हुनु पर्दछ ।
२.  मरे ५० लाख दिन्छु भनेर  घोसणा  गर्ने गैर जिम्मेवार मधेशी नेताहरुको उत्तेजना,  यस्तो कदम गैर कानुनी हो भेनेर कारबाहि नगर्ने र निन्दा नगर्ने हामीहरुको हो
३. थारुहरुको आन्दोलनमा समर्थन गर्ने तर प्रदेश नदिने बेकामे शिर्ष नेता म्याद गुज्रिएका ओखतिहरु
४. ठोक्ने , हान्ने , मार्नेलाइ सधैभरि उचाल्ने , शान्ति र सद्भाव कायम गर्न माखो नमर्ने हामी गणेशमानका भेडा  जनता
५ ललिपप देखाएर सोझा जनतालाइ  गरिखान भड्काएर सडकमा तान्ने दलका ठुटे हनुमानहरु
माथि उल्लेखित तमाम गल्ति पश्चात सबैभन्दा जिम्मेवारहरु  शांतिसुरक्च्या , जनताको जिउधनको सुरक्च्या गर्ने ठेकेदार सरकारका अधिकारीहरु, गु-पत्तचरहरु, प्रशासन चलाउनेहरुको  प्रतिक्रियाबादी सैली, निकम्मा पन हो त्यसैले सबै घटनाको जिम्मेवार सरकारले लिनु पर्दछ ।  

राजनीतिक र पण्डितहरुले एकले अर्कालाई दोष लगाएर पन्छिनु   फेरिपनि गैर जिम्मेवारीपन हुनेछ । सबैले जिम्मेवार भएर यो गम्भीर समस्याको समाधानको बाटो शान्तिपूर्णढंगले नगर्ने हो भने अब सडक र जनमत  मण्डले, संघियता बिरोधि  र ज्ञानेन्द्रलाइ पुनर्स्थापनागर्ने  हिन्दु बादीहरु तर्फ जानेछ । चेतना  भया !
अराज भिड र जंगली संस्कारको उपचार सेनाको बुट हो भन्नेकुरा सबैले बुझे लोक्तंत्र , संघियता पहिचानक जायज समस्या तुरुन्त हल हुन्छ नत्र बहुमत देशको हित चाहने जनता अझै चुप बसेका छन् ति जुर्मुराए भने अब संघियता र धर्म निरपेक्च्यताको माग नै जनमत संग्रह गर्ने माग आउछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More