July 17, 2015

के तपाइँ जागिरको खोजीमा हुनुहुन्छ ? त्यसोभए यी १० कुरा बायोडाटामा नछुटाउनुस्

के तापाई जागिरको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाइले आफ्नो बायोडाटामा सम्पूर्ण कुराहरुलाई समाबेश गर्न नाछुटटाउनुहोस । हुन त तपाइँको बायोडाटा विवरणले मात्रा तपाइँलाई राम्रो जागिर मिल्दैन पक्का पनि हुँदैन ।


तर बायोडाटा नभई पनि जागिर पाइदैन । त्यसैले याद राख्नुस् राम्रो बायोडाटा विवरणले कम्तिमा तपाइँलाई अन्तर्वार्ताको लिष्टमा सजिलै पर्ने सम्भावना हुन्छ । तपाइँले इच्छाएको जागिर खान बायोडाटामा समाबेश गर्नुपर्ने पर्ने १० कुराहरु यसप्रकार छन् ।
jobs
१ तपाइँले आफू कति धेरै इमान्दार छु भन्ने कुरा देखाउन बायोडाटामा विवरण कहिल्यै पनि समाबेश नगर्नुस । त्यसो गर्नुको सट्टा तपाइँले गरेका हरेक काम र उपलब्धिलाई हाइलाइट गरी ४ देखि ६ बुँदामा लेख्नुस् ।

२ प्रविधिको तिब्र बिकाशसंगै बर्तमान परिबेशमा बायोडाटा अनलाइन फर्मकोरुपमा पनि भर्ने चलन सुरु भइसकेको छ । त्यसैले चलनचल्तीमा रहेका पदावलीहरुलाई आफ्नो बायोडाटामा समावेस गर्न कहिल्यैपनि नभुल्नुहोस् ।

३ आफूले कति धेरै ठाउँमा जागिर खाएँ भन्ने कुराको बायोडाटामा ब्याख्या गर्नुभन्दा पनि एकै ठाउँमा कति धेरै वर्ष जागिर खाएँ भन्ने कुरामा जोड दिनुहोस ।

४ यदि तपाइको अनुभव निक्कै लामो छ भने त्यसलाई बायोडाटामा सारांस नबनाउनुस् किनकि त्यस्तो कुराको बायोडाटामा मान्यता दिदैन । त्यसैले भूमिका र अनुभवलाई मात्र हाइलाइट गर्नुहोस् ।

५ भनिन्छ तपाइँको बायोडाटाको माथिल्लो भाग पढेर नै अन्तवार्तामा बोलाउने नबोलाउने निर्णय गरिन्छ । त्यसैले तपाइँको क्षमता र अनुभवलाई सबैभन्दा माथि लेख्नुस् । तपाइँको इमेल वा मोबाइल नम्बर पुछारमा मात्र लेख्नुस् ।

६ बायोडाटामा सके सम्म छोँटा वाक्यको प्रयोग गर्नुस ।

७ तपाइको बायोडाटालाई विभिन्न चरणमा बाँढ्नुस् । उदहारणको लागि कामको अनुभव, अवार्ड, वा अन्य ।

८ सके सम्म बायोडाटामा लेखिएको भाषामा फन्ट धेरै ठूलो वा सानो नगराउनुस् । १० वा १२ को फन्ट प्रयोग गर्नुस् ।

९ बायोडाटँमा तस्विर ग्राफिक्स जस्ता लेआउट प्रयोग भुलेर पनि नगर्नुस् ।

१० स्तरीय बायोडाटामा कुनै पनि एक कुरलाई दोहोर्‍याएर समाबेश गरिएको हुँदैन । त्यसैले बायोडाटा बनाउँदा साथीभाइलाई देखाएर पुनर्लेखन गर्न नभुल्नुस ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More