June 16, 2015

ल हेर्नुस संबिधानसभाका कर्मचारीको खर्च बिवरण, अनि समयमा संबिधान कहाँ बन्छ त ?

व्यवस्थापिका संसदका सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता, दैनिक ६ सय खाजा भत्ता र बिदाको दिनको ७ सय ५० रुपैयाँ खाजाभत्ता भुक्तान गर्छ।
सभासदको मासिक तलब ४० हजार १ सय ६० रुपैयाँ छ। संसदका कार्यालय सहयोगी पदका कर्मचारीले भने मासिक ४१ हजार ३ सय ६४ रुपैयाँ बुझ्छन्। उनीहरुको न्यूनतम तलब १२ हजार ९ सय ८० मात्र हो तर त्यसमा ८० प्रतिशत भत्ताबापत १० हजार ३ सय ८४ र खाजा खर्चबापत दैनिक ६ सयका दरले १८ हजार रुपैयाँ थपिन्छ। सार्वजनिक बिदाको थप रकम जोडिँदा त्यसले सभासदको तलबलाई उछिन्छ।
सचिवालयका खरिदार तहका कर्मचारीको न्यूनतम स्केल १७ हजार ७ सय ३० छ। उसले ८० प्रतिशत भत्ताबापत १४ हजार १ सय ८४ र खाजा खर्चबापत १८ हजार गरी ग्रेडबाहेक कम्तीमा ४९ हजार ९ सय १४ रुपैयाँ बुझ्छ। सुब्बा स्तरका कर्मचारीले १८ हजार ८ सय तलब स्केल, १५ हजार ४० प्रोत्साहन भत्ता र १८ हजार खाजा खर्च गरी ५१ हजार ८ सय ४० रुपैयाँ बुझ्छन्। जब कि मुख्य सचिवको तलब स्केल, ग्रेड र बैठकभत्ताबाहेक ४३ हजार ६ सय ७० मात्र छ।
संसदका अधिकृतको तलब झन्डै प्रधानमन्त्रीको जति छ। प्रधानमन्त्रीले मासिक ६१ हजार ८ सय २ रुपैयाँ बुझ्छन् तर संसदका अधिकृत स्तरका कर्मचारीको तलब स्केल २४ हजार ४ सय, ८० प्रतिशत भत्ताबापत १९ हजार ९ सय २० र खाजा खर्च १८ हजार गरी ६१ हजार ९ सय २० रुपैयाँ हुन्छ। 
उपसचिवले तलब स्केल २७ हजार ३ सय ७०, प्रोत्साहन भत्ता २१ हजार ८ सय ९६ र खाजा खर्च १८ हजार गरी मासिक ६७ हजार २ सय ६६ बुझ्छन्। सहसचिवले ३२ हजार १ सय २०, ८० प्रतिशत भत्ताबापत २५ हजार ६ सय ९६ र खाजा खर्च १८ हजार गरी ७५ हजार ८ सय १६ बुझ्छन्।
मासिक ६ सय रुपैयाँ खाजा खर्च बुझ्ने संसदका कर्मचारीले बिदाको दिन यही शीर्षकमा ७ सय ५० रुपैयाँ बुझ्छन्। यसरी खाजा खर्चबापत दैनिक भत्ता बुझ्ने अधिकांश कर्मचारी खाजा भने संसदका विभिन्न समितिका बैठकमै खान्छन्। 
बिदाको दिन १ सय ५० रुपैयाँ थप खाजा भत्ता आउने भएकाले कतिपय त बिदाको दिन पनि हाजिर गर्न आउँछन्,। - Source :nagariknews

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More