May 6, 2015

Salman Being Saitaan- सलमान दोषी ठहर- कम्तिमा १० वर्षको जेल सजाय हुने

मादक पदार्थ पिएर सडक पेटीमा सुतिरेहका मानिसमाथि कार कुदाएर ज्यान लिएको मुद्धामा बलिउडका चर्चित अभिनेता सलमान खान दोषी ठहर भएका छन् ।

१३ वर्षअघिको मुद्धामा मुम्बर्इको शेसन कोर्टले बुधबार बिहान अन्तिम फैसला गर्दै सलमानलार्इ दोषी ठहर गरेको हो । यो घटनाको अन्तिम फैसला आएपछि सलमानलार्इ अब कम्तिमा १० वर्षको जेल सजाय हुने भएको छ ।

१३ वर्षअघि २८ सेप्टेम्बर २००२ मा तीब्र गतिको एसयुबी कारले फुटपाथमा सुतिरहेका मानिसलार्इ किचेको थियो । उक्त घटनामा एकजनाको ज्यान गएको थियो भने चारजना गम्भीर घाइते भएका थिए ।



यो घटनामा मूख्य आरोपीका रुपमा अदालतले सलमानलार्इ दोषी ठहर गरेको हो । यसअघि सलमान विरुद्धको मुद्दामा पटक पटक सुनुवार्इ भएको थियो । सुनुवार्इमा सलमानले त्यो बेला आफूले नभर्इ ड्रार्इभरले कार चलाएको स्पष्टिकरण दिएका थिए ।

न्यायाधीश डीडब्ल्यू देशपाण्डेले सलमानमाथि लागेको कुटपिट र ज्यान मुद्दाको अन्तिम फैसला सुनाएका हुन् ।

सलमानको मुद्दा के थियो ?

सन २००२ सेपटेम्बर, २८ तारिखमा मुम्बईको बान्द्रा इलाकामा सलमान खानको कारले पेटीमा सुतिरहेका पाँच जनालार्इ किचेको थियो। जसमा एकनाको घटनास्थमै मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
उनीमाथि भारतीय दण्डसंहिताको (धारा ३०४ को २, धारा २७९( तीव्रगितमा लापरवाही तरिकाले ड्राइभिङ), धारा ३३७ र ३३८ (ज्यान जोखिममा राखेर अरु माथि चोट पुर्याएको) तथा धारा ४२७(गलत नियतबाट सम्पत्तिको नोक्सान) उलंघन गरेको आरोप लागेको छ। यी सबै धारामा उनी माथि अलग अलग सजायको माग गरिएको छ।
उनीमाथि सवारी साधन उलंघन गरेको नियमको धारा ३४-ए, ३४ बी लगात धारा १८१ र १८५ को नियम समेत उलंघन गरेको आरोप छ। यसमा पनि फर फरक सजायको माग गरिएको छ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More