May 6, 2015

सबै नेपलीलाई खुल्ला पत्र- होस् समालौ, नेपाल बनाऔ-Let's Work Together to Rebuild Nepal.

By : Bimal Karki
आदरणीय सबै नेपाली दिदि-बहिनि , दाजु-भाइहरुमा सादर नमन गर्दछु ,
भुकम्पमा परेर ज्यान गुमाउने  हरुमा समबेदना साथै सम्पूर्ण भुकम्पबाट मर्माहत हुनुभएका परिवारमा  धर्यधारण गर्ने शक्तिमिलोस भन्ने कामना गर्दछु ,  घाइतेहरुको सिघ्र स्वास्थ्य लाभ अनी सबै भूकम्पको मारमा पर्नेहरुले राहत चाडो भन्दा चाडो पाउन , गाउ-बस्ति , बिकट ठाउँलाइ बिशेष  प्राथमिकतामा  राखेर सहयोगको काम होस्  सहयोगको नाममा भ्रस्टाचार नहोस, राजनीतिक खिचातानी बन्द होस् ।

धेरै भूमिका, चिप्ला कुरामा हाम्रो समय  बर्बाद नगरी   सिधै बिषयमा प्रवेश गर्न चाहन्छु।  बिरलै हुने अकल्पनीय विपत्तिको घडीमा आज संसारको ध्यान हाम्रो देशमा छ, बिश्वो हामीलाई  सहयोग गर्न आएको छ,  राहत, प्राबिधिक सहयोग, आर्थिक सहयोग दिन  विभिन्न रुपमा आएका छन्  । 
नचिताएका देशहरुपनि सहयोग गर्न टोलि लिएर आए  यसले  हामी  नेपालीहरुको  छवी  बिश्वोमा सकारात्मक रहेको देखियो,  हुन पनि शान्ति सेना, मजदुर, कारिगर , ब्यापारी   देखि घरेलु कामदार सम्मको सेवा बिश्वोमा निर्यात गर्छौ हामी र उक्रिस्ट सेवाले सुमुधुर सम्बन्ध बिस्तार गर्दछ । 
 नेपालीले गोर्खालिले  राखेको बहादुर चिनारी संगै,  इमान्दार र मेहनतिको पनि चिनारी पाएको छ त्यसकै परिणाम हुनुपर्दछ बिना सर्त २४ घण्टा भित्र बिश्व हामीलाई सहयोग र साथ् दिन तयार भयो ।


यस्तो बिपतिमा सहयोग गर्न आउने  देश र टोलीले सहयोग मात्र गर्दैनन् बिपत्ति कसरि ब्यब्यस्थापन गर्ने , जनताको कस्तो प्रतिक्रया हुन्छ कसरी रेस्क्यु गर्ने जस्ता कुराको फिल्डबाट   सिक्ने एक अवसर पनि हो  यो यस्तो बेला हो जहाँ सहयोग संगै सिक्ने काम पनि हुन्छ त्यसैले पनि धेरै देश सहयोग गर्न  लालाइत भएर आएको देखियो खैर हामीलाई चाहिएको सहयोग हो यो बेला ।
हाम्रो मुलुकमा राजनीतिको गुहय खेलमा फसाएर, गरिवी र  अभाव संग जुधाएर समयले त परिIff लिइरहेकै थियो   अब प्रकृतिले पनि यो अकल्पनीय चोट दिएर फेरी अर्को परिIff लिइदियो,  के गर्ने विधिको बिडम्बना ?   यो परिIffको  घडी हो,  सबै नेपालीहरु धैर्यताकासाथ  एक भएर सामना गर्नुपर्ने बेला आएको छ ।  अब बिश्वोलाइ सबै परिच्या पासभएको आधुनिक नेपालका खरा नेपाली हौ भन्ने  संदेश दिन,  मातृभूमिको पुननिर्माणमा लाग्दै बिश्वोलाइ मार्ग निर्देश गर्ने  घडी आएको छ।  हो जसले भोगेको छ, सिकेको छ र परIff  पास भएको छ उसैले हो दिशा निर्देश गर्ने । 
मलाइ लाग्छ  यो  नया ज्यादै संबेदनसिल घडीमा निम्नकुराहरुमा हामी सबैको ध्यान  गएमा परिस्थिति सजिलै काबुमा  आएर हाम्रो मातृभूमिको नया मुहार फेर्न पक्कै  धेरै समय लाग्ने छैन: 

१.  २-४ जना गैर जिम्मेवार पत्रकारले सानो तिनो त्रुटी गरे वा पब्लिक एटेंसन लिन जनाजान गलत सूचना दिए भन्दैमा   उरेन्ठेउलो पन देखाउदै गो होम #GoHomeIndianMedia भनेर सम्पूर्ण भारतीय मिडिया लाइनै  मानमर्दन गर्ने बेला यो पटक्कै  हैन ।  हिजो भुकम्पमा सबभन्दा पहिला राहात बोकेर आउदा , मोदीले हामी सम्पूर्ण सहायोग गर्न तत्पर छौ भन्दा सबै नेपालीको रोएको मनले मोदीलाई जय  भनेकै हो भूकम्प जानेबितिकै हाम्रो फोन , बिजुली सबै चैट भएकोबेला  भारतीय मिडियाले गर्दानै बिश्वमा नेपाललाइ सहायताको खाचोछ ठुलो बिपत्ति छ भन्ने संदेश गएकै हो  यहाँ सम्म कि मोदीको ट्वीटले हाम्रा प्रधानमन्त्रिले भूकम्प गएको समाचार सुन्न आयो  ।  के अब भारतीय पत्रकारहरु, हाम्रा छिमेकीहरु पनि  पुर्बग्राही भएर लागे भने हाम्रो अन्तरास्ट्रिय छविमा चै भूकम्प नजाला ?  अस्तिमात्र टर्किस एअरको पांग्रा चिप्लिएर जहाज अड्कीदा एउटा जहाज तान्ने प्रबिधि र सामर्थ्य थिएन हमिसगा इंडियाले आएर तान्दिनु पर्यो, के नेपाली  रास्ट्रीयता  भनेको भारतलाई गालि गर्नु मात्र हो? अरुको मानमर्दन गरेर आफ्नो इज्जत जोगिएला ? कि रचनात्मक आलोचनाले  ? ख्याल गर्नुपर्ने भएको छ 

2. बिदेशी सहयोगीहरुलाइ सकेको सहयोग, सहजता  र प्रत्येक पहलको सराहना गर्दै धयाबाद टक्र्याउने  प्रथम कर्तब्य,  सक्दा नागरिक स्तरबाट अभिनन्दन गरेर हाम्रो संस्कार देखाउन सकिन्छ , यदि प्रसंसा नि गर्नसकिन्न भन्ने कम्तिमा गाली र आलोचना गरेर संकटको बेला बिस फैलाउने काम भएको छ कि सोचौ  र अरुले काम गरिरहदा आफु थप्पडी मारेर, हेरेर  बस्ने काम नगरौ जे  सकिन्छ त्यहि  सहयोग गरौ । बिदेशीले सहयोग गर्दा नेपालीले  थप्पडी मारेर बस्न शोभा दिन्छ ?

३.  गालि गर्ने र आदेश दिने काम बन्द गरेर सकेको सहयोग गर्ने नत्र चुप बसेर सेवामा लागेकाहरुको मनोबल नघटाउन मद्दत गर्ने कि ?   
गालि बेइजति गर्नु नेपालिको संस्कार हैन र यो विपदको घडीमा, दुनियाले हेरिरहेको बेला सोभा पटक्कै दिदैन । सामाजिक संजालहहरुमा तल्लो स्तरका गाली बेइजतिका संदेश हालेर हामीले भावी पुस्ता कस्तो बनोस भन्ने चाहन्छौ सोचौ ?  गालि गरेर देश बन्ने भए हाम्रा वर्तमान नेतालाइजति गालि गर्न कसैलाई आउदैन ।

 ४. सरकारको शक्ति पुलिश , आर्मीपनि हुन् ति अहोरात्र खटेका छन् , कर्मचारी लागिपरेका   छन् , श्रोत साधन सिमित छन् सहयोग रकम सबैले दिन्छु भनेपनि हाल सम्म भुटान र रास्ट्र संघ बहेको नआएको बताइएको छ  यिनको कमजोरी छ तर गालि गर्ने बेला यो हैन नि ? कहाँ चुकेको छ त्यो देखाएर मार्ग दर्शन गरौ,  
सरकार , कर्मचारी हामी जनताका नोकर  हुन् अहिलेको जमानामा नोकरलाई फकाएर काम लगाउने हो नगरेको, नदेखेको काम देखाउने , आदेश दिने , बिग्रेको काम राम्रोसंग  गर भन्ने हो |  बस्ने घर नै भत्किएको अवस्थामा त मालिकनै उठेर बनाउन लाग्ने हो नेपाल हाम्रो घर हो घर भत्किएको छ अब बनाउने हामीले हो |  सरकार हाम्रो नोकर हो यसले  गर्ने सहयोग मात्र हो ।  गाली र भासनले  देश बन्ने भए नेपाल उहिल्यै सिंगापुर भैसक्थियो हेक्का राखौ ।

५. राहतमा  अनिमियता देखिए मिडियामा ल्याउनुस , सम्बन्धित निकाय अख्तियार , नभए सामाजिक संजालमा सप्रमाण ल्याउनुस अनि सबै मिलेर गरौ खबरदारी

 ६ हावादारी अनलाइन पत्रिका , पेज र फेसबुकमा फैलिने हौवाको पछि लाग्नु आघि   सत्य-तथ्य हो कि होइन खोजिनीति  गरेर मात्र हल्ला गरौ , त्यसै कागको पछि नलागौ ।  हेक्का राखौ अहिलेको जमानामा सस्तोमा नाम कमाउन , पब्लिक एटेन्सनको लागि हावादारी  समाचार, आरोप जे पायो त्यहि भन्ने चलन बढेको  छ  अझ हामि नेपालीहरुमा यसको बिगबिगी छ काम नगरी हिरो हुनुपर्ने पनको र कुरा नबुझी एउटा २ पाते फोकटको अनलाइन पत्रिकामा मन बहकाउन कुनै मानसिक रोगीले लेखेको अहंकार र घृणाको  बिउको पछि लाग्ने पनले ।

७. सहयोग गर्ने सबैको फोटो मेडियामा आउदैन , मेडियामा  आउने जतिसबैले  सच्चा  भावनाले सहयोग गरेको नहुन सक्छ । कसैले कसले क्यामेराले फोटो नाखिन्जुलेल , प्रेस नआउन्जेल  राहत रोकेर राखेको समाचार आएको छ । कसैले   चाउचाउ दिएर करोडौ सहयोग गरेको धाक लगाए, कसैले फेसबुकमा फोटो राख्न सहयोगको नाटक गरे, साचो हृदयले सहयोग गर्नेहरु प्रेस र मिडियाको छाया भन्दा टाढा बस्न रुचाउछन् र जसको सेवा नै धर्म हो, जसको धर्म नै सेवा हो उसको लागि फेसबुकमा राखेको फोटो साचो नलाग्न सक्छ देखावटी भैदिन सक्छ, सबैले हेक्का राखौ ।     
हाम्रो इतिहास ,  स्वाभिमान र  चीनारिनै मेटिनेगरि देशमा महाबिपत्ति आउदा विश्वमा कहलिएको  बहदुरिपन , नेपालीपन,  धैर्य र साहस प्रदर्शन गर्ने हाम्रो चिनारीको असली परिIffको घडी हो यो । 
 यो घडी मृत्यु र जीवनसंग लडाईको घडी हो , खान नपाएर , च्यापिएर , उद्दार नपाएर तड्पिएको समयमा अन्यकुरा निस्चय नै कम महत्वोपूर्ण हुन जान्छ  ज्यान भन्दा ठुलो त अझ केहि होइन सरकार , सहयोग , पाल , खाना सबैतिर पुगेकोछैन अझ बिकट गाउका कन्दरा हरुमा त झन् पुगेको छैन यो सम्झिदा पनि यो पन्ग्तिकार्का आखा रसाएका छन्  अनि  केहि नगद ,र टाढा बाट सानो तिनो सहयोग बाहेक केहि गर्न नसकेकोमा अझ  व्यवहार र अध्यानको चेपुवामा परेर मातृभूमिको यो हाल हुदा त्यहि गएर पहरा दिन नसकेकोमा दिनहु भक्कानिन्छु अनि आफुसंग भएको सम्पति  शिक्च्या, ग्यान , र पाखुरी मुलुकलाई यो बेला समर्पण गर्न नसकेकोमा   नैतिक रुपमा कम्जोर भएको ठान्छु फेरी जसरि सकिन्छा त्यसरी गर्ने हो सहयोग भन्ने ठान्दै  सम्हालिदै साथि, भाइ , कलेज , कामगर्ने ठाउँ सबैतिर सहयोगको याचना गर्न पुग्छु । कम्पुटर , फोन खोल्छु सकेको सहि सूचना  दिने , सचेत गराउने , अनि अनियमितता र बिकृतिहरु , भ्रमहरु बिरुद्ध आवाज उठाउदै केहि त गर्दै छु भनेर छाती फ़ुलाउछु । मलाई लाग्छ यो समय होस् गुमाउने पटक्कै हैन
 
 बिदेशी यसरि लर्को लागेर सहयोग गर्न, हेर्न , सिक्न आइरहेका छन् हामीलाई तर हामी कति संयमित छौ , कस्तो व्यवहार गरिरहेका छौ भन्ने कुरा हेक्का राख्न जरुरि भएको छ ।
 नेपालीहरुले बिश्वो ब्यापी रुपमा देखाएको अदम्य  सहास र  सहयोको भावाना अब बिश्वोले सिक्नु पर्ने भो भन्ने सायद महस गर्नथालेको छ चाहे त्यो ३ बर्षकी बालिका अमेरिकाबाट सहयोगको याचनाले होस् या बेलायतको कफी हाउसमा कामगर्ने बिध्यार्थीहरुले प्रत्येक स्टाफ र ग्राहक संग मातृभूमिको लागि सहयोग गर्न अपिल गरेको घटना होस् , चाहे जापानको सडकमा बसेर सहयोग उठाइरहेका नेपाली हुन् वा बिश्वो ब्यापी च्यारिटी  संस्थाकै नाममा पनि सहयोग अपिल गरिरहेका नेपाली , कोहि बिदेशमा खाजा , फुल बेचेर होस् या  आफुले जानेको शिप दान दिएर मातृभूमिको आसु पुछ्न अनि भत्किएका संरचनाहरुको पुनर्संरचना गर्न लागिपरेका सबैनेपली को यो एकताले  अब नेपाल बन्न बाट कसैले रोक्न सक्दैन |

सबैले आफ्नो आफ्नो ठाउबाट  सकेको सहयोग गरौ सबैनेपली अब आफ्ना मनका तुषलाइ हटाएर, साम्प्रदाइक, जातिय भेदलाई हटाएर मातृभूमि बनाउन हातेमालो गरौ ,हामीमिले  हाम्रो प्राण भन्दा प्यारो सुन्दर देश अवस्य बन्छ ।
जय मातृभूमी  नेपाल
प्रस्तुत लेख Onlinekhabar.com मा पनि छापिएको छ 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More