May 13, 2015

विश्वयुद्ध लड्ने पहिलो भिसी विजेता गोर्खाको तस्विर लन्डनमा स्ट्याम्प प्रकाशित

लन्डन । रोयल मेलले आफ्नो नयां टिकट (स्ट्याम्प) मा प्रथम विश्वयुद्ध लड्ने पहिलो भिसी विजेता गोर्खाको तस्विर प्रकाशित गरि उनीप्रति सम्मान दिएको छ । सेकेन्ड बटालियन र थर्ड क्वीन अलेक्जान्ड्राज् ओन गोर्खा राइफल्स्मा सेवा गरेका राइफलम्यान कुलवीर थापाको तस्विर टिकटमा अंकित भएको हो ।

सन् १९१५, सेप्टेम्बर २५ मा थापाको यूनिटमाथि जर्मन सैनिकले आक्रमण गर्दा थापा घाइते भएर पनि एक्लैले आफ्ना दुई सहकर्मी गोर्खा योद्धालाई बचाएका थिए । यही साहसका कारण उनलाई बेलायती सेनाको सबैभन्दा उच्च सम्मानित पदक भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो ।
गोर्खा अभियानकी एक हस्ती ब्रिटिश अभिनेत्री जोआना लुम्लेले गोर्खा भेट्रानलाई दिइएको सम्मानप्रति खुशी व्यक्त गरेकी छिन् । लुम्लेले प्रथम विश्वयुद्धमा मातृभूमि देखि धेरै टाढा आएर गोर्खाहरुले देखाएको साहसको पनि स्मरण गरेकी छिन् ।
रोयल मेलले प्रत्येक वर्ष युद्धसंग सम्वन्धित ६ भिन्न विषयवस्तु जस्तै पपीज्, युद्धकला, स्मारक, चित्रआदि अंकित टिकट प्रकाशन गर्दै आएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More