बेलायतको मेडिकल जर्नल ‘दि लान्सेट’ ले २८ मंसीरमा सन् २०१३ मा नेपालीको औसत आयु ७१ वर्ष पुगेको बारे अनुसन्धानात्मक लेख छाप्यो। लेखमा नेपाली पुरुषको औसत उमेर ६९ वर्ष र महिलाको ७२ वर्ष पुगेको उल्लेख छ। जर्नलको यो अध्ययनले दक्षिण एशियामा श्रीलंकालीहरूपछि नेपालीकै उमेर बढी देखाएको छ। जर्नलका अनुसार, श्रीलंकामा औसत आयु ७६ वर्ष, भारत र पाकिस्तानमा ६६ वर्ष, बंगलादेशमा ७० वर्ष, भुटानमा ६९ वर्ष र अफगानिस्तानमा ५६ वर्ष पुगेको छ। जर्नलको अध्ययनमा समेटिएका १८८ देशमध्ये छोटो समयमै औसत आयु सुधार्न सफल उत्कृष्ट दश मुलुकको सूचीमा नेपाल परेको छ। पछिल्लो २० वर्षमा नेपालीको औसत आयु १२ वर्ष बढेको अध्ययनको निष्कर्ष छ। यो अवधिमा विश्वका अन्य मुलुकको औसत आयु ६ वर्ष मात्र बढेको छ।
विज्ञहरूका अनुसार, जन्मदरभन्दा मृत्युदरको अनुपात घटेको अवस्थामा औसत आयु बढ्छ। जनसंख्याशास्त्री प्रा. डा. भीमप्रसाद सुवेदी शिशु, बाल र मातृ मृत्युदर घटेकाले नेपालीको औसत आयु बढेको बताउँछन्। नेपालमा साक्षरता र स्वास्थ्य क्षेत्रमा भएका सुधारले मृत्युदर घटाएको छ। घटेको मृत्युदरले आयुमा वृद्धि भएको छ। जनसंख्याशास्त्री सुवेदी नेपालमा पुरुषभन्दा महिलाको औसत आयु धेरै हुनुको कारण जनस्वास्थ्यमा सुधार र महिला साक्षरता वृद्धिलाई मान्छन्।
आर्थिक समृद्धिले पनि आयुमा प्रत्यक्ष असर पार्छ। आव २०४६/४७ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु.१ खर्ब २० अर्ब रहेकोमा आव २०७०/७१ सम्ममा रु.१९ खर्ब २८ अर्ब पुगेको छ। गत वर्षको आर्थिक सर्वेक्षण अनुसार, नेपालीको प्रतिव्यक्ति कुल आय ७०३ अमेरिकी डलर पुगेको छ। आर्थिक वर्ष २०५९/६० मा यो अंक २६१ डलर मात्र थियो। “औसत आयु बढ्नु भनेको समृद्धिको संकेत हो”, जनसंख्याको बनोट व्यक्ति र सिंगो देशकै अर्थतन्त्रसँग अन्तरसम्बन्धित रहेको बताउँदै अर्थशास्त्री केशव आचार्य भन्छन्, “आयु बढ्न पनि समृद्धि चाहिन्छ।”
Data Source :Himalkhabar

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.