January 15, 2015

जनता द्वारा अबिस्वाश गरिएका अवसरबादी, बिखण्डनकारीहरु चै मधेश को हिरो हु भन्ने ? यिनलाई एक प्रदेश , सत्ता सधै भरि ? हेर्नुस २०७० को निर्वाचन परिणाम


तराई–मधेश केन्द्रित दलहरूले तराईको राजनीतिमा आफू मात्रै आधिकारिक दाबी गर्दै आफूहरूले भनेकै हुनुपर्ने अडान लिइरहेका छन् । 
तर, तथ्यहरूले चाहिँ तराईमा उनीहरूभन्दा कांग्रेस र एमाले बढी आधिकारिक देखाउँछन् ।  

मधेशका जनताद्वारा अस्वीकृत दल र नेताहरू अझै पनि मधेश आफ्नै मुठ्ठीमा छन् भन्ने ठानिरहेका छन् । र, सिंगो तराईलाई एउटै प्रदेश बनाउनुपर्ने र अन्नको भण्डार मानिने पूर्वी नेपालको तीन जिल्ला झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई तराई प्रदेशमा नै गाभ्नुपर्ने विवाद उछाल्न पछिल्लो समय मधेसी नेताहरूले देखाएको अग्रसरतालाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ । 
०६४ को संविधानसभाको निर्वाचनपछि मधेसको राजनीतिमा लगभग वर्चस्व कायम गरेका मधेश केन्द्रित दलहरूलाई छोटो अवधिमा नै मधेसका जनताले पुन: अनुमोदन गर्न चाहेनन् । 
०६३ तिर मधेसमा सल्किएको क्षेत्रीय र जातीय विद्वेषको फाइदा उठाउँदै मधेश केन्द्रित दलहरूले पहिलो संविधानसभाको निर्वाचनमा राम्रै सफलता पाए । तर, त्यसपछि मधेशका मुद्दाहरूलाई सम्बोधन गर्नुभन्दा पनि सत्ताको लुछाचुँडीमै रमाउने र सत्ताका निम्ति पार्टीलाई विभाजन गर्ने तहसम्म ओर्लिएका मधेसी नेताहरू छोटो समयमा नै मधेसका जनताको नजरमा अविश्वासी र सत्तालोलुपका रूपमा दरिन पुगे ।
 फलत: ०७० सम्म आइपुग्दा मधेस–केन्द्रित दलहरू मधेसको राजनीतिबाट किनारामा धकेलिन पुगे ।

मधेशको राजनीतिमा आफूहरूको वर्चस्व रहेको ठान्ने मधेश केन्द्रित दलहरू र प्रमुख राजनीतिक दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, एमाअाेवादीमा को कति जनाधारयुक्त छन् र को पानीमा छ भन्ने कुरा ०७० को संविधानसभाको निर्वाचन परिणामले प्रस्ट पार्दछ । 
भित्री मधेसका दुई जिल्ला चितवन र दाङलाई समेत तराई मान्ने हो भने तराईमा २० वटा जिल्ला पर्दछन् । जनघनत्व, उत्पादन र आर्थिक चहलपहलका दृष्टिले तराईका २० जिल्ला– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पहाड र हिमाली क्षेत्रका ५५ जिल्लाभन्दा निकै समृद्ध मानिन्छन् । यिनै २० जिल्लामा १ सय १६ वटा निर्वाचन क्षेत्र छन् । जसमा अधिकांश क्षेत्रमा कांग्रेस, एमाले र एमाओवादीकै उम्मेदवार निर्वाचित भएका छन् र मतका आधारमा पनि यी तीन वटा पार्टी अग्रस्थानमा छन् । ०७० को संविधानसभाको निर्वाचनमा तराईका २० जिल्लाबाट निर्वाचित सभासदमा नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसले ५२ सिट जितेको थियो भने एमालेले ३६ सिट र एमाओवादीले १२ सिट ल्याएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सिट पाएको थियो । sources : himalkhabar, budhabaar saptahik.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More