November 8, 2014

अव वाउको सम्पत्तीमा आखा गाडेर वस्नेका दिन गए

पुर्ख्यौली सम्पत्तिमा छोरा नाती स्वतः अंशियार हुने कानूनी व्यवस्थाको अन्त्य गर्दै सरकारले मुलुकी ऐन प्रतिस्थापनको निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले पारित गरि व्यवस्थापिका संसद्मा छलफल भइरहेको मस्यौदा अनुसार स्वामित्व वालाले इच्छाएको व्यक्तिले सम्पत्ति पाउँछ। ती सबै छोराछोरी, कुनै छोरा वा छोरी वा उनीहरुलाई रिझाएको जो कोहि हुनसक्छ।  
सम्पत्तिको स्वामीत्व भएको व्यक्तिले इच्छाएको परिवारको सदस्य वा अरु कसैले मात्र जायजेथा पाउने व्यवस्था पश्चिमा मुलुकमा धेरै अघिदेखि प्रचलनमा छ।
पैतृक संपत्तिमा स्वतः हक लाग्ने विद्यमान कानुनले उव्जाएको विकृति कम गरेर आत्मनिर्भर समाज निर्माण गर्न यस्तो सुधार गर्न लागेको बताइएको छ।
‘नयाँ कानुन पारित भएपछि इच्छापत्र सम्बन्धि व्यवस्था लागू हुन्छ।’
बेरोजगार पति वा पत्नी, अपाङ्गता वा एक्काइस वर्ष नपुगेका छोराछोरीलाई पच्चीस प्रतिशत सम्पत्ति  छुट्याएर मात्र इच्छापत्र दिन पाइने मस्यौदामा छ।
पैतृक सम्पत्तिको हकलाई अन्त्य गरेर इच्छापत्रमा जानुपर्ने पक्षमा पच्चिस वर्षदेखि लेख रचना र पैरवी गरिरहेका सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीले यसलाई स्वागतयोग्य भनेका छन्।
‘बुवाअमाले कुनै छोराछोरी कमजोर भएपनि अहिले बराबर अंश दिनुपर्छ। अंशकै निहुँमा झैझगडा र मुद्दामामिला भइरहन्छ,’ उनले भने, ‘नयाँ व्यवस्थाले बाबुआमाले नरमगरम पनि मिलाउनसक्ने भए । अरुलाई दिन चाहेपनि बाटो खुल्यो।’
बाबुआमासँग सिंगोरी खेलेर उनीहरुसँगै अंश बुझेर सजिलो वृत्ति गर्ने प्रवृत्ति यो कानूनले अन्त्य गर्नेछ। देवानी कानूनका ज्ञाता वस्तीका अनुसार यो कानूनले समाजमा परनिर्भरता अन्त्य गर्दै क्रमश मेहनत गर्ने बानीको विकास गराउनेछ।
सर्वोच्च अदालतको पूर्ण इजलासले पाँच वर्षअघि पुर्ख्यौली सम्पत्तिको अधिकार कम गरि इच्छापत्रको व्यवस्था अपनाउन सरकारलाई आदेश दिएको थियो। सरकारले प्रस्ताव गरेको मस्यौदा पारित भएपछि सम्पत्तिमा छोराछोरीको विद्यमान विभेद पनि अन्तय हुनेछ। बाबुआमाले कसैका नाममा इच्चापत्र नलेखेको अवस्थामा पुख्र्यौली सम्पत्ति छोराछोरीको नाममा रजिष्ट्रेसन हुन्छ। विवाहित वा अविवाहित जे भएपनि छोरीको हक छोरा सरह नै हुन्छ।    

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More