November 5, 2014

नेपाली जनता सहमति नि नगर्ने संबिधान नि नबनाउने सबै असफल नेताहरुलाई माघ ८ गते बिदाइ गर्न तयार हुदै

ओली, सुशील जस्ता विचार र भिजन सुन्य नेताको नेत्रित्वोमा चलेको सत्ता गठबन्धन सत्ताको बासुरीमा मग्न हुदै  सरकार चलाउनेहरुलाई सहमतिको लागि प्रतिपक्च्यको मत र बिश्वास नलिई   मिलेर नया संविधानको  धारणा ल्याउन हतार भो ,   
प्रचण्ड गतिनै छाडेर  नेवारदेखि लिम्बु समुदायलाइ फेरी मुर्ख बनाएर आन्दोलन गर भन्दै उक्साएर कमुनिस्टको खोल ओढेर  बर्गीय हैन जातिय कुरा गर्ने बहुरुपी नेता  रास्ट्रपति हुने दाउमा छन् , यिनको निष्कर्ष  जातियता भजाएरमात्र  रास्ट्रपतिहुन सकिने भा जस्तो छ?  
मधेशीदल  भनौदा   मधेशका साहु महाजन मधेसी जनतालाइ सधै दास  बनाउन मुख्य जिम्मेवार  सामन्तीका समूह फेरी सत्ताकोलागि  बार्गेनिंगमा ,

यिनले आन्दोलनको अधिबेहोरी ल्याउने रे यिनको अनादोलनमा   कुन नेपाली  बलिकोबोको , सत्ताको भर्यांग हुन जाने ?
बिचरा पद्मम रत्न जस्ता सोझा नेता, मुक्तिआन्दोलनका नायकलाइ जातिय अतिबादको पगरी थमाइदिने भए  आन्दोलन गर भनेर उक्साएर

बाबुराम न यो ठिक न त्यो ठिक भन्दै संबिधानसभाको भिस्म पिता बने आफ्नै पार्टीका नेतालाइ मनाउन सक्या हैनन् सारासंसार मिलाउने कुरा गरेर के हुने ?
सत्ताको बार्गेनिंग गर्ने यहि त हो मौका भन्ने होला सबैलाई,  नागरिक अगुवा, बुद्दि जीविहरु आफ्नै आफ्नै बासुरी बजाउन आफुआफै ठुलो हुन मस्त
 राम्रा मान्छे सबै विभाजित र   अनि खुमबहादुर जस्ता भ्रस्टहरु संगठित नभएर  को हुन् त ?  

प्रदेशको नामांकन प्रदेशसभाले गर्ने अधिकार हुनु पर्दछ कसैले अहिले आग्रहमा नाम थोपर्न पाइन्छ ? प्रदेश बिभाजन पनि बिज्ञहरुको टोलीलाई जिम्मा दिए हुन्छ, त्यो पनि नभए सबै दल असफल नै भएका हुन् भने जनमत संग्रहमा गए हुन्छ   चुरीफुरी गर्न पर्दैन।

मुलुक संबिधान  भाडमा जाओस यिनको रुवाई  अब सुशील पछि प्रधानमन्त्रीको , नया रास्ट्रपतिको भन्ने हो  
यिनले बिगतको गल्ति फेरी दोहोर्याउनथाले फेरी सत्ताको  भागबन्डामा मुलुक उल्टोउल्टो गतीमा हिडाउने कसरत  हुदैछ । 
बिगतको दशकमा नेपालीले बुझेको कुरा संबिधानलेमात्र   भात खान दिदैन , संबिधान सभाको नाटकले मात्र मुलुक छु मन्तरले कायापलट हुदैन मेहनत परिश्रम गर्नपर्छ,  कुकुर भुके जस्स्तो भासन र सोझासिधाको  ठगिले अब मुलुक चल्दैन ।
गरिबी, शान्ति  र हाम्रा  समस्याको व्यापार धेरै भो अब धेरै भो अन्तिम अवस्थामा पुग्यो नेत्रित्वोको अकर्मन्यताको , धर्यताको बाध टुट्न माघ ८ गते सम्ममात्र  बाकी छ ।

नेपालि जनताले  अब  फेरी नि आन्दोलन गर्न परे यिनको झण्डा बोकेर हैन यी सबलाई बढारेर नया दल , नया नेता जन्माउने आन्दोलन हुनेछ ।

सबै जनता  माघ ८ गते आफ्ना चोक सडकमा भेला भएर  बर्तमान नेत्रित्वोको  अन्तिम बिदाइ गर्न लामबद्द हुने पर्ने अवस्था आयो  चाहे संबिधान आओस चाहे नाअओस अब मुलुकको काचुली फेर्न संबिधान र संबिधान सभाको नाटक चै त्यहि दिन सदाको लागि बन्द होस् ।

यी असफल र निरन्तर सहमतिलाल हरुको अनुहार हेर्न र  समाचारमा पढ्न नपरोस सबै नेपालिको कामना 

1 प्रतिक्रिया हरु:

खबर्दारी गर्नु राम्रो हो। समस्या औन्ल्यैदिनु पनि राम्रै हो। समस्या छ सबैले बुझेको कुरा हो। तर नबुझेको कुरा के हो भने समाधानको उपाय के? हाल सम्मा समाधान नानीस्कनु मा दोशी को? सबैलाई एउटै तुला मा जोख्न खोज्नु समस्या माथि अर्को समस्या थप्नु मात्र हो आखिर नेत्रित्व असफल भयो भन्दैमा बिदेसिको शरण पर्न त भएन। त्यसकारण समस्या सिर्जना गर्ने काम भन्दा समाधान को बाटो देखैदिनु बुद्धमानी हुने देखिन्छ मेरो त सुझव मात्र हो, बिकल्प मा कुनै नेता वा पार्टी पनि छैनन। एक मात्र उपाए जन्मत्सङ्रह गर्नु हो। जनताको अभिमत भन्दा अर्को ठुल् समाधान निस्कन सक्दैन जन्जाती र मधेस्बादी हरुको समस्या समाधान गर्न 'benefit of the doubt' दिन सकिन्छ। श्री पशुपतिनाथ र स्वयम्भुनाथ ले हामी सबैको कल्यान गरुन ।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More