November 15, 2014

बेलायेती नागरिकता त्यागेर नेपाली नागरिकता लिने खैरे - गोर्खाको देशमै मर्ने चाहना

धनि देश अमेरिका अमेरिका बेलायतको नागरिकताको  लागि नेपाली नागरिकता त्याग्ने नेपालीको लागि अचम्म को खबर ।

तीन दशकदेखि नेपाल बस्दै आएका ब्रिटिस सेनाका पूर्वकर्नेल जेपी जन फिलिप क्रसलले शुक्रबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । पोखराको नयाँबस्तीमा बस्दै आएका ९१ वर्षीय जेपीलाई जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रालयले नेपाली अंगीकृत नागरिकता प्रदान गरेको हो। यसका लागि उनले लामो समय संघर्ष गर्नुपर्यो।
 
बल्ल मलाई जीवनको गर्व लागेको छु, नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि जेपीले भने, मलाई नागरिकता दिलाउन प्रयास गर्ने सबैलाई हृदयदेखि आभार व्यक्त गर्छु।
 
लामो समय ब्रिटिसगोर्खासँग काम गरेका जेपी नेपालीकै कारण ठूला युद्धबाट आफू बचेको भन्दै नेपालमै मर्ने इच्छा राखेर पोखरामा बस्दै आएका हुन्। जेपीले लमजुङका बुद्धिमान गुरुङलाई धर्मछोरा बनाएर सँगै राखेका छन्। मेरो सपना बल्ल पूरा भयोु, धर्मबाबुले नागरिकता पाएपछि बुद्धिले भने, अब हाम्रो सम्बन्धलाई राष्ट्रले मान्यता दियो। जेपी पोखरामा विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय छन्।
 
बेलायती नागरिकता त्यागेर नेपाली पाउन उनले पटकपटक निवेदन दिएका थिए। नेपाली नागरिकता पाउन जेपीले गरेको संघर्ष सञ्चारमाध्यामबाट थाहा पाएपछि राष्ट्रपति रामवरण यादवले त्यसका लागि पहल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। राष्ट्रपतिको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रक्रिया थालेको थियो।
 
नागरिकता ऐनमा १५ वर्ष नेपाल बसेका, नेपाली भाषा बोल्न र लेख्न जान्ने विदेशीले निवेदन दिए अंगीकृत नागरिकता दिन सकिने व्यवस्था छ। जेपी २०४१ सालदेखि नेपालमा बसेका हुन्। उनले नेपाली भाषामा स्नातकोत्तर गरेका छन्।
 
विगतमा प्रशासनले नागरिकता पाउन उनले दिएको निवेदनमा विभिन्न समस्या देखाउँदै पेन्डिङमा राखेको थियो। सुरुमा उनले २०४२ सालमा गृहमा निवेदन दिएका थिए। २०४१ सालमा गैरपर्यटकीय भिसा पाएका जेपीले बेलायती नागरिकता भने २०५९ मा त्यागेका थिए।
देशप्रतिको मोह नेपालीलाईनै हराउदै गएको अवस्थामा यिनको नेपाल मोह लोभ लाग्दो छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More