सुर्तीजन्य पदार्थका प्याकेट अब लगभग पूरै भाग चेतावनीयुक्त सन्देश तथा रंगीन घातक चित्रहरूले छोपिने भएका छन् । सरकारले सुर्तीजन्य पदार्थको प्याकेटको ७५ प्रतिशत भागमात्रै छोपिनुपर्ने यसअघिको नियम संशोधन गरी ९० प्रतिशत पुर्याउने निर्णय गरेको छ ।
सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका–०७१ मा प्याकेटको ९० प्रतिशत भाग छोप्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था आगामी १ जेठ ०७२ पछि बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थमा अनिवार्य रूपमा कार्यान्वयन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो निर्णयसँगै सुर्तीजन्य पदार्थको प्याकेटको सबैभन्दा बढी भाग चेतावनीयुक्त सन्देश तथा यसले स्वास्थ्यमा पार्ने असर उल्लिखित घातक चित्रले छोपिनुपर्ने व्यवस्था गर्ने नेपाल विश्वमै पहिलो राष्ट्र बनेको छ । नेपालपछि भारतले ८५ प्रतिशत, अस्ट्रेलियाले ८२ प्रतिशत, ऊरुग्वे र थाइल्यान्डले प्याकेटको ८० प्रतिशत भागमा चेतावनीयुक्त सन्देश तथा घातक चित्र राख्नुपर्ने व्यवस्था गरेका छन् ।
निर्देशिकामा उत्पादकले चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङको कम्तीमा ९० प्रतिशत भागमा छाप्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि फोक्सोको क्यान्सर, मुख तथा घाँटीको क्यान्सर र मृत बच्चा भएको तीनवटा चित्रहरूलाई निरन्तरता दिने तथा मुखको क्यान्सर र मस्तिष्काघात भएको दुईवटा चित्र थप गरिएको छ
सुर्तीजन्य पदार्थ भनेको मन्दविष हो जसको सेवनले अकाल मृत्यु निश्चित छ । मृत्यु मात्रै होइन, त्यसैको असरले हुने डरलाग्दा रोगको उपचारले घरबार तथा परिवार नै तहसनहस बनाउने गरेको छ
सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट विश्वमा बर्सेनि ६० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । नेपालमा चाहिँ बर्सेनि २६ हजारभन्दा बढीको मृत्यु हुने गरेको अनुमान छ ।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.