अफ्रिका-अफ्रिकी मुलुक दक्षिण सुडानमा जारी संघर्ष रोक्नको लागि त्यहाँका महिला अधिकारवादीले अनौठो तरिका अपनाएका छन्। महिला कार्यकर्ताले मुलुकमा शान्ति स्थापना नभएसम्म आफ्नो पतीसँग यौन सम्पर्क नगर्न आग्रह गरेका छन्।
देशभरका महिलालाई अपिल गर्दै महिला कार्यकर्ताले देशमा शान्ति स्थापना नभएसम्म आफ्ना पतिसँग यौन सम्पर्क नगर्न आग्रह गरेको बीबीसीले जनाएको छ। उनीहरुले देशका सबै महिलालाई 'सेक्स हड्ताल'मा सहभागी हुन आग्रहसमेत गरेका छन्।
'सुडान टि्रब्युन' को रिपोर्ट अनुसार दक्षिण सुडानको राजधानी जुबामा बसेको महिला कार्यकर्ताको बैठकमा देशमा शान्ति स्थापना गर्न यस्तो तरिका अपनाउने निर्णय गरिएको हो। उक्त बैठकमा देशका कतिपय सांसद सहित ९० भन्दा बढी महिलाको सहभागीता रहेको थियो।
दक्षिण सुडानको सरकारले डिसेम्बर २०१३ देखि विद्रोहीको समाना गरिरहेको छ। गृहयुद्धका कारण हजारौं मानिस छिमेकी देशमा शरण दिन बाध्य भएका छन्।
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.