October 12, 2014

गढ़िमाइको अमानविय पशुहत्या बन्द गर्न अब बिदेशीले आवाज उठाई दिनु पर्ने भो? कठै हामी नेपाली

शनिबार लन्डनस्थित नेपाली दूतावासबाहिर बेलायतमा गोर्खा सैनिकलाई समान अधिकार दिलाउन संघर्षरत अभिनेत्री जोआना लुम्ली गायत उनका समर्थकहरुले गढिमाइ मेलामा दिइने बलि बन्द गर्नुपर्ने माग गरेर प्रदर्शन गरे | हरेक पाँच वर्षमा बाराको गढिमाइमा हुने गरेको मेलाका क्रममा हुने बलि रोक्न थालिएको अभियानको जोआनाले नेतृत्व गरेकी छिन्।


'यो अमानवीय कार्य मूल हिन्दु विश्वासको भाग होइन,' बेलायतको डेली मेलसित उनले भनेकी छिन्, 'यो रक्तपिपासुपना हो।'

आफूलाई नेपाल भूमि र त्यहाँका बासिन्दा मन पर्ने बताउँदै उनले यो परम्परा नेपालको विसंगति भएको बताइन्।

बेलायतस्थित नेपाली हिन्दु मञ्चका अध्यक्ष सूर्य उपाध्यायले पनि कुनै पनि धर्मको नाममा निर्दोष जनावरलाई बर्बरतापूर्ण बलि दिन नहुने बताएका छन्।

यो विरोधको आयोजना कम्पायसन इन वर्ल्ड फार्मिङ नामको पशु अधिकारवादी बेलायती गैरसरकारी संस्थाले गरिरहेको छ। लुम्ली सोही संस्थाकी दूत हुन्।


४० वर्षअघि एक बेलायती किसानले सुरु गरेको यो संस्थाले पशु अधिकारका लागि राजनीतिक लबिङ र क्याम्पेनिङ गर्ने गर्छ। यो संस्थालाई विरोधका लागि पूर्व राजा ज्ञानेन्द्र शाहकी भतिजी बुहारी (नीर शमशेर राणाकी नातिनी) प्रमदा शाह अध्यक्ष रहेको एनिमल वेलफेयर नेटवर्क नेपालले क्याम्पेनिङ गरेको हो।

विश्वको सबैभन्दा ठूलो पशुबलि मेलाको संज्ञा दिँदै शाहको पशु अधिकारवादी संस्था र बेलायती संस्थाले यसविरुद्ध अहिले इन्टरनेटमा हस्ताक्षर अभियान चलाइरहेको छ।

त्यसैबाट संकलित करिब ८० हजार हस्ताक्षरसहित लुम्लीले विरोध पत्र नेपाली दूतावासलाई शनिबार बुझाएकी हुन्।

छ वर्षअघि स्थापना गरिएको एनिमल वेलफेयर नेटवर्क नेपाल नामको यो पशु अधिकारवादी संस्थाले पाँच वर्षअघिको गढिमाई मेलाको बलि प्रथाविरुद्ध पनि भारत, फ्रान्स र बेलायतका संस्थाहरुसँग मिलेर अभियान चलाएको थियो।

यस पटकको गढिमाइ मेलामा मंसिर १२ गते बलि दिने कार्यक्रम छ। नेपाल तथा भारतबाट आएका भक्तजनले सो दिन हजारौँ पशुपंक्षीको बलि दिने गर्छन्। । बलिको लागि त्यहाँ ४ बिघा जमिनमा एकै पटक २० हजार राँगा काट्न सक्ने व्यवस्था मिलाइएको हुन्छ। Courtesy: Pahilopost.com

यसै हप्ताको अन्तरास्ट्रिय मेडियामा  चर्चित खबर हो यो  हेर्नुहोस कुन भगवानले कुन देवताले यसरि बलि मागेका होलान ? भगवानले त प्राण दिन्छन , के सक्छ मानवले एउटा जीवित आत्मालाइ बनाएर देखाउन? किन हुन्छ यस्तो हत्या ?  जग हसाउने बलि प्रथाको निरन्तरता कहिले सम्म दिई रहने हो ? 
हत्या हिम्सा गरेर भगवान देखि धर्मको  बदनामी गर्ने,आफै भित्रको मानवताको उपहास गर्ने क्रियाकलापको एकपटक सबैले सोच्ने बेला आएको होइन र ? 


Watch Video of Gadhi Maai Mela

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More