October 6, 2014

एन्ड्रोइड फोन चलाउनुहुन्छ ? सावधान-नयाँ ट्रोजन भाइरसले गोप्य पासओर्ड चोर्दै छ

तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सावधान ! अहिले यस्तो संक्रमित भाइरस फैलिरहेको छ, जसले
एन्ड्रोइड सिस्टमबाट चल्ने फोनहरुको सिस्टममा विनाश गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाको एक समाचारअनुसार एन्ड्रोइड फोनको सिस्टमलाई क्र्यास गरेर फोन प्रयोगकर्ताका महत्वपूर्ण सूचना चोर्ने खतरानाक ट्रोजन भाइरस अहिले सर्वत्र फैलिरहेको छ । यो भाइरसलाई ‘एन्ड्रोइड एसएमएस सेन्ड’ (AndroidSmssend) नाम दिइएको छ ।
यो भाइरस एक पटकमात्रै फोनमा प्रवेश गर्‍यो भने क्लिन मास्टर वा एन्टिभाइरसले पनि निस्तेज पार्न सक्दैन । यो तपाई इन्टरनेट चलाउँदा विभिन्न स्रोत नखुलेका एप्सहरु मोबाइल स्किृनमा देखा पर्छ भने अरु बेला अपरिचित नम्बरबाट तपाईलाई एसएमएस गर्न सक्छ ।CE001
भाइरसले तपाई भएको ठाउँ ट्रयाक गरी फोनमा रहेका इमेल र मोबाइल नम्बरहरु र फोटोहरुमा कब्जा जमाउँछ र तपाईका महत्वपूर्ण पासवर्ड चोर्छ । अब तपाईको आइडीबाट कन्ट्याक्टमा रहेका नम्बरहरु र सोसियल मिडियामा अरुलाई विभिन्न किसिमका भाइरस भएका म्यासेज पठाउन थाल्छ भने व्यक्तिगत स्वामित्वमा रहने बैंकिंग सूचनाहरु चेर्ने काम गर्छ ।
यसले एन्ड्रोइड सिस्टमलाई स्लो गराउने मात्रै नभई फोनमा नानाथर स्पाइवेयरहरु इन्स्टल गरिदिन्छ । जसले फायरवेल र एन्टिभाइरसहरुलाई काम गर्न अक्षम बनाउछ ।
सुरक्षा विज्ञहरु एन्ड्रोइड फोन चलाउँदा स्किृनमा देखिएका र स्रोत नखुलेका एप्लिकेशनलहरुलाई डाउनलोड नगर्ने, प्रतिष्ठित एप स्टोरहरुबाट मात्र एप्लिकेशन डाउनलोड गर्ने, समयसमयमा मोबाइलका प्रत्यक एप्सहरुको स्क्यान गर्ने, असुरक्षित, र बिना नामका वाइफाई नेटवर्कहरुलाई लिस्टबाट हटाउने लगायतका कार्य गरे यस्ता जोखिमबाट बच्न सकिने बताउँछन् ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More