October 17, 2014

अन्नपुर्ण क्षेत्रको प्रकोपमा मिडियाको लापरबाही अनि पर्यटन ब्यवसाईले सिक्नु पर्ने पाठ

मुलुकको एकमात्र धरोहर भनिएको पर्यटन जस्तो संबेदनसिल ब्यबसायमा कस्तो गैरजिम्मेवार समाचार प्रेसित हुदैछ ? 
हिजोको अन्नपुर्ण क्षेत्रमा भएको हिमपातको क्षती सम्बन्धि समाचार   समाचार  हेडलाइन हेर्दा लाग्यो केहि लेखौ लाग्यो   मेडियाको समाचारको ताल हेरेर लाग्छ जसलाई जे मनलाग्यो  त्यहि लेखिन्छ , छाप्ने गरिन्छ नेपालमा  र तेस्को मोनिटर  गर्ने नियन्त्रण गर्ने निकाय छैन नेपालमा। 
तलको तस्बिर हेरौ एकपटक 
कुनै पत्रिका ले २१, कुनै ले १२ कुनैले १८,  २४ को मृत्यु भएको खबर लेखेका छन् ,नेपालमा हुने चुनावको समाचार प्रेसित गरेको हो र यो जे  पायो संख्या भन्दिन ?    यस्ता संबेदनसिल समाचारलाइ  सरकारी अधिकारिक पुस्टिको आधारमा समाचारलाइ सन्तुलन गरेर देश विदेश र पर्यटन व्यवसायमा असरपर्ने र जनधनमा  हुने त्रास लाइ ध्यान दियिनु पर्छ कि पर्दैन ?  

एकजना पर्यटक मुकुक भित्र्याउन कति मेहनत् , स्रोत र  साधन खर्च हुन्छ भन्नेकुराको सायद कोहि अनविज्ञ नहोला ।  
यस्ता समाचार नकारात्मक समाचार सुनेर बढी आक्रामक हुने र राज्यको चरित्र , राजनीतिक बेथितिबाट आजित नेपाली पाठक बढ्लान तर  यसले  अन्तरास्ट्रिय जगतमा र पर्यटन ब्यबसायमा कतिठुलो नोक्सानी परिरहेको छ  छ भन्ने कुरामा कसैको ध्यान नगएको देखिन्छ ।

यो साल नेपालको पर्यटनमा  प्राकृतिक प्रकोप को कारण  दुर्भाग्यपूर्ण भएको छ,    दिर्घकालिन   असरगर्ने  ठुला २ ओटा धक्का  लागे सगरमाथामा गएको ठुलो हिम पहिरोमा शेर्पाहरुले ज्यान गुमाउनु परेको अनि यसै सात अन्नपुर्ण क्षेत्रमा भएको ठुलो हिमपातले  अहिले सम्मकै  अत्यधिक  पर्यटक र सहयोगी ।हरुको ज्यान गएको  घटना । घटना हेर्दा सुन्दा जति सामान्य झैँ लाघन यसले  अन्तरास्ट्रिय पर्यटक र समुदाय माझ सारै ठुलो नकारात्मक असर पारेको  छ ।

बेलायत सरकारको अधिकारिक वेबसाइटमा Click here to see नेपाल भ्रमण सम्बन्धि सावधानीमा जारिगरिएकोमा   भूकम्पीय जोखिम, नेपालको  बायु सेवा सुरच्या र यात्रु स्वास्थ्य को दृष्टिले कलोसुचीमा रहेको र यूरोपियन युनियनमा प्रतिबन्धित  रहेको ,प्राकृतिक प्रकोपको खतरा , लेखिएको छ । 


त्यस्तैं अमेरिकाले Click here to see  यहाँ हुने अपराध  र प्राकृतिक प्रकोपबाट बच्न भनेको छ ।



ऑस्ट्रेलिया सरकारको अधिकारिक साइटले click here to see पनि गैर कानुनी चक्का जाम र  राजनतिक लफडाले सुरछित  नरहेको उल्लेख गरेको छ | For Canada Government Alart to  Trael Nepal



अन्तरास्ट्रिय स्तरमामा नेपालको राष्ट्रिय ध्वोजा बाहक  बायुसेवा निगम स्वास्थ्य र सुरक्च्याका दृष्टिले कालोसूचीमा पर्नु अनि सरकारको ले यसलाई तत्काल आवस्यक कदम नचल्नु, यत्रो हंगामा हुदा सूचना प्रबाह गर्ने  र अधिकारिक समाचार मात्र प्रेसित गंरे निकायलाई ससक्त  नपार्नु ,  ससक्त रेस्क्यु टोलि खटाएको र तेस्को परिणाम मेडियामा , अटरस्त्रिया मेडियामा  भरहेको द्रुत प्रगति सम्प्रसन गर्न ढिला हुनु , र पर्यटन ब्यबसाइ संघको पर्यटन छेत्रमा दिगो र भरपर्दो सेवा को लागि जायज कदम  भन्दा नाजायज फाइदा हुने तिर मात्र   ध्यान जानु  जस्ता कार्यले नेपालको पर्यटन ब्यबसायको बिकाशमा शुभ संकेत हैन ।


ब्यबसिकता भएको  पर्यटन उद्योगमा अन्य ब्यबसायमा भन्दा  सानो त्रुटी  र गल्तीमा पनि   ठुलो मूल्य चुकाएर त्यसको क्षतिपुर्ती  गर्न पब्लिक रिलेसन PR वा ग्रहक संग र ब्यबसायको सम्बन्ध सुधार्न धेरै किसिमका योजना बनाएर लामोसमयसम्म प्रयास गर्नु पर्ने हुन्छ |

भलै हो प्राकृतिक प्रकोप  रोक्न सक्ने  क्षमता  मानिसले राख्दैन तर बच्न सक्ने आधार , सुरक्चित हुने तरिका अपनाएर  त्यसको नाराकात्मक असर त कम गर्न सकिन्छ नि ?  बाताबरण बिभागको मौसम सम्बन्धि जानकारी र सचेतनालाइ ध्याने कि न दिने ?  छिमेकि देशमा भएका प्रतिकुल बाताबरनिय प्रभाव लाइ ध्यान दिने कि न दिने ? जस्तै भारतमा एक साता आघि मात्र त्यत्रो अधि आएको र नेपालमा पनि  असर हुने पूर्व अनुमान भएका हुन् ।
   
अहिलेको  सामाजिक संजालको विकास , मार्केटिंगको प्रभाव, व्यक्तिव्यक्ति बिचको  सजिलै सूचना प्रबाहको समयमा  पर्यटकलाइ आकर्षित गर्न फोटो र चिप्ला कुरा मात्र हैन उनीहरुको जीवनको सुरक्च्या र यात्रामा झन्झट र  खतरा भन्दापनि सहजतासग मनोरनजन प्राप्त हुने आभास दिलाउन उदाहरण सहित प्रस्तुत गर्न सकिएन भने पर्यटन हाम्रो मुलुकको मुख्य आयस्रोत हो भन्नु गजडी गफ हुनेछ । 

तपाई आफै एक पर्यटक भएर सोच्नुहोस  के ज्यान को जोखिम छ, सुरक्च्य्या छैन , लुटिने, मृत्यु सम्म हुने खतरा छ भन्ने कुरा जान्दाजान्दै , झन्जटिलो  यात्रा हुने कुरा जनेर पनि  तपाई त्यो ठाउमा यात्रा गर्न  जाने निर्णय गर्नुहुन्छ ?
 मनोरंजन गर्न जादा कम्ति भन्दा कम्ति सुरक्च्याको आभास जोसुकैले खोज्दछ । के हामीले हाम्रा पाहुनालाइ त्यो आभास कामले देखाउन सकेका छौ ? वा पैसा मात्रको लागि सबै कुरा हुन्छ भनेर झारो टार्न  बिमा गराइदिएर सब सुरक्च्या  भएको बिश्वास गराउन खोजेका छौ ।  

साचैनै पर्यटकलाइ खतरा सम्बन्धि तालिम र सुरक्च्याका प्रसस्त बन्दोबस्त गरेर  पर्यटक्को पूर्ण सन्तुस्टी , सुरक्च्या ध्यान दिएर एक पर्यटकले ५  पर्यटकलाइ गएर नेपाल यात्रा गर्न खुल्लामनले गरोस वा भनोस। 

अहिलेको प्रतिस्प्रधात्मक बजारमा  हाम्रो जस्तो आर्थिक हैसियत् र लगानीले बिकसित देशमा ठुलाठुला अकर्सित मार्केटिंगका काम गर्न ठुलो लगानी र खर्च गर्ने हैसियत  राख्दैनौ राखेपनि आम्दानी भहान्दा ठुलो खर्च हुन जान्छ |
हाम्रो जस्तो मुलुकको लागि दिर्घकालिन पर्यटन ब्यबसायको बजार प्रबर्धन  भनेको नै सेवाको गुणस्तर हो र यसका ग्राहकले  आफन्त मित्रको अनुभव सुनेर बिस्वस्त हुने र निर्णय गर्ने प्रकृति हुन्छ । 

तसर्थ हामीले गर्ने भनेको नै गुणस्तरीय सेवा दिएर कम्तिमा पाएका पाहुना लाइ संतुस्ट गर्न सकियोस न ! र हाम्रो ध्यान तेस्मा जाओस १०० प्रतिसत नसके पनि कोसिस त होस् नकि  एकपटकको मुर्गाको रुपमा लिएर पोइसो पाएपछि झारा टार्न  मात्र ।

2 प्रतिक्रिया हरु:

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More