October 15, 2014

राज्यको भत्ता पचाउने,संबिधान सभामा चै नजाने? काम चै यिनले कसको गरेहोलन?

लौ हेर्नुहोस तपाइँ हामीले तिरेको करबाट उठेको राज्यको  भत्ता  पचाउने काम चै यिनले कसको गरेहोलन? जनताले  आदेश दिएर पठाएको  काम गर्ने थलोमा नजाने सभासद हरुको नाम अनि हाजिरी विवरण 


संविधानसभामा सबभन्दा कम उपस्थित सभासदहरु:

१. प्रदिप गिरी, (कांग्रेस) ३.८५ %

२. रामशरण महत (कांग्रेस) ११.५४ %

३. केपी ओली र राज्य लक्ष्मी गोल्छा (एमाले) १३.४६ %

४. नारायणप्रकाश साउद (कांग्रेस) र पवनकुमार सारदा (फोरम लोकतान्त्रक) २५ %

५. सयेन्द्र बान्तावा (राप्रपा नेपाल) ३०.७७ %

६. बामदेव गौतम र कर्णबहादुर थापा (एमाले), टेकबहादुर गुरुङ र लिला कोइराला (कांग्रेस) र मेघराज नेपाली निसाद (मधेस समता पार्टी नेपाल), ३२.६९ %

७. सुशिल कोइराला (कांग्रेस) ३४.६२ %

८. आशा चतुर्वेदी (फोरम लोकतान्त्रक) र अमर शर्मा देव राजभार (एमाले) ३६.५४ %

९. ज्ञानुदेवी गैरे (एमाले) ३८.४६ %

१०. शेरबहादुर देउवा (कांग्रेस), रमणी राम (फोरम लोकतान्त्रक) र कमलेश्वर पुरी गोश्वामी (तमलोपा) ४०.३८ %
(स्रोत : मार्टिन चौतारीको अध्ययन प्रतिवेदन र Rabin Mishra ले उनका सहकर्मी Megha Raj Rasaily फेसबुकबाट टिपेको)

अब घुस खाएर भ्रस्टाचार गर्ने र भत्ता खाएर काम नगर्ने उस्तै उस्तै हुन् कि हैनन् ?   
जनताले हिसाब किताब राखेका छन् , हेरिरहेका छन्  संबिधान संबिधान भनेर भैरहेको दोश्रो संबिधानसभाको  नौटंकी एकपटक गल्ति गरेउ जनताले माफी दिए अब फेरी अनेक बखेडा झिकेर संबिधान नबनाउने  राष्ट्रिय सहमतिको रटान लगाउने  त्यहि गल्ति गर्ने  फेरी शान्ति , संबिधान ,राष्ट्रिय सहमतिको दोकान खोलेर ठगि खाने धन्दा कति चलाइरहने हो ? चेतना भया !  
सुभाष नेम्बाङ्ग ज्यु,    खुब एकचोटीको संबिधान सभाबाट पाठ सिकेको रट लगाउनु हुन्छ,  लु हेरौ त संबिधान सभामा नजानेलाइ कारबाही गरेको ? चेतावनि दिएको ? सहमति नाटक बाट समाधान नभएका विवादित बिषयलाइ  प्रक्रियामा लगेर संबिधानसभाको काम  अबिलम्ब सिध्याउन पहल गरेको?

1 प्रतिक्रिया हरु:

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More