October 7, 2014

बलिउडका चर्चित अभिनेता आमिर खान नेपालमा ।

बलिउडका चर्चित अभिनेता आमिर खान दुई दिने भ्रमणको लागि आज नेपाल आएका छन् । 

उनी जेट एयरवेजको विमानबाट १:३५ बजे आफ्ना ६ जना सुरक्षागार्डसहित त्रिभुवन बिमानस्थल ओर्लिएका हुन् ।

खान अहिले काठमाडौं स्थित द्वारिकाज होटलमा बसेका छन् । 

उनी भोलि लुम्बिनी भ्रमणको लागि जाने स्रोतले जानकारी दिएको छ । खान यूनिसेफको सद्भावना दुत हुन् । 

उनी पर्सी भारत फर्किने बताइएको छ । 

केही समयअघि फिल्म सुटिङका लागि भारतीय अभिनेता अक्षय कुमार नेपाल आएका थिए भने यूनिसेफ सद्भावना दुत सेलेना गोमेज पनि नेपाल आएकी थिइन् ।

उनको सामाजिक चेतनामूलक चर्चित टिभी शो सत्यमेभजयतेको दोस्रो संस्करण सुरु हुँदैछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More