September 22, 2014

यसपालीको एसियन गेममा भारतको लागि प्रथम स्वोर्ण नेपालीले जितिदिए

कुरो सुन्दा अचम्म लाग्ला नेपालीले अहिले सम्म आफ्नो लागि सुक्को पदक जित्न सक्या छैनन्  भारतको लागि चै जितिदिएछन् ।  c
राजनीतिक गन्जागोल , भागबन्डातन्त्र र खेलाडी छनौट र सहि व्यक्तिले अवसर नपाएर वा पाउनेहरु  पनि सही तयारी गर्ने अवसर र प्रसिक्च्यन् अपुरो भएर हो  भबिस्यले  बताउदै जाला 


नेपालमा आठ वर्ष अघि अलुखेती गर्ने हाल भारतीय सेनामा जागिररत जितु राइले एसियन गेमको एअर पेस्तोल इवेंटमा भारतको लागि २०१४ को प्रथम गोल्ड मेडल दिलाएर नेपाल र नेपालीको भारत प्रतिको योगदान र सम्मान देखाइदिएका मात्र छैन  सही अवसर पाए हरेक कुरामा दखल राख्न र दुनियाका जुनसुकै प्रतियोगितामा खरो उत्रिने औकात राक्छन नेपालिले भन्ने कुरा प्रमाणित पनि गरिदिएका छन् ।
हाल भारतीय सेनामा काम गर्दा रहेछन । 
Indian Express को News Heading हेर्नुस कस्तो छ ?

Jitu Rai: Farming potatoes in Nepal to first gold medal for India at Asian Game

Indian Express-21 Sep 2014 Click here for News

आफ्नो काम को प्रकृति ले गर्दा नेपाली नागरिकता त्यागेका होलान यिनले तरपनि यिनको मन , रगत र हुर्किएको माटो नेपाली हो | 
तेञ्जिङ्ग शेर्पाले सगरमाथा चढेर उत्रिएपछि नागरिकता दिन  तम्तयार भयो भारत अनि लोभ लाप ले हो या बाध्य पारिएको थियो उनलाई लिएका थिए उनले नि भारतीय नागरिकता । 

नेपालीहरु भारतीय सेनामा छाती थापेरहोस या भारतको लागि मेडल लियिदियेर भारतलाइ लगाएको ऋण भारत र भारतीय जनताले मनन गर्नु जरुरि छ । 
सि के राउतउत् प्रवृति जस्तो  नेपाल र नेपालीलाइ गाली गर्ने, हेप्ने प्रवृतिलाइ निरुत्साहित गर्नु पर्दछ हुनत सिके राउत प्रवृति हुर्किनुमा पहाडिया मुलका नागरिक हरुको तराइका बासिन्दालाइ हेर्ने र हेप्ने प्रवृति पनि होला तर त्यो हेप्ने प्रवृति जन्मिनुमा पनि भारत वा सिमा क्षेत्र पारि जादा  भारतीय हरुको हेपाहा र ठग प्रवृतिहरु  जिम्मेवार छन् ।
 सबै अतिबादी प्रवृतिलाइ  चिर्दै शान्ति र सद्भाव एक अर्काको अस्थित्वो र सम्मानबाट मात्र दुवै देशको बिकाश र जनताको सम्वृद्धि सम्भव छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More