September 14, 2014

मुलुक हाँक्ने सबैभन्दा ठुलो दलको गैर जिम्मेवारीपनको हद

नेपाल बिद्यार्थी संघको महाधिबेसन गर्ने भनेर हाँके कांग्रेसी हरुले गुड्डी,  बिध्यर्थिहरु अफ़ुअफ़ु माझ लडाए भन्नमा भने  अन्तिम घडीमा आएर आफ्नो कम्जोर पन र नालायाक्पन देखाएर फेरी सुरुभएको अधिबेसन रोकेर जग हँसाए ।
यिनी नै हुन् मुलुक चलाउने ठेकेदारी लिएर बसेका अहिलेका सरकार चलाउनेहरु, यिनले यो निर्णय गर्दागर्दै के संदेश जानेछ यो कामले भनेर सोचे कि सोचेनन ? अलिअलिभएको साख पनि गुमाए, धमिल्याए !

एउटा बिद्यार्थी संगठनको  अधिबेसन गर्ने ब्यबस्थापन  नसक्ने पार्टीले मुलुक ब्यबस्थापन गर्ने गुड्डी हाँक्ने ?, संबिधान बनाउने लोकतन्त्रको गफ लगाउन मिल्छ?

यस हप्ताको यो लाजमर्दो निर्णयले कांग्रेसी र  नेपाल बिद्यार्थी संघका होनहार नेताहरु जो सबै जिल्ला अधिबेसनपनि पुरा नगरी महाध्बेसनमा अध्यक्च्य हुन मेडियामा गजडीले जसरि भासन दिने भबिस्यका नेताहरुको घोर गैर जिम्मेवारीपन , अव्यस्थित र अलोकतान्त्रिक चरित्र  उदाङ्ग भएको छ ।
सच्चा कांग्रेसी लोकतन्त्रबादीको सिर लाजले निहुरिएको छ । 


 बिद्यार्थी हरुको संगठन तर रिमोट कन्ट्रोलले चलाउने  पपेट बनाएर युवा  बिद्यार्थीहरुलाई चाकडी, गुन्डागर्दी , कुर्शीका लागि टायर बाल्ने बलिका बोका बनाउने अनि कहाँ पाओस मुलुकले  यस्तो सस्कार सिकाएर हुर्काएका असल नेता ?


२१औ सताब्दीको लोकतानात्रिक पार्टी संग एक से एक ब्यबस्थापक, विचारक , प्राबिधिक टोलि संगै अति संबेदनसिल र जिम्मेवार नेत्रित्वो हुनुपर्ने जसले रास्ट्रलाइ एउटा  उदहारणको नेत्रित्वो लिनुपर्ने हो कति फितलो किसिमले अधिबेसन मिति तोकियो अनि कुन हिसाबले सुरु गरेर बिचैमा रोकियो ?
 के यसले कांग्रेस समर्थक देखि सारा जगलाई निरास बनाएर कांग्रेस यस्तो अव्यस्थित गुटहरुको , स्वर्थसमुह हरुको संगठन हो विचारको संगठन होइन  भनेर गरिने आलोचनालाइ प्रमाणित गरिन खोजिएको हो ? 

यो निर्णय गर्ने , गराउने , अनि बिद्यार्थी राजनीत को नाम मा बिकृति अभ्यास गर्ने नया भुइफ़ुट्टा हरुले जवाफ
दिनु पर्छः की पर्दैन ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More