June 9, 2014

Know about Blood Pressure-ब्लडप्रेसर सम्बन्धि जानकारी

डॉ. हेमराज कोइराला
रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा धेरै रगत प्रवाह हुँदा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । 

क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलीक ९० – १२० एम्.एम्.एच्.जी. र डाएस्टोलीक ६० – ८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ । यदि रक्तचापले यी मानबिन्दुुहरु नाघेर तल झरी सिस्टोलकि ९० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६० एम्.एम्.एच्.जी भन्दा कमभएको अवस्था लाई निम्न रक्तचाप भनिन्छ ।

सिस्टोलीक रक्तचाप बढेर १२०– १३९ एम्.एम्.एच्.जी र डाएस्टोलिक रक्तचाप बढेर ८०– ८९ एम्.एम्.एच्.जी सम्मपगुे एसलाई पुर्व उच्च रक्तचाप (रक्तचापको सुरुवाति अवश्था) भनिन्छ ।
तर यदि रक्तचापले यि मानबिन्दुहरु पनि नाघेर उभोलागे भने यस्तो अबश्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको अबश्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभक्त गरिएको छ ।

सिस्टोलीक १४०– १५९ र डाएस्टोलिक ९०– ९९ एम्.एम्.एच्.जी भित्रभए प्रथम श्रेणीको रक्तचाप मानिन्छ भने सिस्टोलीक १६० – १८९ र डाएस्टोलिक १००– १०९ एम्.एम्.एच्.जी भित्रभए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ । 

तर यदि रक्तचाप अझै बढ्दै गएर सिस्टोलीक १८० र डाएस्टोलिक ११० एम्.एम्.एच्.जी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ । 
उच्चरक्तचापले कुनै पनि लक्षण नदेखाइकनै विरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खतम पार्दै लान्छ र विरामीलाई मृत्युको मुखमा पु¥याउँदछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । 
उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ र नियन्त्रण को पहिलो आयाम भनेकै रक्तचाप जचाउनु हो । रगत जचाईसकेपछि आफ्नो रक्तचापको स्तर (श्रेणी ) थहापाउनुहोस् र यथोचित उपचार को लागि मुटुरोग बिशेषज्ञ लाई सम्पर्क गर्नुहोस।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More