April 13, 2014

बिदेशबाट के के ल्याउन पाइन्छ ? What can we bring from abroad to nepal?

वैदेशिक रोजगारमा गई कम्तिमा एक वर्ष काम गरी फर्कने नेपालीले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ। अघिल्लो बजेटले ३० इञ्चसम्मको टिभीमा मात्रै छुट दिएकोमा यस पटक ३२ इन्चसम्म कर छुट दिने व्यवस्था भएको हो। यसका लागि तपाईँ वैदेशिक रोजगारमा गएर फर्किएको हुनुपर्छ। पढ्नलाई विदेश गएको वा एनआरएनले टिभी ल्याएमा करमहसूल छुट हुने छैन। वैदेशिक रोजगारमा गएकाको पनि अभिलेख राखिने र यस्तो सुविधा एक पटकका लागि मात्र दिइने भनिएको छ। त्योभन्दा ठूलो टिभी ल्याएमा छुट दिइने छैन, इन्च नापेर भन्सार महसूल लिइनेछ। यो महसूल दरमा चाहिँ परिवर्तन गरिएको छैन।
आर्थिक विधेयक २०७१ मा यस्तो व्यवस्था छ-

२२ इञ्चसम्मको- प्रति इञ्च १५० रुपियाँ
२३ देखि २९ इञ्चसम्मको- प्रति इञ्च २५० रुपियाँ
३० देखि ३२ इञ्चसम्मको- प्रति इञ्च ४०० रुपियाँ
३३ देखि ३९ इञ्चसम्मको- प्रति इञ्च ५०० रुपियाँ
४० देखि ४९ इञ्चसम्मको- प्रति इञ्च ५५० रुपियाँ
५० र सोभन्दा माथिको- प्रति इञ्च १२०० रुपियाँ

६० इञ्चको ठूलो टिभी ल्याउनुभएको छ भने छ महिनाभन्दा बढी विदेशमा बस्नेले ६०X१२०० = ७२ हजार भन्सार महसूल तिर्नुपर्‍यो। छ महिनासम्म विदेश बसेकाले भने ६०X१२५० = ७५ हजार तिर्नुपर्‍यो।

ध्यान दिनु पर्ने कुरा ३२ इन्चसम्मको टिभीको भन्सार लाग्दैन, त्योभन्दा बढीको लाग्छ भन्ठान्नु हुँदैन। माथि विधेयकमा प्रष्ट लेखिएको छ- सोभन्दा बढी इन्चको टिभी ल्याएमा उक्त छुट सुविधा दिइने छैन। अर्थात्, ३६ इन्चको टिभी ल्याएर ३२ सम्मको त भन्सार लाग्दैन, बाँकी ४ इन्चको मात्र तिर्छु भन्न पाइँदैन, पूरै ३६ इन्चको तिर्नुपर्छ।

 केके ल्याउन पाइन्छ ?
सरकारले २०६५ कात्तिक १ मा राजपत्रमा सूचना अनुसार यस्तो सामानलाई भन्सार लाग्दैन
बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली
नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै
मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय
ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको

गहना गुरिया,

(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक

थान,

(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,

(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान

(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद

सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको

सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।

(ज) चार किलोग्रामसम्म खाद्य परिकार।

(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक।


तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड (झ) मा

उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले

माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था,

परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार

कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ। खण्ड (झ) मा उल्लिखित

मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।


(क)भारत तथा चीनको स्वशासित क्षेत्र तिव्वत वाहेक अन्य विदेशी मुलुकमा छ

महिनाभन्दा बढी अवधि व्यतित गरी फर्केका नेपाली यात्रुले आफ्नो साथमा

ल्याएको एक सेट कम्प्युटरमा भन्सार महसुल छुट हुनेछ।

(ख) विदेशमा बसेका नेपाली यात्रुहरुले आफूले प्रयोग गरेका लत्ता कपडाहरु

हुलाक पुलिन्दाबाट पठाउँदा त्यस्तो लत्ता कपडामा भन्सार महसुल छुट

हुनेछ।

(ग) विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई

उपदफा (२) बमोजिमका सामानमध्ये अमेरिकी डलर दुईसय पचाससम्मको

सामान पठाएमा प्रमाण हेरी लाग्ने समदरमा भन्सार महसुल लगाई

जाँचपास गर्न सकिनेछ।

(घ) विदेशमा छ महिना वा सोभन्दा बढी समय बसी फर्किने नेपाली यात्रुलाई

तीनसय पचास ग्रामसम्म सुन र एक किलोग्रामसम्म चाँदी (गरगहना

समेत) लाग्ने महसुल लिई साथमा ल्याउन दिइनेछ।

(ङ) चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म दरवन्दी बमोजिम

लाग्ने महसुल लिई पैठारी गर्न दिइनेछ। यसमा तोकिएको परिमाणभन्दा

वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार

महसुलमा शतप्रतिशत थप भन्सार महसुल समेत असुल गरी जाँचपास गर्न

सकिनेछ।

(च) कुनै नेपाली नागरिकको विदेशको बसाईमा मृत्यु भएको भन्ने प्रमाणित

भएमा निज र निजको परिवारको निजी प्रयोगका पुराना सबै किसिमका

सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा सम्पूर्ण महसुल

छुट हुनेछ।

(छ) भारतीय सेना वा प्रहरीबाट सेवानिवृत्त भई निवृत्तभरण पाउने गरी स्वदेश

फर्कंदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि तीस हजार

रुपैंयासम्मको निजी प्रयोगका घरायसी सामानहरु (सवारी साधन, हात

हतियार, खरखजाना एवं अन्य प्रतिवन्धित सामानहरु बाहेक) ल्याएमा

सम्पूर्ण महसुल छुट हुनेछ।

(ज) सेमिनार, अध्ययन, अनुसन्धान तथा शोधकार्यको लागि विदेश

ओहोरदोहोर गर्ने नेपाली नागरिकले आफ्नो साथमा ल्याउने लैजाने एक

थान कम्प्यूटर आवश्यक प्रमाण हेरी कुनै महसुल नलिई ल्याउन लैजान

दिइनेछ ।

3 प्रतिक्रिया हरु:

Bigreka mobile bigreka computer, laptop lyauda chahin kina bhansarle kich kich garchha?

Jo indian army ma on service ma x uni haru ko lagi k k saman ma kati ko xut x tha pauna paya dherai sajilo hune thiyo ma jasto hajarau bhai haru lai ....

Jo indian army ma on service ma x uni haru ko lagi k k saman ma kati ko xut x tha pauna paya dherai sajilo hune thiyo ma jasto hajarau bhai haru lai ....

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More