April 14, 2014

चकलेटले स्वास्थ्यलाई पुर्याउने फाइदा

 गुलियो खानाले स्वास्थ्यलाई हानी पुर्याउने कुरा हामीमध्ये सबैलाई थाहा छ । तर यसको सन्तुलित सेवनले स्वास्थ्यलाई पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहोला । एक नयाँ सोधका अनुसार गुलियो व्यञ्जनले बुढ्यौलीलाई सुस्त गर्नुका साथै रक्त संचारलाई राम्रो बनाएर तपाईंलाई सधैँ खुसी राख्न मद्दत गर्दछ ।


डेली मेलका अनुसार, नयाँ वर्ष आउँदैछ त्यसकारण हरेकको आँखा चकलेटमा केन्द्रित छ त्यसकारण बिना संकोच चकलेटको आनन्द लिनुहोस् किनभने विभिन्न ब्रान्डबाट गरिएको शोधले चकलेटले तपाईंको शरिरमा सकारात्मक असर पुर्याउने निष्कर्ष निकालेको छ ।
चकलेटका फाइदाको बारेमा थाहा पाऔँः


चकलेटमा कोकोआ हुन्छ जसमा ‘फ्लावानल’ नामक एन्टिअक्सिडेन्ट हुने गर्दछ जसले रक्त संचार सुचारु गर्न सहयोग गर्दछ । चकलेटमा जति धेरै कोकाआ हुन्छ त्यति नै यो तपाईंको स्वास्थ्यको लागि फाइदा हुने गर्दछ ।


ब्रेन पावरः
वैज्ञानिकहरुका अनुसार तपाईं जति मात्रामा फ्लावानले भरिपूर्ण कोकाआको सेवन गर्नुहुन्छ तपाईंको मानसिक क्षमतामा त्यति नै धेरै वृद्धि हुने गर्दछ ।


बुढ्यौलीको गतिमा ह्रासः
छालालाई तन्काउने खालको प्रोटिन कोकोआले भरपूर चकलेटमा पनि पाइने गर्दछ ।


खुसी बनाउँछः
वैज्ञानिक पत्रिका न्यूट्रिशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाईंको मुडलाई राम्रो बनाइराख्छ र यसले डिप्रेसनलाई पनि कम गर्ने गर्दछ ।


कोलेस्ट्रोलको कमीः
उच्च कोकोआयुक्त चकलेट खाँदा कोलेस्ट्रोल मात्र कम हुँदैन, यसले रक्तचाप पनि कम गर्ने गर्दछ ।


तौल घटाउँछः
एक अध्ययनका अनुसार चकलेटको सेवनले तौल बढाउने प्रकारको भोजनको इच्छामा कमी गरिदिन्छ जसले तपाईंको तौल नियन्त्रित हुने गर्दछ । (एजेन्सी)

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More