March 4, 2014

Careful with eyes problem-यसरि गर्नुस आँखाको हेरचाह

आँखा शरीरको महत्वपूर्ण अंग हो। आँखाको राम्रो हेरचाह गर्न सकियो भने धेरै संक्रमणका साथै अन्धोपनाबाट पनि जोगाउन सकिन्छ। हाम्रै देशभित्रै यस्ता ठाउँ छन्, जहाँका कतिपय बासिन्दा चिकित्सक र उपचार अभावमा नेत्रज्योति गुमाइरहेका छन्। आँखाको हेरचाहका लागि सबैभन्दा पहिले यसबारे सामान्य जानकारी हुनु आवश्यक छ।

आँखाको हेरचाह
– सन्तुलित खाना : गाँजरमा हुने बेटा क्यारोटिन भन्ने तŒव हुन्छ, जुन आँखाको लागि निकै लाभदायक हुन्छ। त्यस्तै भिटामिन सी, भिटामिन ई, जिंक र ओमेगा–३ फ्याटी एसिड भएका खानाले पनि आँखालाई स्वस्थ्य राख्न मद्दत गर्छ।
– आँखाको व्यायाम : सुन्दा अनौठो लागे पनि आँखाको व्यायाम गर्नाले पनि आँखा स्वस्थ हुन्छ। आँखाको विभिन्न प्रकारका व्यायाममध्ये नजिक वा टाढाको वस्तुलाई केही समय एकटक हेरिरहने र त्यो वस्तुको दुरी परिवर्तन गरी फेरि त्यही प्रक्रियालाई केहीपटक दोहोर्‍याउने। धेरै समय टिभी हेरेपछि वा कम्प्युटरमा धेरैबेरको कामपछि जोडसँग केहीबेर आँखा चिम्लने र खोल्ने। यस्तै शारीरक व्यायामले पनि आँखा स्वस्थ राख्न मद्दत गर्छ।
– आँखा परीक्षण : समय समयमा आँखाको परीक्षण गराइरहने। अझ मधुमेह वा उच्च रक्तचाप भएका बिरामीले हरेक छ महिनामा एकपटक आँखा परीक्षण गराउनैपर्छ।
– चस्माको प्रयोग : हिजोआज चस्माको प्रयोग फेसन भएको छ। तर, विनाचिकित्सकको सल्लाह चस्माको प्रयोग गर्नु हुँदैन। यसले आँखामा विभिन्न प्रकारको समस्या निम्त्याउन सक्छ। चस्माको प्रयोगपूर्व पनि आँखाका बारेमा जानकार व्यक्ति वा चिकित्सककै सल्लाह लिनु उत्तम हुन्छ। कन्ट्याट लेन्स लगाउनेले चिकित्सको सल्लाहअनुसार समय–समयमा त्यसको परिवर्तन गरिरहनुपर्छ। सकेसम्म १९ घन्टाभन्दा बढी लेन्स लगाइरहनु हुन्न।
– अन्य उपाय : धेरै लामो समयसम्म कम्प्युटरमा एकनास काम नगर्ने। हरेक २० मिनेटपछि केही समयको ब्रेक लिने र २० फिटको दुरीमा रहेको वस्तुलाई २० सेकेन्डसम्म हेरिरहने। मधुरो प्रकाश वा धेरै प्रकाश भएको ठाउँमा बसेर किताब नपढ्ने वा काम नगर्ने।

आँखामा समस्याको संकेत :
– आँखा रातो हुनु र चिलाउनु,
– दृश्य धमिलो देखिन थाल्नु,
– एउटै दृश्य दुइटा देखिनु,
– रातमा पढ्न वा हेर्नमा समस्या हुनु,
– आँखाबाट धेरै आँसु बग्न थाल्नु, चिप्रा बस्नु,
– घाममा वा उज्यालोमा आँखा धमिलो देखिनुका साथै चिलाउनु।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More