March 26, 2014

सुध्रेउ ऋषि धमला तिम्रो भबिस्य उज्वल छ!

पत्रकार ऋषि धमलाले नेपाली क्रिकेट कप्तान पारस खड्कासित लिएको अन्तर्वार्तालाई सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ । गत आइतबार न्युज २४ टेलिभिजनमा सो अन्तर्वार्ताको प्रसारणभएको थियो ।
ऋषि धमला पत्रकार हुन् उनले दिएको अन्तरबार्ताले बिशेस गरेर फेस्बुके क्रिकेट फ्यान हरुको पारो तात्यो तर पत्रकारले त अन्तरबार्ता लिदा गलाएर भित्रि गुदो कुरो निकाल्ने हो नि?
भलाद्मी रहेछन  पारश खड्का सारै भलाद्मी उत्तर दिए तर धामलाई लाइ गर्ने जमात देखि भने अचम्म लाग्छ  होला उनि संग योग्यता छैन , तर लामो अनुभव पक्कै छ आफ्नो बल बुताले ख्याति कमाएकै छन् यहाँ टाउको किन दुखेको मान्छेहरुको  हो जा बरु जान्ने बुझ्ने अलपत्रकारहरुले केहि गर्न सक्या हैनन् धमला पनि एउटा  नेपाली नागरिक हुन् उनलाई एस एल सी पास छैनन् भन्ने हरु पास  नभई पनि  यति को ख्याती कमाउने अनि टाउके नेता लाइ अन्तरबार्ता लिएर टिभी मा छाउने उनको खुबी को चै बरु प्रसंसा गर्ने हो कि  ? यदि कमजोरी छन् भने सुधार्न सल्लाह दिने हो कि ?

प्राय: नेताहरूको अन्तर्वार्ता लिने धमला पारससित असुहाउँदो उत्तेजक हाउभाउमा प्रस्तुत भएका छन्, जसलाई क्रिकेट र पारसका फ्यानहरूले रुचाएनन् । यद्यपि यो उनको परम्परागत शैली हो । अन्तर्वार्तामा धमलाले सोधेका कतिपय प्रश्नहरू हचुवा, असान्दर्भिक देखिए पनि उनले पारशलाइ बेइजत गर्न हैन आफ्ना भित्रि कुरा खोल्न भन्न, खुबी देखाउन प्रेरित गरेका थिए साथै यसै अन्तरबार्ता ले त पारस साचै भलाद्मी र नायक हुन लायक रैचन भन्ने प्रमाणित गर्न मद्दत गरेको छ त्यसको लागि धामलाईलाइ बरु thank you very much  भन्ने हो कि?

धमलाको उच्चारणलाई समेत सामाजिक सञ्जालमा कटाक्षको विषय बनाइएको छ । उनले क्रिकेटलाई किर्केट, ब्याट्सम्यानलाई ब्याटम्यान र ट्रफीलाई टफी भनी उच्चारण गरेको सुनिन्छ । नेपाली क्रिकेट टोली बसिरहेको होटलमै पुगेर ऋषिले पारसको अन्तर्वार्ता लिएका थिए ।
अन्तर्वार्ताको प्रारम्भ ऋषिले यसरी गर्छन्:
नमस्कार आदरणीय दर्शकहरू † नेपालले किर्केटमा जुन किसिमको एउटा चमत्कारी गर्‍यो, आज हाम्रो बीचमा नेपालीहरूको नायक, मैले फिलिमको नायकको कुरा गरिरहेको छैन, समग्र नेपालीको नायक, नेपालको नायक र भन्ने हो भने किर्केट खेलका पनि नायक । र, नेपाली टोलीका कप्तान पारस खड्कासित म छु ।
त्यसपछि उनले पारसलाई सोधेका केही प्रश्नहरू यस्ता थिए :
तपाईंले जुन किसिमको किर्केट खेल खेल्नुभो, बंगलादेशमा त्यसमा तपाईंको मन एकदम सन्तुष्टि छ कि अथवा बेखुसी के छ ?

विश्वकपमा तपाईंले खेल्न पाउनु नै उपलब्धि हो र ?

बंगलादेशमा तपाईंले जसरी किर्केट खेल्नुभो, र हाम्रो नेपाली टिमले जसरी त्यहाँ आफूलाई प्रस्तुत गर्‍यो, त्यसमा तपाईंले छ नि, बंगलादेशलाई हराउन त सक्नुभएन नि, किन ?
नेपालले विश्वकपमा एसियाबाट जसरी फाइनलमा जान सक्नुपथ्र्यो त्यो त जान सकेन नि ? किन जान सकेन ? यसको कारण, आधार के हो ?

तपाईंको चाहना छ, ड्रिम छ, सपना छ । विश्वकपमा नेपालले बाजी मार्नुपर्छ भन्ने जुन किसिमको एउटा दृष्टिकोण बाहिर ल्याउनुभएको छ नि, वल्र्डकप मा टफी जित्ने दिन कहिले आउला ?
नेपाली खेलाडीले वल्र्डकपमा टफी जितेर आउने दिन कहिले हो, कति समय लाग्ला, त्यो अनुमान गर्नुभएको छ तपाईंले ? दश वर्ष २० वर्ष कति लाग्छ ?

तपाईंले जसरी किर्केटमा खेल सुरु गर्नुभयो तपाईंको चाहना के थियो ? तपाईंको सानैदेखिको सपना ड्रिम नै थियो किर्केट खेल्ने ?

तपाईंको जुन छ नि, बलिङ र ब्याटिङ छ नि, त्यो त अत्यन्त कुशलतापूर्वक प्रदर्शन गर्नुभा छ ।
अब नेपाल पनि साँच्चिकै किर्केटमा मान्यता पाउँछ त एसियामा ?

एक दिवसीय किर्केट नेपालले कहिले गर्न पाउला ?

नेपालमा ब्याटम्यानको भूमिका राम्रो छ कि बलिङ गर्ने व्यक्तिको भूमिका राम्रो छ ?

पारसले सबैखाले प्रश्नलाई सहज रूपमा ग्रहण गर्दै शान्त र शालीन रूपमा तर्कपूर्ण जवाफ दिएका छन् । तर, धमलाको प्रस्तुति र प्रश्नहरूलाई लिएर सामाजिक सञ्जालमा तीखो प्रतिक्रिया उत्पन्न भइरहेको छ । क्रिकेट फ्यानहरूले ऋषिप्रति रुखो आलोचना र गालीगलौजसमेत गरेका छन् । फेसबुकमा उनलाई उडाउन ‘ऋषि धमला जोक्स’ नामको पेज नै खोलिएको छ । विभिन्न वेब साइट तथा फेसबुकमा भेटिएका केही प्रतिनिधि प्रतिक्रियाहरू यस्ता छन् :

एलर्जी नै हुने प्रश्नहरूको डिप्लोम्याटिक जवाफ दिने पारस खड्का भलाद्मी रहेछन् ।
विज्ञान प्रविधिको चुनौती भनेको ऋषि धमलालाई ब्लक गर्न सक्ने क्यामराको आविष्कार गर्नु हो ।
हेल्मेट लगाएर क्रिकेट त खेल्नुभयो, बाइक चाहिँ कहाँ पार्क गर्नुभयो नि भन्ने प्रश्न सोध्न छुटाएछन् ।
प्रश्न सोध्दा किन चिच्याउनुपर्दो हो ? कठै π यो हाउभाउ केका लागि होला ? सामान्य ढंगले सोध्दा पनि भइहाल्छ ।

धमला सरको हरेक अन्तर्वार्तामा आम जनताको कुरा हुन्छ । हाउभाउ पनि त्यस्तै ठ्याक्कै गाउँमा पानीको कुलोमा झगडा हुँदा पाखुरो खैँचेर बाझेकोजस्तो । के विषयमा अन्तर्वार्ता लिँदै छु भन्ने कुरा धमलाजीलाई पत्तै हुँदैन । ‘आजको दिनमा’ भन्नुस् नभए झापु हान्छु जस्तो हाउभाउ देखाउनुहुन्छ । विषयवस्तुको अध्ययन, अरूको कुरा पूरै सुन्ने धैर्य र सृजनात्मक प्रस्तुति धमलाजीलाई अपरिहार्य छ ।


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More