January 9, 2014

सभासद खरिदबिक्रि गर्ने लोकतान्त्रिक कि यसरि लोकतान्त्रिक बिधि द्वारा चुन्ने दल लोकतान्त्रिक ?

नेकपा संयुक्तले चुनावमा पाएको तीन सीट समानुपातिक सभासद कसरी छान्यो होला ? यो पार्टीको अध्यक्ष पदमा विष्णुबहादुर मानन्धर महात्मा नेता मानिन्छन् ,उनकै पदचिन्हमा हिँड्ने चन्द्रदेव जोशी छन् ।
अरुले जसरी उनले एक सीट मात्रै सभासद बचेको भए करोडौं रुपैयाँ हात पार्थे । तर, चन्द्रदेवले त्यसो गरेनन् । उनले जे गरे, त्यो उदेकलाग्दो छ ।
सभासद् चयन गर्न नेकपा संयुक्तको केन्द्रीय समिति बैठक बसेको थियो । यो पार्टीले सय जनालाई समानुपातिकमा उम्मेदवार बनाएको थियो । उनीहरु सबै सभासद पदको आकांक्षी बन्नु स्वाभाविक थियो । समानुपातिक दाबेदारको संख्या धेरै तर सीट संख्या थोरै भएपछि खिचातानी पनि भयो ।
केही दिनको बैठकले समानुपातिक सभासद चयन गर्न सकेन । अन्य पार्टीका अध्यक्षले समानुपातिक सभासद चयनको एकलौटी अधिकार आफूमा राखेजस्तो गर्न पनि सक्थे चन्द्रदेवले । तर उनले कार्यसमिति बैठकमा आश्चर्यजनक घोषणा गरे, ‘सभासद् चयन केन्द्रीय समितिको मतदानद्वारा हुन्छ ।’
बैठकले सहमति जनायो । त्यसपछि मतदानको प्रक्रिया थालियो ।
नेकपा संयुक्तका एक नेताका अनुसार मतदानका लागि खास विधि अपनाइयो । देशलाई तीन भागमा विभाजित गरियो, पूर्वलाई एक भाग, मध्यलाई अर्काे भाग तथा सूदुर र मध्यपश्चिमलाई अर्काे भाग बनाइयो ।
यी तीनभागमा केन्द्रीय सदस्यहरुले समानुपातिकका दाबेदारहरुमध्येबाट तीन जनालाई भोट हाल्ने व्यवस्था गरियो । तीन जनालाई पनि जसलाई पायो त्यसलाई हाल्न नपाइने, एक जना मधेसी, एकजना महिला र अन्य अर्थात् क्षेत्रीबाहुनमा एक जनालाई मत दिनुपर्ने ।
केन्द्रीय समितिको बैठकमा उपस्थित ३८ जना सदस्यले बकाइदासँग भोट हाले । सयजना समानुपातिकमध्ये कतिपयले म सभासद बन्दिन भन्दै दावेदारी त्यागे । दावेदारी त्याग्नेमा एक दर्जन जति थिए ।

३८ जना केन्द्रीय सदस्यले मत दिँदा सबैभन्दा धेरै मत ल्याइन् प्रमिला चौधरीले । स्रोतका अनुसार उनले २० मत ल्याएकी थिइन् । जयदेव जोशी र प्रमिला राणा दुवैले १८ मत ल्याए । यसरी उनीहरु तीन जना सभासद चुनिए ।
जित्ने पनि खुसी, हार्ने पनि खुसी भए । लोकतान्त्रिक अभ्यासको उच्च अभ्यास गर्ने केन्द्रीय समिति नेकपा संयुक्तको मात्र देखियो । 
अरु ठुला पर्टीको हालत देखियो  सभासद खरिदबिक्रि खुलेआम आम, अब भन्नुस को बढी लोकतान्त्रिक ?

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More