November 29, 2013

शिर्ष नेताहरुलाई खुल्ला पत्र


आदरणीय शिर्ष नेताज्युहरु 

मुलुकमा दिर्घकालिन  शान्ति स्थापना गर्दै  सबै जातजाति , वर्ग, लिङ्ग , धर्म लगायत हरेक तह, तप्काका नेपालीको अधिकार सुसम्पन  संबिधान   बनाउनकालागि सबैको सहमति , सहकार्यका साथ् नेपालीको भबिस्य कोर्ने   जुन आदेश पहिलो संबिधान सभामा  नेपाली जनताले दिएका थिए त्यो बाचा पुरा नगरी सत्ता  र शक्तिको खेलमा अल्झिएर राष्ट्रलाइ अर्को ५ वर्ष बिकास र उन्नतिको गति अवरुद्ध गरि  फेरी उही संबिधान लेखन कै बिन्दुमा रोकाएर राख्ने कामभयो  । 
मुलुकमा बिद्यमान  बिजुली, पानी , सिटामोल, अभाव , बेरोजगारी जस्ता समस्याको बेवास्ता गर्दै  हरेक क्षेत्रमा राजनीति प्रवेश गराएर धर्म, जात, क्षेत्र कुनै ठाउँ बाकि नराखी   नचाहिदा समस्याको जालोहरु खोतली-खोतली   मुलुक अस्त ब्यस्त पार्ने काम भए । 

नेपाली जनताका सही समस्या, आवाजहरु उठाउनु पक्कैपनि सराहनीय कदम हो तर समस्या मात्र देखाउन सक्ने  तेही समस्यालाइ भजाएर आफ्नो राजनीतिक अभिस्ट पुरागर्ने काम कदापी उचित थिएन,  साचो नेत्रित्वोले त सहि समाधान दिन्छ , निकाश दिन्छ समस्या देखाएर समाधान दिन नसक्ने  कमजोरी तपाईहरुबाट भएकै हो।
आफ्नो व्यक्तिगत , पार्टीगत संकुचित स्वार्थ पूर्ति गर्न  मुलुक र जनताको आदेशको बिगतको संबिधान सभामा खुला बलातकार भयो  यसै सिलसिलामा भएको मुलुकको अमुल्य स्रोत, साधन, अनि २१ औ सताब्दीका  ति गतिसिल समय लगायत हामी सबै नेपालीका सपना  खरानीमा उडाइएको  लेखाजोखा नेपाली जनताले गरिरहेका छन् आउदो दिनमा अझ चनाखो भएर  निरन्तर गरिरहने छन्   ।
  
सहमति सब्दको अन्तरास्ट्रिय बेइजत गर्दै सड्यन्त्र र जाल झेलको चक्रब्युहु रच्दै नेपालीको कान थोत्रो पारुन्जेल सहमति नाटक रचिएको जगजाहेर गरिरहनु आवस्यक छैन ।

आफ्नो कमजोरीले आफुआफु मिल्न नसकेर छिमेकि गुहार्न गएकै हो, गुहारेकै हो ,  अनि छिमेकिलाइ सत्तो सराप गरेर मुलुकको छिमेकिहरुसंगको सम्बन्ध बिगार्न आफै अग्रसर बनेको सत्यतथ्य अब घाम जस्तो छर्लंग छ ।

बिगतको संबिधान सभामा  भनिएका गरिएका दस्ताबेजहरु, कर्म, कुकर्महरु   नेपाली जनताका स्मृतिमा ताजा रहेका छन्। च्यनिक आवेग र अपरिपक्व नेत्रित्वो  शैलीले गर्दा  गर्न हुने, नहुने धेरै नौटंकी  गरिए अन्तत: प्रथम संबिधान सभाको अवसान गराइयो । 
 यसको दोषी को थियो ? कोहि थियो त केहि कम बेसी होलान तर दोषी थियो त केवल बर्तमान नेत्रित्वो थियो | अर्थात सबै दलका टाउकेहरु नै हुन्         

नेपाल र नेपाली समाजको बिशेषता भनौ अर्थात् बहकिएकाहरुलाई सहिमार्गमा ल्याउने  अभिभाकत्वो तपाइहरु सबैका गल्ति कमजोरीहरुलाई आत्मासाथ् गर्दै  बिगतमा गरिएका सबै प्रयोग, गल्तिहरुबाट पाठ सिक्ने बिश्वासका साथ् तपाइँहरुले देखाएको चरित्रको अधारमा जनताले  आफ्नो मत दिएर तपाइहरुको  हैसियत निर्धारण गर्दै  मुलुकमा तपाइहरुले नै रोकेर राखेको राजनीतिक गत्यवारोधको गाठो फ़ुकाइदियेका छन् । 

जनताले जित्नेले मात्तिने र हार्नेले आतिने हिसाबमा पक्कै मतदान गरेकै छैनन्  खासमा भन्नु पर्दा अहिले  तपाइहरु भन्दा नेपाली जनता धेरै बाठा र बिबेकसिल बनेका छन् जसको स्पस्ट उदहारण मतदानको परिणाम कसैलाई पनि बहुमत नदिएर तपाइँहरुले भनेको जस्तो चक्रिय रोल क्रमको हैसियत बनाइदियेका छन् दोश्रो लाइ पहिलो, पहिलोलाइ तेस्रो र तेश्रोलाइ दोश्रमा दर्जा घुमाइदिएको मात्र हो । 

अब अति-अत्तिबाट चार सम्म सहिएको छ,  बिजुलीको अन्धकार , खद्यान्न , पानि , पूर्वाधार , रोजगारी, इन्धनको हाहाकार सहेर हामीले यो सबै समस्याको छु मन्तर समाधान भनिएको संबिधानसभाले दिने संबिधान अनि  शान्ति र लोकतन्त्रका लागि कति  लड्नु?  हामीले यसका लागि लड्दा लड्दै पुस्तौपुस्ता बिताउनुपर्ने  ?  चमाल , सिटामोल, अनि बाटोघाटो , पुलेसो बनाउने दिन कहिले आउला ?


यो स्पस्ट जनादेश बिगतका नेत्रित्वोको  असफलताका बाबजुद पनि  अन्तिमपटक संकाको बिश्वास साथ्  सहमति र सहकार्य गर्दै पुन अवरुद्ध भएको संबिधान लेखन कार्य र मुलुकको सर्बोपरि हितलाइ कायम राख्दै राजनीति अघि बढोस भन्ने नै हो यदि अब पनि नगरिने हो भने कमल थापाहरुलाई केहि आवेगका भोटको छाप लगाइदियेर परिस्थिति कता तिर जान सक्छ भन्ने खतराको संकेत पनि देखाइदियेका छन् जनताले यसपाली, हेक्का रहोस ! 
अब सत्ताको फोहोरी लुछाचुडी बन्द गरिनु पर्दछ तपाइहरु सबैलाइ नेपालीजनताको मतअनुसार  दिएको आदेश वा आसयहरु यस्परकर छन्  

1)   मिलेर रास्ट्रको ढुकुटी दोहन गर्ने जम्बो मंत्रिपरिसद हैन  सानो छरितो सर्बदलिय सरकार बनाउनुहोस अनावस्यक प्रसासकिय भारलाइ कम गराउने तर्फ ध्यान जाओस  सहमति गर्ने नाममा फेरी महिनौ लाजमर्दो अवस्था नबनोस सर्बप्रथम  जित्नेरुले हार्ने हरुलाई ससम्मान सह अस्थित्वो स्वीकार्दै सम्मानित स्थान प्रदान गरेर नया राजनीतिक सस्कारको सुरुवात गरिनु पर्दछ र हार्नेहरुले पनि खोचेथापेर गोरुको बार टक्का छोडेर जनमतको कदर गर्दै अघिबढे फेरी ठुलो हुने मौका अवस्य आउने कुरा महसुस गर्न जरुरि छ ।  

2) सत्ता र शक्तिको न्यायोचित बाडफाड  गर्नुहोस तर जगलाइ हसाएर  हैन जगलाइ रुझाएर   गरियोस चुनावबाट बाहिर रहेका शक्तिलाइपनि  उनीहरुको अस्थित्वो स्वीकार्दै  सरकार र संबिधानसभामा प्रतिनिधित्वो गराउनको लागि जित्ने दलहरुको अधिकतम प्रयास रहोस केहि बिग्रिदैन आखिर बिगतमा हारेका व्यक्तिलाइ  प्रधानमन्त्री बनाउने संबिधान सभाको सभापति बनाउने काम भएकै हो । 

3) देश र जनताको आदेश ठुलो दलको हिसाबमा  लोकतन्त्र र परिपक्वताको हिसाबमा  कांग्रेसले राजनीतिक नेतित्वो लिने एमालेले बिगतको सफल प्रयोग कर्ताको हिसाबमा  आर्थिक र स्थानिय बिकासको नेत्रित्वो लिने र माओबादीले संबिधान सभामा नेत्रित्वो लिएर  परिबर्तनका मुद्दाहरु लिपिबढ्द गर्न अग्रसर हुने र यस्तो समीकरणले नै वर्तमान नेपालको मार्गनिर्देश गर्ने साझा दस्तावेज निर्माण  गर्न सक्दछ ।       
  
4) संबिधान सभाको पहिलो  बैठकबाट नै बिगतको संबिधान सभाले गरेको सम्पूर्ण कार्यको स्वमित्वो ग्रहण गर्दै मिलेका बिसय हरुलाई  छोडेर नमिलेका बिसयहरुबाट संबिधान लेखन प्रक्रिया सुरुवात गरिनु पर्दछ र केवल ६ महिना भित्र ड्राफ्ट तयार गरेर १ वर्ष  भित्र संबिधान लेखनको नाटक सक्ने संकल्प प्रस्तावबाट बाट तपाइँहरुको बैठक सुरु होस् ।   

 संबिधान  फेरी  क-ख बाट सुरुगरेर तपाइँहरु सबै पुरानै अनुहारहरु रहेर गरिएको छलफल र निचोडलाइ जलप  लगाउन समय बर्बादी गर्न जरुरि छैन, संबिधान सभामा गरिने अनावायक खर्च मितब्यइ गराउन बिशेष पहल गर्ने 

5) संबिधान लेखन र सरकार संचालनका साझा निर्देशिका तयार गरेर उच्च  स्तरिय राजनैतिक  संयन्त्र तयार गरेर काम कारबाहीको नियन्त्रण र अनुगमन गर्ने व्यवस्था गरियोस यस्तो संयन्त्रमा चुनावमा भाग नलिनेहरुलाइ पनि समेटियोस ।  

6) संबिधान लेखन जस्तो साझा दस्तावेज तयार गर्न सर्वदलिय सहमतिको अधिकतम प्रयास गरियोस  यसले नै हाम्रो संबिधान र राम्रो संबिधान निर्माण गर्न बल पुर्याउने छ । 

7)अब मुलुकमा  केवल संबिधान, संबिधान, संबिधान मात्र  भनेर  जनताका दैनिक समस्या र रास्ट्रको सर्बोपरि बिकाशको गतिलाइ अवरुद्ध पारेर  राख्न सकिन्न  सरकारको  काम कारबाही अब जनताका दैनिक समस्या देखि लिएर अल्पकालीन दिर्घकालिन योजनामा अबिलम्ब तल्लिन हुन पर्दछ । 

8)मुलुक मा लोकतान्त्रिक प्रक्रियाको प्रारम्भ गर्न १ वर्ष भित्र स्थानिय निर्वाचन गराउनु होला |

कृपया यसपाली जनमतको मर्म र भावाना बुझेर काम गर्दा संयम, धर्यता र परिपक्वता देखाएर गर्नु होला । तपाइहरुका  व्यक्तिगत, पार्टीगत स्वार्थले गर्दा देश र जनताले फेरी दुख भोग्नु नपरोस ।  
तपाइँ जित्नेहरु  जितिरहदा र हार्नेहरु हारीरहदा  रास्ट्रले नहारोस  यसपालिको संबिधानसभामा  सबैको जित होस्!
सबैलाइ शुभकामना 
एक नेपाली 

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More