July 18, 2013

बर्तमान समस्याको समाधान संबिधान सभा कि आन्तरिक स्वार्थ र जालझेलको अन्त्य ?

कर्मचारीको तलब बढ्यो ब्यापारीको समानको मूल्य बढ्यो  मजदुरको ज्याला उही  र सामान्य जनताको कमाइ उही , बेरोजगारको संख्या झन् बढ्ने क्रमछ  , रोग , अभाव , संकट बढ्यो र यी सम्पूर्ण समस्याको समाधान को मुख्य अचुक दबाइको रुपमा  भनिएको छ  संबिधान सभा भाग २.

के संबिधान मात्र समाधान हो ? संबिधान साध्य कि साधन ? कि मुट्ठी भर नेताहरुको जीवन निर्वाह गर्ने ब्यबसाय हो ?यो पटक पटक गरिने सबिधान सभा को निर्वंचन.

हैन भने यहाँ किन भनिदैछ फेरी संबिधानको निर्वाचन निर्वाचन मात्र भनेर ? पहिलाको संबिधान सभाले गरेका कामहरु, अनि अबको संबिधान सभाको भूमिका पनि फेरी  पहिलाको जस्तै हुने कि संबिधान बनाउने केहि अवधि र त्यसपछि संसदको काम गर्ने, नगर्ने केहि खुलस्त नगरी आखा चिम्लेर संबिधान सभाको निर्वाचन भाग २ घोसणा  गरिदिने ?

जनतालाई न संबिधान सभा भाग २ पछि फेरी थारो गाइ  ब्याउने , सबैको थाल थालमा भातको ब्यबस्था हुन्छ भन्ने भ्रमको खेति गर्ने देखि  अन्तरास्ट्रिय दलालहरु मार्फत सरकार कर्मचारीलाई ठेक्का दिने श्री ४ हरुको भरोसामा मुलुकले गति लेला ? भन्ने पदौरे कुरामा इन्ट्रेस्ट 

न खल्ती खल्तीका पार्टी भेलागरेर ३३ दल भन्दै न समाधान , न उपचार न दृस्टी न मार्गनिर्देश केवल बखेडा अनि  चाहियो ठुलो भाग भन्दै दुक्रिने हरुको बतासे आन्दोलन संग नै इन्ट्रेस्ट 

समस्या :   गास बास  कपास 
               पानि बिजुली, रोजगार, स्वास्थ्य  सुरक्च्याको 

 समाधान:  सधै केवल  हावादारी गफको संबिधान सभाको .....

तैपनि झिनो आसा मरिहालेको अवस्था छैन  अन्तिम पटक संकाको  बिश्वास स्वोरुप एक झप्पु   भोटको अस्त्र लिएर हान्न  बसेका छन् |  जनताको बीचमा चुनावमा आउन डराउने डरपोक कातरहरु त्यहि अस्त्रले थलापर्ने डरले,    दुनिया बखेडा झिकेर चुनाव पनि हुन नदिने समाधान पनि दिन नसक्ने अराजकतामा मात्र ठुलो नेता हुन पाउने अवसर देख्ने हरुले मुलुकको बिकाश  गति अवरुद्ध गरेर राखिदिए । 

१०४बर्षे जहानिया राराणा शासन, ३० बर्षे पंचायत,12  बर्से  जन युद्ध , प्रजातन्त्र , लोकतन्त्र कुनै पनि कालमा कसर राखिएन मुलुकको चौतर्फी बिकास क्रमलाइ अवरुद्ध गर्ने क्रम, गति ढिलो गरिदिएर, उल्टो गति हिडाएर  या त अवरुद्द गरिदिएर निरन्तर जारी राखियो   ।     

जतिपनि नाटक मन्चन गरिए जतिपनि प्रयास देखिए सबै आफ्ना स्वार्थ पुरा गर्ने बदनियत बस गरिएका गराइएका काम हरुभए र हुने क्रम रोकिएको छैन | स्वार्थ मानव स्वभाव भएता पनि देश र जनताको सेवागर्छु भन्नेहरुको  मुलुक र जनताको सर्बोपरि हित पहिलो स्वार्थ बनेन |

यहाँ कोहि जातियताको,धार्मिक , लैंगिक,  छेत्रीय, बर्गीय भएजति सबै  निहु निकालेर लडाई सुरु गरियो , गराइयो आफ्नो आफ्नो स्वार्थका निम्ति  । राज्यले सबै प्रकारका  पहिचान गरिसकेपछि सकारात्मक ढंगले त्यसको समाधान खोज्नु , शान्तिपूर्ण ढंगले आवाज निकाल्नु लोकतन्त्रका सुन्दर पक्च्य हुदा हुदै राज्य पक्च्यमा बस्ने अजिर भएर सत्ता रागमा बिलासिने, कोहि  रडाको मच्चाएर हतियार उठाउने, हिम्सा फैलाउने समस्या समाधान गर्न हैन बल्झाउने खेल खेल्नेहरु, जाली फटाहाहरु संगठीत् हुदै जाने अनि इमान्दार, कर्मठहरु एक्लिदै जाने परिपाटी बन्दै गएको परिस्थिति  छ  । 

अब हरेक  भेदभाव र समस्याहरु केवल  समस्याको रूपमात्र नलिएर मुलुकको बिकाश र सम्रिद्दीको अवसर को रुपमा लिएर अघि बढ्ने साहस  सबै नेपालीले देखाउने बेला आएको छ । घर झगडामा छिमेकी गुहार्ने अनि छिमेकिले हस्तछेप गर्यो भनेर आरोप लगाउनु  मात्र पनि समस्या समाधानको सहि बाटो हैन आफ्नो कमजोरी छोपेर अरुलाई दोष लगाउने प्रवृति मात्र हो । 

दुख त यहाँ सबैले पाउने नै भए किन कि यो मुलुक बिगार्न यहाँ कसैको पनि कम्ति वा बढी  योगदान नहोला तैपनि दृश्यमा  राजनीति नै मुख्य अगाडी देखिएका कारण नेताहरुका हात बढी भए तर बुद्धिजीवि , कुबुद्धिजीवि , पत्रकार,  अलपत्रकार देखि लिएर सबैको बराबर बेइमानीले यो हविगतमा मुलुक पुगेको कुरा सबैले स्वीकारेर   समस्या नै अवसर हो भन्ने भावना लाइ बुझेर सबैले आफ्नो आफ्नो  ठाउबाट  रचनात्मक, सकारात्मक  प्रयास थाले अझै सम्म त ढिलो भएको छैन । 

जसको सुरुवात सबैले आफ्नो आफ्नो स्वार्थ त्यागेर सर्बदलिय गोलमेच, चेप्टोमेच  होस् या घुम्ने मेचहोस यहि सम्मेलन मार्फत  मुलुक र जनतालाइ प्रथम प्राथमिकतामा  राखी राजनीतिक सहमति कायम गरेर अघि बढ्नु नै हुनेछ । 




1 प्रतिक्रिया हरु:

Kura ta thik ho, tara Nepal ma aba sambidhan sabhale saa sambidhan banambidhan banaune aasha kasari rakhne? jatiyata ra kshetriyata ko bijaropan bhai sakyo. aba jatiyata badi jhukera sambidhan banaune aasha chha, na jatiyata birodhi jhukna tayar chhan. sambidhan sabha ranabhumi ma parinat na hola bhanne aadhar chhaina. kasari aash garne? Golmech? Golmechbadi haru jhan charka chhan. desh golchakkar ma fasne nishchit chha. aba asafal desh banna pugyo bhane bidesi ayera sambidhan banai din chhan? bich ko bato? na bhayeko hoina. khoji gare huna sakchha. tara na desh ma madhaysthata ko bhumika nibhaune buddhijibi swatantra chhan, na nagarik samaj, na nyayalaya, na patrakar. aba bideshi ko much taknu ko bikalpa ? hare desh ko awastha!!!!!!!!!!!!!!!!!!!!!!!!!

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More