May 18, 2013

नेपाल टेलिकमले आजदेखि इन्टरनेट प्याकेजहरुको महशुलमा कटौती गरेको छ

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारी टेलिकमले महशुलमा कटौती गरेको हो । सर्वसाधारणको पहुँचसम्म इन्टरनेट सेवा पुर्याउन महशुलमा कटौती गरेको टेलिकमले जनाएको छ ।

टेलिकमले डायलअप, आईएसडिएन डायल अप, नाइट सफिर्ङ, एडिएसएल र वाइम्याक्स, इन्टरनेट लिज कनेक्टिभिटी, थ्रिजी, इभिडियो, लगाएतका प्याकेजहरुमा शुल्क घटाएको छ । टेलिकमले एडिएसएल र वाइम्याक्स सेवामा उपलब्ध भोल्युम बेस्ड प्याकेजमध्ये कुनै पनि प्याकेज एकमुष्ट ३ महिना वा सो भन्दा बढी समयका लागि खरिद गर्ने ग्राहकहरुलाई ३ महिनाको भोल्युमका लागि थप ४० प्रतिशत डाटा भोल्युम बोनसका रुपमा उपलब्ध गराउने जनाएको छ ।
वाइम्याक्सको अनलिमिटेड प्याकेजतर्फ २५६ केबीपिएस डाटामा पहिलो ३ महिनाको लागि ३० प्रतिशत छुट उपलब्ध गराउने टेलिकमले बताएको छ ।
 अहिले २५६ केबीपिएस डाटाको मासिक १५ सय रुपैयाँ तिर्नुपर्छ । त्यस्तै, दुई एमबीपिएस स्पिडको डाटा प्याकेज टेलिकमले ९ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने भएको छ । तत्काललाई यो सेवा शैक्षिक संस्था, अस्पताल, सरकारी तथा अर्धसरकारी संस्था, वित्तीय संस्था र कुटनीतिक नियोगलाई मात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
एक एमबीको ५० पैसा
इभिडियो र पिडिएसएन सेवाको विद्यमान महशुल दर सय केबीको १० पैसालाई परिमार्जन गरेर प्रति एमबीको ५० पैसा कायम गरेको छ । त्यस्तै, थि्रजी र जिपिआएस सेवामा नयाँ महशुल दर कायम गर्न थप आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले लागु हुने मिति पछि सार्वजनिक गर्ने टेलिकमका सहायक प्रवक्ता राजेश जोशीले बताउनुभयो ।
टेलिकमले थ्रिजी र इभिडियो सेवाको भोल्युम बेस्ड प्याकेजमा ३ महिनाका लागि एकैपटक खरिद गरेमा १० प्रतिशत, ६ महिनाका लागि १५ प्रतिशत र एक वर्षर्का लागि २५ प्रतिशत छुट दिने भएको छ । टेलिकमले २५ एमबी डाटा एक दिनमा खर्च गरे ११ रुपैयाँ र १० जिबी डाटा एक महिनामा खर्च गरे २४ सय रुपैयाँ मात्र शुल्क लिने जनाएको छ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More